दिक्कलाग्दो हुलाकी मार्ग

प्रकाशित समय 3:15:00 AM
मिथिलेश यादव
सिरहा । ठेकेदारले रकम निकासापछि पनि काम अघि नबढाउँदा मधेसको जीवनरेखा मानिने हुलाकी सडक निर्माण सुस्त बनेको भन्दै पत्रकार एवं सामाजिक अभियन्ता रामरिझन यादवले जागरण अभियान सुरु गरेका छन् । हुलाकी सडक संघर्ष समितिका संयोजकसमेत रहेका यादवले हुलाकी सडकको अवस्था पहिलाको भन्दा बढी लथालिंग परेकाले जागरण अभियान सुरु गर्नुपरेको बताए ।
भदौ ३१ मा राजविराजबाट सुरु भएको पहिलो चरणको जागरण अभियान असोज ५ गते जनकपुर पुगेर सकिएको छ  । ठाउँठाउँमा सभा गर्दै यादवसहितको टोलीले सप्तरीदेखि धनुषासम्म ९० किलोमिटर दूरी तय गरेर पहिलो चरणको जागरण अभियान टुंग्याएको हो । टोलीले यो दूरी ८ दिनमा पूरा गरेको छ । हुलाकी सडकको यस खण्डमा पर्ने बलान, खडक, कमला नदीको पुल जीर्णशीर्ण रहेको र सडकको अवस्था दिनानुदिन बिग्रँदै गएको यादवले बताए । पहिलो चरणको ९० किलोमिटर पैदल जागरण अभियान प्रदेश २ का आर्थिक मामिला मन्त्री विजयकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै सम्पन्न भएको छ ।
खेतको माटो सडकमा थुपारिँदा झनै बेहाल बनायो ।  पहिलाको ग्राभेल सडकमा पानी परेका बेलामा पनि जेनतेन आउजाउ गर्न सकिन्थ्यो । तर, अहिले पानी पर्ने्बित्तिकै सडकमा आवतजावत गर्न सकिँदैन । सडकमा हिलैहिलो भएकाले आउजाउ गर्न कठिन हुनेगर्छ ।
हुलाकी सडक निर्माणक्रममा पहिलाको पहिलाको ग्राभेल सडकमा दुवैतिर माटो भर्ने काम भएको छ । माटो भरेको यो मार्गमा सुक्खा मौसममा धुलाम्य हुने र बर्खामा हिलाम्य हुने हुँदा यस भेगका जनतालाई सास्ती भोग्नुपरेको छ । औरही गाउँ पालिकाका अध्यक्ष सिद्धार्थ यादव भन्छन, ‘खेतको माटो सडकमा थुपारिँदा झनै बेहाल बनायो ।  पहिलाको ग्राभेल सडक मा पानी परेका बेलामा पनि जेनतेन आउजाउ गर्न सकिन्थ्यो । तर, अहिले पानी पर्नेबित्तिकै सडकमा आवतजावत गर्न सकिँदैन  । सडकमा हिलैहिलो भएकाले आउजाउ गर्न कठिन हुने स्थानीय बताउँछन् ।
कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वच्छन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का पाएको छ  । ११ मिटर चौडा हुलाकी राजमार्गको यो खण्ड निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा ३६ महिनाभित्र काम सक्ने गरी एक अर्ब २० करोड २० लाख रुपैयाँमा सम्झौता गरेको थियो  । सडकमा पर्ने साना खोलामा पुल निर्माणको काम पनि यसै कम्पनीको जिम्मामा छ  । सप्तरीदेखि धनुषासम्मको हुलाकी सडकमा पर्ने तीन ठूला नदीहरू खडक, बलान र कमला मा पुल निर्माण गर्ने ठेक्का अर्कै निर्माण कम्पनीले पाएको छ ।
पुल निर्माणको काम अलपत्र छ । साना खोलामा कतै बाँसको अस्थायी पुल बनाएर कष्टपूर्ण यात्रा गर्न बाध्य छन् भने कहीँ पानी तरेर जोखिमपूर्ण ढंगले गन्तव्यसम्म पुग्ने गरेका छन् । हुलाकी मार्गको औरही गाउँ पालिका खण्डमा पर्ने गागन खोलामा स्थानीयले बाँसको अस्थायी पुल बनाएका छन् । पुल पार गर्न मोटरसाइकल र साइकल का लागि १० रुपैयाँ तोकिएको छ  । खोलामा बाँसको पुल बनाएका हरिनारायण भन्छन, ‘यसपालिको बाढीले खोलालाई अझ गहिरो बनाएको छ  । खोला तर्न बाँसको पुलबाहेक अर्को विकल्प छैन । पहिला खोला भएरै मोटर साइकललगायत साना सवारी साधन वारपार गर्थे  । बस पनि खोलबाटै ओहोरदोहोर गथ्र्यो । तर, असार महिनाको बाढीले खोला लाई गहि–याएपछि खोलाको बाटो भएर आवागमन असम्भव भएको छ ।
हुलाकी सडक भएर सिरहा सदरमुकामसम्म चल्ने बस सेवासमेत प्रभावित भएको छ । जिल्लाको पश्चिमी भेगबाट यात्रु लिएर आउने बस खोलावारि नै रोकिन्थ्यो । यात्रु बसबाट ओर्लेर खोला पार गर्थे  । खोलापारि पुगेर पूर्वतर्फ जाने बसबाट यात्रालाई निरन्तरता दिन्थे । तर, असारको बर्खाका कारण सडक क्षतिग्रस्त बन्यो । ठाउँठाउँमा गहिरा खाल्डा परेर बसलगायतका सवारीसाधन फस्न थाले । जसकारण यो मार्गमा बससेवा अवरुद्ध छ  । हुलाकी सडकमा यातायात सञ्चालन नहुँदा ग्रमीण भेगका जनतालाई कामविशेषले सदरमुकाम सिरहासम्म पुग्न मुस्किल हुनेगर्छ ।
गत चैत ६ गते हालको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्गको बरियारपट्टी खण्डको शिलान्यास गर्दा यस भेगका जनतामा खुसी छाएको थियो । दाहालले हुलाकी राजमार्ग निर्माणको मधेसी सपना साकार भएरै छाड्ने भरोसा जनतालाई दिलाएका थिए । उनले दिलाएको भरोसाबाट हौसिएका हजारौं जनतामा बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव पनि थिए । तर, उनी जति उत्साहित थिए त्यति नै सशंकित पनि  । उनले भने, ‘राणाकालदेखि पटकपटक शिलान्यास हुँदै आएको हुलाकी राजमार्ग कहिल्यै बनेन ।  विस १९०३ देखि २००८ सम्म राणाशासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी भएको थियो । त्यसपछिका विभिन्न कालखण्डमा यो सडकको धेरैपटक शिलान्यास भएको उनले बताए । शिलान्यासपछि कुनैकुनै बेला निर्माणको थालनी हुने तर बीचमै अलपत्र पर्ने विगतका कारण उनलाई दाहालको भनाइ उतिसारो भरपर्दो लागेको थिएन ।
तर, पछिल्लोपटक हुलाकी राजमार्ग निर्माणकार्य सुरु भएपछि भने दूरदराजका जनतामा एक खालको आशा भने पलाएकै हो । यस्तो आस अझै मरिसकेको छैन । बरियारपट्टीका ज्येष्ठ नागरिक ८० वर्षीय लक्ष्मी यादवले भने, ‘यो राजमार्ग निर्माणले मधेसका ग्रमीणजनतामा आर्थिक समृद्धिको आशा पलाएको छ ।
हुलाकी सडक निर्माण नहुँदा अन्य सहायक मार्ग बन्न सकेनन् । दूरदराजका गाउँलाई सहरबजारसँग जोड्न सकिएन  । ‘जसकारण कृषिउपजलाई बजारसम्म पु–याउन सकिएन,  यादव भन्छन, ‘कृषिउपज लाई बजारसम्म पु¥याउन नसकिँदा स्थानीयमा खेतीपातीप्रति नै आकर्षण घट्दै गयो ।  यद्यपि हुलाकी सडक निर्माण हुने र कृषिउपजलाई बजारसम्म पु¥याउन सजिलै सकिने किसानको सपना अझै मरिसकेको छैन । उनीहरू हुलाकी सडक निर्माणको सपना पूरा गर्न सरकारले विशेष पहल गर्ने पर्खाइमा छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »