‘दलितको नेतृत्व स्वीकार्न गाह्रो मान्छन्’

प्रकाशित समय 9:53:00 PM
कर्जन्हा नगरपालिका जिल्लाकै कान्छो नगरपालिका हो । पूर्वाधार विकासको हिसाबले पनि यो नगरपालिका तुलनात्मक हिसाबले पछाडि छ । क्षेत्रफलको हिसाबले पनि सानो यो नगरपालिका विकासले फड्को मार्ने सके जिल्लाकै नमुना नगरपालिका बन्न सक्छ । पर्या–पर्यटनको प्रचुर सम्भावना बोकेकाके यो नगरपालिका पछिल्लो समय केन्द्रकै विवादमा अल्झेको छ । केन्द्र विवादका कारण यहाँ पूर्वाधार विकास र अन्य विकासका कानसमेत प्रभावित बनेको छ । विवादकाबीच विकासका कामलाई गति दिन कतिको अफ्ठ यारो–सजिलो छ ? विवाद सल्टाउन कस्तो प्रयत्न भइरहेको छ ? प्रस्तुत छ नगर प्रमुख गंगापासवानसँग मिथिलेश यादवले गरेको कुराकानीः

नगरपालिकाको नेतृत्व गरेको एक वर्षमा के कति उपलब्धि हासिल भए ?
गाउँहरु गाभेर बनेको यो नगरपालिका पूर्वाधारको हिसाबले निकै पछाडि परेको थियो । एक गाउँदेखि अर्को गाउँको द्रुत सम्पर्क मार्गहरु बनाउने कामलाई प्राथमिकतामा राखेर योजना विनियोजन गरिएको थियो । कृषिमा आधारित यस भेगका लागि कृषि सडक, पोखरी जीर्णेद्वार, कृषि विद्युतीकरणका योजनालाई पनि प्राथमिकतामा राखेर काम अघि बढाईरहेको छौं । पहिलाको गाउँ विकास समिति भवनमा नगरपालिकाको काम सञ्चालन गर्नुपर्ने बाध्यताले अफ्ठ्यारो पारेको छ । विवादकै बीचमा विकासको सुरुआत गरेका छौं ।
कर्मचारी र अन्य जनप्रतिनिधिको सहयोग कस्तो पाउनु भएकाके छ ?
यहाँ नेकपाकै बहुमत जनप्रतिनिधि छन् । नगर कार्यपालिका र नगरसभामा नेकपाकै बहुमत छ । तर, सबै जनप्रतिनिधिबाट राम्रो र अर्थपूर्ण सहयोग पाउन सकेको छैन । जनप्रतिनिधिबाटै असहयोग हुँदा अफ्ठ्यारो अनुभूति गरिरहेको छु । विकास कामलाई केन्द्रको विवादले छापेको छ । कर्मचारी ऐन, नियम अन्तर्गत रही काममा भरपुर सहयोग गरिराख्नु भएको छ । तर, जनप्रतिनिधिबाट असहयोगका कारणले सोचेजस्तो विकास गर्न पाएको छैन ।
तपाईमाथि पछिल्लो समय आक्रमण पनि भएको सुनियो नि?
हो, कर्जन्हा नगरपालिकामा जारी केन्द्र विवाद टुंग्याउन बोलाएको विशेष नगरसभामा सहभागी भएर घर फर्किदै गर्दा मलाइ लक्ष्य गरेर आक्रमण भयो , म चढेको ना १ झ १६३९ नम्बरको जिपमा घरेलु हतियार प्रहार गरी सिमा फुटाए । आक्रमणकारी समूहले अगाडिको सिसा फुटाएर मेरो ज्या मार्ने प्रयास गरेको थिए । तर भगवान्ले बचाए
नगरको कार्यालयमा आगजनी अनि आक्रमण कसले किन गराएको होला ?
२५ असारमा नगर कार्यपालिकाको कार्यालय रहेको बगहामा आगजनी भयो । आगजनी घटनामा संलग्नहरु अझै प्रहरी पक्राउ गरी कारबाही गर्न सकेको छैन , धाकधधम्की जस्ता घटना त हाम्रा लागि सामान्य जस्तै भइसक्यो , पछिल्लो समय आक्रमण पनि भयो । असुरक्षका कारण कर्मचारीहरु बस्न मान्दैनन् । कर्मचारीको काम गर्ने मनोबल कमजोर भइसकेको अनुभूति हुन्छ ।
विवाद सुल्झाउन समन्वय गर्ने निकाय जिल्ला समन्वय समितिलाई आग्रह गर्नुभए ?
जिल्ला समन्वय समितिका सभापतिलाई पटक–पटक बिन्ती गर्दा पनि चासो लिएनन् । म माथि आक्रमण हुँदा पनि पहिलो फोन सभापतिज्यूलाई नै गरेको थिएँ । तर, उहाँले वास्ता नै गर्नुभएन । उहाँ यस नगरपालिकाको विवादबारे जानकार हुनुहुन्छ । जानकार हुँदा पनि विवाद सुल्झाउने पहल गर्नुभएको छैन । उहाँ यस नगरपालिकाको विावदबारे जानकार हुनुहुन्छ । जानकार हुँदा पनि विवाद सुल्झाउने पहल गर्नुभएको छैन । यस नगरपालिकाको विवादबारे जिल्लाको सिडियो, समन्वय समितिका सभापतिदेखि नेकपा शिर्ष नेतृत्वलाई समेत जानकारी गराएको छु । तर, अहिलेसम्म विावद ज्यूँका त्यू छ । यहाँको विवाद सुल्झाउन सक्रिय पहल नहुनुमा दलित मेयरको नेतृत्वलाई असफल बनाउने योजना रहेको अनुभूति गरेको छु । म दलितको नेतृत्व जनताले पचाए तर पदाधिकारीलाई पचेको जस्तो लाग्दैन ।
तपाईले उपमेयरदेखि कर्मचारीलाई समेत अभद्र व्यवहार गर्नुभएको आरोप छ नि?
मैले कसैमाथि अभद्र व्यवहार गरेको छैन । भ्रष्टाचार रोक्ने प्रयत्न जरुर गरेको हुँ । पारदर्शीता अपनाउन खोजेकै हुँ । जनताको काम सहज ढंगले बिना झन्झट होस् भन्नेतर्फ निगरानी बढाएकै हुँ । हो यही थिति बसाल्न खोज्दा धेरैलाई पचेन । अनि म माथि निशाना सोध्ने कोसिस सुरु भयो पहिलादेखि बेथितिमा खेल्नेहरु अहिले खेल्न नपाउँदा छटपटिएका छन् । उनीहरु जसरी पनि मलाई असफल बनाउनतर्फ जोडबल गरिरहेको छन् । विकासलाई अवरुद्ध पारेर आपूmलाई विकासप्रेमी भनेर प्रचार गर्ने बेथिति फैलाएर अनियमितता गर्नेहरु आफूलाई स्वच्छ भनेर प्रचार गरिरहेका छन् । मैले जनताको दुःख राम्ररी बुझेको छु । किनकि िम आफै दुःखमा जन्मे हुर्केको व्यक्ति हुँ मैले जनतालाई दुःख दुर गर्ने सपना बाँडेको छु । सपना मात्र बाँडेको होइन पूरा गर्ने वाचा पनि गरेको छु । गरिबको सपना पूरा हुन नदिन केही जनप्रतिनिधि हरु नै  मलाई अवरोध खडा गरिरहेका छनु । तर म जनयुद्ध लडेर आएको व्यक्ति हुँ हार मान्दिन । जनताको सपना पूरा गर्न धैर्यसाथ लडिरहन्छु ।
यस नगरपालिकामा विवादको विजारोपण कसरी भयो ?
कर्जन्हा गाउँपालिका हुँदा बगहा गाउँस्थित गाविस भवनमा केन्द्र भयो । ०७४ जेष्ठ ११ गते यो गाउँसहितका गाउँहरु गाभेर नगरपालिका घोषण भयो । स्थानीय तह निर्वाचन पनि यही कार्यालयबाट सम्पनन्न भयो । तर यहाँ कार्यालय सञ्चालनका लागि पूर्वाधार अभाव भएपछि गाउँ कार्यपालिकाको पहिलो बैठक  ले भाडाको भवनमा नगरपालिकाकको कामकाज गर्ने निर्णय भयो । राजपत्रमा यस नगरपालिकाको केन्द्र यही नगरपालिकाको बगहामा तोकिएको छ । नगर कार्यपालिकाको कामकाज भाडाको घरबाट सञ्चालन गर्न थालेपछि गत वर्ष स्थानीय बगबहादुर दनुवार र ओमप्रकाश महतोले नगर कार्यपालिका विरुद्ध अदालतमा निवेदन हाले । निवेदन उपर आदेश गर्दै उच्च अदालत राजविराजले  राजपत्रमा उल्ल्ेखित बाहेक अन्यत्र केन्द्र राखेर कामकाज नर्ग÷नगराउन अन्तरिम आदेश दियो । अदालतको आदेशपछि नगर कार्यपालिकाको सम्पूर्ण कामकाज बगहामै फिर्ता भयो । तीन कोठे भवनमा नगरपालिकाका १२ शाखा । ३६ उपशाखा सञ्चालन गर्न गाह्रो भएपछि कार्यपालिकाकाके निर्णयबाट काम नर्गै स्थान विभाजन गरेको थियो ।
केन्द्र विवाद थाँती राखेर विकास कार्यलाई अघि बढाउन प्रयत्न गर्नुभएन ?
केन्द्र सार्ने विषयलाई थाँती राखी सबै मिलेर चालु आर्थिक वर्षको विकास बजेट सदुपयोग गर्न सबै पदाधिकारीलाई आग्रह गरे । दोस्रो नगरसभाबाट पारित योजनाहरु सहज ढंगले सदुपयोग गर्न विकासमुखी वातावरण बनाएर अघि बढ्न मैले सबै पदाधिकारीलाई बिन्ती गरे । हामी सबै एउटै पार्टी (नेकपा) का छौं, तर उहाँहरु मेरो नेतृत्व पचाउनै सक्नु भएको छैन । गाँठो अरु भन्दा पनि मेरो नेतृत्व बचाउन भइरहेको सकस हो । समस्या केन्द्र बगहा रहने कि कर्जन्हा भन्नेमा नभएर दलित मेयरको नेतृत्व कसरी स्वीकार गर्ने भन्नेमा हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »