धामीले नभए बल्ल अस्पताल !

प्रकाशित समय 8:33:00 PM
भरत जर्घामगर
सिरहा । कालाबन्जरकी ३२ वर्षीया रामपरी यादवलाई पेट ढुस्स भइरहने समस्याले पिरोल्यो । ७ दिनसम्म पनि अपच हुन नछाडेपछि उनी उपचारका लागि गाउँकै मगहरिया धामी रामकुमार यादवकोमा पुगिन । धामी रामकुमारले तान्त्रिक विधिबाट झारफुक गरिदिए । तर, निको हुनुको साटो झन् रोग बढ्दै गयो ।
‘झारफुक गरेपछि सुरुमा केही दिन निको भएजस्तो भयो, रामपरीले भनिन, ‘महिनादिनपछि त्यही समस्या दोहोरियो । धामीले फेरि झारफुक गरिदिए, केही दिन निको भएजस्तो भयो । बारम्बार रोग दोहोरिन थालेपछि उनलाई आफन्तले उपचारका लागि विराटनगर र्पुयाए । उपचारका लागि ढिला आएकै कारण चिकित्सकले कलेजोमा घाउ भइसकेको बताए । त्यतिखेर उनी छाँगाबाट खसे झैं भइन । भन्छिन, ‘दुई महिनासम्म धामीको झारफुकको भर नपरी अस्पताल पुगेको भए कलेजोमा घाउ हुन्थेन । महिना दिनको औषधि चिकित्सकले लेखिदिए ।
पिसाब फेर्न समस्या भएपछि कालाबन्जरकै कमली सदाय मुसहरले १० वर्षीय नाति विवेकलाई पनि महिनादिनदेखि उपचारका लागि उनै मगहरिया धामी रामकुमार कहाँ र्पुयाइन । धामीले भनेअनुसार झारफुकमा नातिको रोग बिसेक हुन्छ भन्नेमा ढुक्क भइन । ऐलानी जग्गामा बसोबास गरेकी सुकुम्बासी भूमिहीन कमलीको परिवारले आर्थिक अभावकै कारण पनि उपचारमा धामीको भर पर्न बाध्य भए । ‘नातिको रोग निको होस् भनेर देवी देवतालाई परेवा भाकल पनि गरें,  कमलीले भनिन, ‘धामीले दिएको जडिबुटी पनि खुवाएँ तर निको भएन ।
छिमेकीबाट ऋण काढेर कमलीले नातिको उपचार गराउन लहान र्पुयाइन । चिकित्सकले पिसाब नलीमा पत्थरी भएको सुझाए । रामपरी र कमली मात्रै होइन, तराई मधेसका ग्रामीण क्षेत्रमा अझै पनि बिरामीको उपचारमा पहिला धामीकै भर पर्छन । गाउँगाउँमा सरकारले निःशुल्क औषधिसहित स्वास्थ्य केन्द्रको सहज उपलब्धता गराए पनि धामीको उपचार सफल हुन नसकेपछि मात्र अस्पताल लैजाने चलन कायमै छ ।
झारफुक गर्दै आएका मगहरिया धामी रामकुमारले अधिकांश बिरामीलाई झारफुक र जडिबुटी सेवन गराएरै निको पारेको सुनाए । ‘आफूबाट सम्भव नहुने बिरामीलाई अस्पताल लैजान सुझाव दिन्छु, उनले भने, ‘कतिपय अस्पतालबाट निको नभएका बिरामी समेत झारफुकका लागि आउँछन । जोखाना हेरेर रोग पहिचान गरेपछि आफूले मन्त्र जपेर तान्त्रिक विधिबाट उपचार गर्दै आएको उनले सुनाए । १२ कक्षा उत्तीर्ण गरेकी रिना यादवले अस्पतालको उपचारसँगै धामीको झारफुकमा आएको बताइन ।
‘पेटमा समस्या भए पनि चिकित्सकले लेखेको औषधि पनि सेवन गरिरहेको छु, उनले भनिन, ‘आत्मविश्वासका लागि गाउँमै आएको धामीलाई पनि झारफुक गराइहालौं भनेर आएकी हुँ । तर चिकित्सकहरू ग्रामीण क्षेत्रमा अन्धविश्वास र चेतनाको कमीका कारण झारफुक गर्ने परम्परागत चलनका कारण पनि धामीझाँक्रीको भर पर्ने गरेको बताउँछ । ‘अहिले पनि धामीझाँक्रीबाट झारफुक गराउने चलन गाउँघरमा केही हदसम्म भएको पाइन्छ, डा. मिश्रीलाल साह भन्छन् ‘तर, यसमा कमी हुँदै गएको छ अधिकांश अस्पताल, क्लिनिकमा नै उपचारका लागि बिरामी जाने गरेका छन ।
धामी बन्न कमला नदी सिरहा र धनुषाको सीमामा पर्ने कमला नदी तान्त्रिक विद्याका लागि एक महत्त्वपूर्ण स्थल मानिन्छ । कमला नदीमा नयाँ सिकारु र पुराना धामीहरू कमला नदीमा कार्तिक पूर्णिमाको दिन भेला भई स्नान गर्छन । धामीको जमघट हुने त्यस दिनलाई ‘भूत मेला  भनिन्छ ।
भूतप्रेतले हैरान पारेको तथा भविष्यमा भूतप्रेत आफ्नो घर–परिवारमा नआउने विश्वासका साथ देउता (भक्ता) खेल्दै नयाँ र पुराना धामीहरू कमला नदी किनारमा त्यस दिन सूर्य उदाउनुअघि स्नान गर्छन । तान्त्रिक विद्या पाको हुने जनविश्वास रहेको भूत मेलामा नयाँ धामी भक्ताहरूको अत्यधिक उपस्थिति हुन्छ । पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या पाको हुने, योग सिद्ध हुने, भूतप्रेतले दुस्ख नदिने मान्यता छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »