सिरहामा दुई काठ्ठामा लगाइएको गा“जा खेती नष्ट

प्रकाशित समय 3:16:00 AM
कमलेश यादब 
गोलबजार । सिरहाको मिर्चैया नगरपालिका १० मा प्रहरीले करिब दुई का क्षेत्रफलमा अवैध रुपले लगाइएको गाँजा खेती नष्ट गरेको छ । मिर्चैयास्थित इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पबाट खटिएको प्रहरीले स्थानीय ६ जनाको स्वामित्वमा रहेको दुई का जग्गा लगाइएको एक हजार पाँच सय थान गाँजाको बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले गाँजाका बिरुवा नष्ट गरेपनि जग्गावालाहरु घरमा नभेटिएको, केही परिवार गाउँ छोडेर अन्यत्र बस्ने गरेको पाइएकाले नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैया का प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाह नेतृत्वको टोलीले गाँजा फँडानी गरेको हो ।
त्यसअघि मिर्चैया प्रहरीले मिर्चैया नगरपालिका ९ रम्पुरा र कर्जन्हा नगरपालिका ४ बस्तीपुर मा गरी ११ का जग्गा क्षेत्रफलमा लगाइएको तीन हजार आठ सय थान गाँजाको बिरुवा नष्ट गरिएको सिरहा प्रहरीले जनाएको छ ।
उत्तरी क्षेत्रमा अवैध खेती उदयपुरसँग सीमा जोडिएको सिरहाको उत्तरी क्षेत्रको गाउँहरुका भित्री खेतबारीमा गाँजा खेती हुने गरेको पाइएको छ । ‘पूर्व पश्चिम सडक क्षेत्रमा केन्द्रित हुने सुरक्षा कर्मीहरुको आँखा छलेर लगाइए का गाँजा अहिले पनि कैयौं ठाउँमा छन नाम नभन्ने सर्तमा एक स्थानीयले भने, ‘तस्करको एजेण्टमार्फत् डिल हुने भएकाले गाँजा खेती हुन्छ, गाँजा पाकेपछि एजेण्टले नै संकलन गरेर भरिया मार्फत् सीमापारी पुर्याउने गर्छन् ।
तस्कर र स्थानीय एजेण्टको सेटिङ्मा सीमापरी पुर्याउन भरियालाई उपयोग गरेको गाँजा बेलाबखत पक्राउ पर्ने भएपनि उदयपुरको दक्षिणवर्ती चुरे क्षेत्रमा उत्पादन हुने गाँजा सिरहा ल्याएर स्थानीय गाँजा समेत संकलन गरी सीमा कटाउने गरेको पाइएको छ ।
त्यस्तै, लागूऔषधसहित एक पक्राउ सिरहाको धनगढीस्थित इलाका प्रहरी कार्यालयको टोलीले धनगढीमाई नगर पालिका ११ सोनापुरमा चेक गर्नेे क्रममा स्थानीय १८ वर्षीय प्रेमसागर ठाकुर प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार चेकजाँचको क्रममा पाँचरपाँच एम्पुल डाइजील्याव, लुजिजेसिक र फेनारगनसहित पक्राउ गरिएका ठाकुरको सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »