लघुवित्तको रकम लुट्ने गिरोहका सातजना हतियार सहितक पक्राउ

प्रकाशित समय 8:58:00 PM
कमलेश यादब
सिरहा, १२ असोज । जिल्ला प्रहरी कार्यालय सिरहाले भदौ २८ गते अपराह्न लघुवित्तको रकम उठाएर फर्किंदै गरेका दुई कर्मचारीलाई लुटपाटमा सम्लग्न गिरोहका सात जनालाई नियन्त्रण मा बुधवार धनुषाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले बिहीबार साँझ पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न रहेका सातजना र उनीहरुका साथमा फेलापरेका सामग्रीहरु समेत सार्वजनिक गरेको हो । 
प्रहरीले पत्रकार सम्मेलनमा धनुषाको विदेह नगरपालिका १ का २० वर्षीय नरेश कुमार ठाकुर, १९ वर्षीय रविन्द्र ठाकुर, ठाडी झिझा टोलका ३८ वर्षीय श्याम सुन्दर ठाकुर, कमला नगर पालिका ६ हतमुन्डाका १९ वर्षीय राजगिर भनिने रमेशकुमार महतो लाई लुटपालमा सम्लग्न रहेको भन्दै पक्राउ गरी सार्वजनिक गरेको हो ।
लुटपाटमा संलग्न धनुषाकै कमला नगरपालिका ८ हरिणेका २७ वर्षीय शत्रुधन ठाकुर, तारापट्टी सिरसिया गाउँपालिका पूर्वारी टोलका २२ वर्षीय आजाद भनिने चन्द्र शेखर यादव र भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत छतौना २ का २७ वर्षीय किशोर कुमार शर्मा समेत सामेल रहेको पत्रकार सम्मेलनगरी जानकारी दिएको छ । 
सोही समूहको मोटरसाइकल सहित पेस्तोल र गोली पनि बरामद जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहा र धनुषा प्रहरीको समेत समन्वयमा बुधबार धनुषाका विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक खरेलले पक्राउ परेकाहरुको साथबाट एक थान अमेरिकी पेस्तोल र म्याग्जिन, एक थान इटालियन पेस्तोल र म्याग्जिन तथा १३ राउण्ड गोली बरामद भएको जानकारी दिए । पक्राउ परेका हरुको साथमा रहेको नगद छ हजार एक सय ५० रुपैयाँ, एक थान सामसुङ् मोवाइल, चन्द्र शेखरको नाममा निकालिए को भारतीय सवारी चालक अनुमति पत्र, लुटिएको स ४ प ८५३५ नम्बरको होण्डा साइन मोटरसाइकलको नम्बर प्लेट निकाली विआर ३२ ए ९३७३ नं भारतीय प्लेट राखिएकोसहित ज ७ प ७५२ नं को गरी दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 
सिरहाको अर्नामा गाउँपालिका ३ बाट लघुवित्त समूहको किस्ता रकम उठाएर फर्किदै गरेका दुई जनालाई गत भदौ २८ गते अपरान्ह चार जनाको नकावधारी समूहले पेस्तोल देखाउँदै रकम र मोटरसाइकल लुटेको थियो । प्रहरीका अनुसार सिरहा नगरपालिका २२ स्थित मैनावती खोला नजिक सागरपुरमा नम्बर नखुलेको निलो रंगको एफजेड मोटरसाइकलमा आएका चार जनाको नकावधारी समूहले एक राउण्ड गोलीसमेत फायर गर्दै लुटपाट गरेका थिए । 
लघुवित्तको रकम उठाएर फर्किंदै गरेका सिरहाको चोहर्वा्स्थित श्रृजना सामुदायिक विकास केन्द्रमा कार्यरत लघुवित्तका कर्मचारीहरु हरेराम पण्डित र अधिकृत लाल कुमार सिंहको साथमा रहेको तीन लाख ९३ हजार नगद, एक थान सामसुङ मोवाइल र उनीहरु चढेको स. ४ प ८५३५ नम्बरको होण्डा साइन मोटरसाइकल समेत लुटिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »