खानेपानीको लागि गाउ“लेहरुले गरे नगरले भन्दा बढी योगदान

प्रकाशित समय 1:28:00 AM
मणिलाल विश्वकर्मा
लहान, ३० असोज । सिरहाको धनगढीमाई नगरपालिका १३ दुरविन डाँडाको ८६ घर जनजाती बस्तीमा खानेपानीको सकस भएपछि नगरपालिकाले दिएको अनुदानको तुलनामा दोब्बर बढी श्रमदान गरेर काम गरिरहेका छन् ।
दुरविन डाँडा खानेपानी उपभोक्ता समिति गठन गरी स्थानीय गाउँलेहरु पछिल्लो करिब एक महिनादेखि खानेपानी को ट्याड्ढी, इन्टेक निर्माणसँगै करिब सात किलोमिटर पाइप लाइन बिछ्याउने काममा खटिएको समितिका अध्यक्ष इन्द्रबहादुर तामाङले बताए ।
युनिसेफको २५ लाख र नगरपालिकाको सात लाख रुपैयाँ सहयोगमा पछिल्लो असोज ५ गतेदेखि थालिएको खानेपानीको काम आगामी कार्तिक मसान्तभित्र सक्ने गरी भइरहेको उनले बताए । अध्यक्ष तामाङका अनुसार त्यसबाहेक गाउँलेहरुले खानेपानीका लागि नगरपालिका ले भन्दा बढी १८ लाख रुपैयाँ बराबरको श्रमदान गरिरहेका छन् ।
खानेपानीको सकसले श्रमदान धनगढीमाई नगरको दुर्गम बस्तीको रुपमा चिनिने उक्त बस्तीका मानिसहरु खानेपानीको जोहो करिब साढे तीन सय फिट तल पर्ने सर्रे खोलाबाट गर्दै आएका थिए । ‘घरमा एकाध जना पाहुना आउँदा एक जना त पानी बोक्नै खटिनु पथ्र्यो  स्थानीय हितबहादुर मगर भन्छन् ‘खोलाको दूषित पानीले पटक पटक झाडापखालाले सताउन थालेपछि गाउँलेहरु नगरले भन्दा बढी योगदान दिएर खानेपानी योजनाका लागि खटिएका हुन् । 
संघारमै भित्रिएको दसैंको समयमा पनि स्थानीय गाउँलेहरु खानेपानीको पाइपलाइन बिछ्याउन आफ्नै घरको खाजा खाना खाएर खटिरहेको स्थानीय संगीता योञ्जनले बताइन् । ‘घरमा जस्तोसुकै आपत् विपत् परेपनि पानी ल्याउन खोलामा जानै पर्ने कष्ट झेलेका गाउँलेहरु घर घरमै पानीको धारा आउने भएपछि दसैं समेत नभनी काममा खटिएका हुन् ।
इन्टेक बन्यो, ट्याड्ढी निर्माण हुँदै धनगढीमाई नगरपालिकाबाट उक्त खानेपानीको प्राविधिक कामका लागि इञ्जिनियरको रुपमा नियुक्त रामानन्द चौधरीका अनुसार बस्तीको टुप्पोमा २० हजार लिटर क्षमताको रिजरभ्वाइर ट्याड्ढी निर्माण हुँदैछ । ‘साढे तीन सय फिट तल पर्ने सर्रे खोला नजिक बनाइएको इन्टेकबाट विद्युतीय पम्पबाट पानी लिफ्ट गरी ट्याड्ढीमा जम्मा भएको पानी पाइपलाइनमार्फत् घर घर पुरयाइने छ ।
धनगढीमाई नगर १३ का वडाध्यक्ष सुर्यमान तामाङ भन्छन् ‘हिउँदमा खोलाको पानीले काम चल्ने भएपनि वर्षात्मा दूषित पानीले गाउँलेहरुले ठूलो समस्या झेल्नु परेपछि २२ भदौमा उपभोक्त समिति गठन गरी ५ असोजदेखि काम थालिएको हो । ‘बस्तीका हरेक घरले वर्षौंदेखि खानेपानीको सकस झेल्नु परेपछि गाउँलेहरु उत्साहपूर्वक काममा खटिएका हुन्  वडाध्यक्ष तामाङ्ले भने । आयोजनाको काम सम्पन्न भएपछि बस्तीका ८६ घरधुरीका ६ सय २० जनसंंख्यालाई खानेपानी पर्याप्त हुन्छ ।
सिरहा खण्डमा पर्ने पूर्व पश्चिम सडकदेखि उत्तर उदयपुरको सीमा जोडिएको धनगढीमाई नगर अन्तर्गत पर्ने उत्तरी गाउँ बस्तीहरुमा खानेपानी को भरपर्दो स्रोत खोलानाला नै रहेको स्थानीय महेश्वर श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार चुरे क्षेत्रको काखसँगै दक्षिण पर्ने नगरका अमले, चट्टान, हात्तीढु·ा, दलमे, बिहीबारे, सर्रे अम्बास, खुट्टी, महाजनी, मड्यान, जरायोटार लगायतका बस्तीका मानिसहरु अझै खोलाको पानीले दैनिकी धानिरहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »