कासको भरमा स्वास्थ्य चौकी ,सरोकारवाला वेखबर

प्रकाशित समय 10:07:00 PM
सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिकाको स्वास्थ्य चौकी कासको भरमा चल्दै आएको छ । लक्ष्मीपुर पतारी गाँउपालिका वडा नं. ४को तल्लो तालामा रहेको स्वास्थ्य चौकी कार्यालय प्रमुख विहिन भएको महिनौ दिन भए पनि सरोकारवाला वेखरबर रहेका छन । स्वास्थ्य चौकीका प्रमुख विदा नलिईकन दशै विदा हुनु भन्दा अगाडी नै घर गएको तर महिना दिन विति सक्दा कार्यलयमा हाजिर नभएको हाजिर रेर्कडमा देखिन्छ ।
स्वास्थय चौकी प्रमुख राम बहादुर सहकारीले विदा नलिई महिना दिन देखी घर वसेको स्वास्थय शाखा प्रमुखलाई थाँहा नै छैन । गापाका स्वास्थ्य शाखा प्रमुख शिब कुमार यादब संग स्वास्थ्य चौकीको बारेमा बुझदा मलाई कुनै थाँहा नभएको बताए ।
निजामति सेवा ऐन अनुसार क्या.वि र घ.वि. ७ दिन भन्दा बढी नबस्न सक्ने व्यवस्था रहेको छ । तर विना जानकारी आफु खुशी सहकारीले एक महिना भन्दा बढी देखी विना सम्र्पक गरी वसेका छन ।कार्यालय प्रमुख नभएपछि ताँहा कार्यरत कर्मचारीको मनपरी भएका छन् । उक्त स्वास्थ चौकीमा ७ जना कर्मचारी रहेका छन् ।
आज पत्रकारहरुको टोली उक्त कार्यालयमा पुगे पछि तहा कार्यालयमा कार्यरत कास रामबृक्ष मण्डल नै स्वाथ्य चौकीको डाक्टरको रुपमा रहेको बताए । कास मण्डललाई कार्यालय प्रमुखको बारेमा सोधे बाहिर जानु भएको छ बताए तर खोजपुछ गर्दा दसै भन्दा अगाडी नै घर गएको प्रमुख हाल सम्म नआएको बताए । र म नै प्राय कार्यालयमा रहने गरेको बताए ।
उक्त कार्यालयमा उपचारको लागी छोरा लिई आएका स्थानिय ललिता देबी रजकले बताईन हामी विरामी पर्दा स्वास्थय चौकी आउने गरेको तर एक जना या दुई जना मात्र कर्मचारी रहेने गरेको बताइन । पतारी बजारमा वारी वडा नं. ४ को कार्यालय संगै टासिएको स्वास्थय चौकी र गाँउपालिकाको कार्यालयको वारी पारी गरी २ सय मिटर दुरी रहेपनि कार्यालयमा कर्मचारी नरहेको सुईको थाँहा नभएको र यस प्रति गापाले कुनै चासो नदेखाएको स्थानियहरुको आरोप रहेका छन् । 
हाल सम्म गाँपाले कुनै पहल नगरेको स्थानियहरुको आरोप रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »