गाउ“पालिकाको लापरबाहीले करेन्ट लागेर मजदुरको ज्यान गयो सोकमा दाश परिवार

प्रकाशित समय 8:20:00 PM
मिथिलेश यादव
सिरहा, ११ कार्तिक । लक्ष्मीपुर पत्तारी गाउँपालिकाले ११ हजार भोल्टको तार टसाएर निर्माण गराइरहेको दुईतल्ले सौचालयमा काम गर्ने राजमिस्त्रीको करेन्ट लागेर ज्यान गएको छ । लक्ष्मीपुरपत्तारी गाउँपालिका–३ का राजमिस्त्री ३० वर्षीय बिरेन्द्र दाश (तत्मा)को ज्यान गएको हो ।
बुधबार दिउँसो करिब ४ बजे बिरेन्द्र काम गर्दागर्दै बिजुलीको तारमा टाँसिएर भुइँमा झरेपछि हल्लीखली मच्यो  । गाउँपालिका कार्यालयमै उपस्थित अध्यक्ष रामबलब साहले भने, ‘११ हजार भोल्टको तारमा करेन्ट लगेका उनी बाच्ने कुरै भएन, उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भयो । 
हाई भोल्टेज तारमा दुई तल्ले शौचालय निर्माण गर्नु नै गम्भीर गल्ती भएको स्थानीयको भनाई छ । गाउँपालिका कर्मचारीको लापरबाही घटनाको कारण भएको स्थानीएको आरोप छ । गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हनुमान मण्डलले आफुलाई हाइभोल्टेजको तार जडान गरी काम भइरहेको आफुलाई जानकारी नभएको बताए । मण्डल शौचालय निर्माण भइरहेको वडाका अध्यक्ष हुन् ।
०७३ सालमा तत्कालिन महेशपुर गाविसले गाविस भवनको पछाडि भुइँतल्ले शौचालय निर्माण गरेको थियो । भुइँतल्ले शौचालयमाथी तल्ला थप्ने काम प्रमुख प्रशासकिय अधिकृत रबिन्द कुमार महतले सुरु गराए । १५ दिनदेखि तल्ला थप्ने काम हुँदै थियो । उत्तर तर्फको पर्खालले टासिएकै उत्तर रहेको ११ हजार भोल्ट तारको उचाई छोएपछि इँटा जोड्दै गरेका मिस्त्री दाशलाई करेन्टले तानेको थियो ।
तर, प्रमुख प्रशासकिय अधिकृत महतले मिस्त्रीको गल्ती औल्याएका छन् । उनले यो कामको ठेक्केदार यसै गाउँ पालिकाका श्रीप्रसाद यादव भएको दाबी गरे । सम्झौता त भएको छैन तर, मैले उनलाई काम गर्न कोटेसन दिएको हुँ, महतले भने । हाई भोल्टेज तार नजिक निर्माण गर्नु प्राविधिक त्रुटी भएको पनि उनले स्वीकारे । ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीका ईन्सपेक्टर रबिभूषण यादवका अनुसार प्रहरीले घटना अनुसन्धान गरिरहेको छ । पीडित पक्षबाट आउने जाहेरीको आधारमा थप अनुसन्धान सुरु हुने उनले बताए ।
सोकमा दाश परिवार अनाहक मा जान गुमाएका बिरेन्द्रकी श्रीमती बबिता दाश घरिघरि मुर्छा पर्छिन् । आफन्तजनले पानी छर्केर उनलाई होसमा ल्याउँछन् । होसमा आउने बित्तिकै उनी हमर राजाके लाईब दे–मेरो राजालाई ल्याईदेउ) भनेर चिच्याउँछिन् अनि मुर्छा पर्छिन् । यो क्रम बुधबार रात्तीदेखि चलिरहेको छ ।
छ वर्ष अघि रबिन्द्रसँग बैवाहिक बन्धनमा बाँधिएकि बबिताका दुई छोरा छन् । नाबालक छोराहरु ५ वर्षका कौशल दाश र ६ महिनाका गौरिशँकर दाशलाई सहारा खोसिएको पत्तो छैन् । कौशललाई पित्ताको सहारा खोसिएको जानकारी त दिईएको छैन । तर, आमाको रोदनबाट उनी अनिष्टको आभास पाइसकेका छन् । त्यही भएर होला उनी घरीघरी बुवा खोजीरहेका छन् ।
सधैं साँझ परेपछि बुवा कामबाट घर फिर्नुहुन्थ्यो कौशलले भारी स्वरमा भने,‘हिजोबाट खै कहाँ हराउनु भयो, पत्तै छैन् ।  दास निवास पुग्ने नयाँ अनुहारसँग नाबालक कौशलले भारी स्वरमा बुवा ल्याइदिन आग्रह गर्ने गरेका छन् । उनी घरीघरी आमाको आँशु पुछ्दै बुवा फर्किने ढाड्स दिन्छन् । दास निवासको कारुणीक दृश्य देखेर जोकोहीको आँखा रसाउँछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »