लहानबाट सार्न खोजेपछि दुई सरकारी कार्यालयमा दलको ताला

प्रकाशित समय 9:48:00 PM
शम्भु यादव
सिरहा । जलस्रोत तथा सिँचाइ विकास डिभिजन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानबाट सार्न खोज्दा यहाँका दलका कार्य कर्ताले आइतबार ती कार्यालयमा तालाबन्दी गरेका छन् । 
तालाबन्दीका कारण दुवै कार्यालयका कामकाज ठप्प भएका छन् । लहानबाट जलस्रोत कार्यालय सिरहा सदरमुकाम र खानेपानी कार्यालय राजविराज सप्तरी सार्न खोज्दा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन् । 
लहान नगर सभापति सुनिल कुमार महतोको नेतृत्वमा गएका नेता कार्यकर्ताले आइतबार जलस्रोत डिभिजन प्रमुखको कार्यकक्ष, योजना शाखा, प्रशासन फाँट तथा खानेपानी डिभिजन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । जलउत्पन्न र सिँचाइ कार्यालयलाई गाभेर बनेका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय लहानमा स्थापना गनुपर्ने सरकारले २०७५ भदौँ १० गते गरेको निर्णयमा उल्लेख छ । तर, सिँचाइ डिभिजन कार्यालय प्रमुखले कार्यालय सार्न खोजेको कांग्रेस नगर सभापति महताले आरोप लगाए । ‘आफ्नो सरकारी भौतिक संरचना छाडेर भाडाको घरमा कार्यालय सञ्ञ्चालन गर्नु उचित होइन, उनले भने, ‘यस प्रकरणमा कार्यालय प्रमुखको बदमाशी देखिएको छ । 
जनप्रतिनिधिको पनि विरोध कार्यालय सार्न खोज्दा लहान नगरपालिकाका जनप्रतिनिधिले पनि विरोध जनाएका छन् । उनीहरुले कार्यपालिकाको बैठक बाटै कार्यालय यहाँबाट सार्न नदिने निर्णय गरेका छन् । ‘कार्यालय सार्न खोजेको जानकारी पाउनसाथ हामीले चासो देखाएका छौँ,  मेयर मुनी साहले भने, ‘कुनै पनि हालत कार्यालय यहाँबाट सार्न दिँदैनौँ ।  
उनका अनुसार सिँचाइ कार्यालयको समान त्यहाँबाट बाहिर नलग्नका लागि नगर पालिकाले उक्त कार्यालयमा सूचना टाँस गरेको छ । डिभिजन कार्यालय प्रमुख श्याम नन्दन यादवका अनुसार यो कार्यालय प्रदेश सरकारको अन्तर्गत रहेकाले प्रदेश सरकारको निर्णयानुसार सार्न लागेको बताए । 
‘अहिले प्रदेश सरकारबाट हुने सबै पत्राचारमा स्थान सिरहा लेखेर आउँछ,  उनले भने, ‘कार्यालय सार्ने आधिकारिक पत्र आइसकेको छैन । तर, पत्र आउन थालेपछि पटक पटक यस विषयमा प्रदेश सरकारसँग बुझ्दा सिरहामा कार्यालय सञ्चालन गर्न आदेश दिएको छ ।  
प्रदेश सरकारबाट आधिकारिक पत्र नआएसम्म लहानबाट सिरहा कार्यालय नसार्ने उनले बताए । उनका अनुसार सिरहामा ३ वर्ष पहिलेदेखि नै सिँचाई कार्यालय थियो । लहानबाट त्यस कार्यालय जल उत्पन्नको भाग जोडेर सिरहामा कार्यालय स्थापना गर्न लागेको छ । जलस्रोत कार्यालयमा डिभिजन प्रमुख यादवले हाजिरी गर्न समेत आउन छाडेको कर्मचारीहरुले सुनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »