वडा अध्यक्षद्धारा पोशाक वितरण

प्रकाशित समय 9:50:00 PM
संजय चौधरी
गोलबजार । धनगढीमाई नगर पालिकाको वडा नं. ४ को अध्यक्ष रामु चौधरीले आफनो ३ महिनाको मासिक तलबबाट विद्यार्थीहरु लाई पोशाक वितरण गर्नु भएको छ । धनगढीमाई नगरपालिका वडा नं. ४ स्थित रहेको श्री जनता आधारभुत प्राथमिक विधालयमा अध्ययनरत छात्र ९० जना र छात्रा १५२ गरी २४२ जना विधार्थीहरु लाई पोशाक विवतरण गरेका हुन । अध्यक्ष चौधरीले विधालयमा अध्ययनरत्त विद्यार्थीहरुले नियमितरुपमा पोषाक लगाई विधालयमा उपस्थिती होस र विधालयलाई पोशाक मैत्री बनाउने उद्देश्यले पोशाक वितरण गरेको हो ।
पोशाक वितरण कार्यक्रममा यस विधालयलाई नमुना बनाउनका निम्ती विधालयको शैक्षिक स्तरमा ध्यान दिनुका साथै यस विधालयमा कार्यरत रहेको सबै शिक्षक शिक्षिकाहरुले पनि नियमित रुपमा पोशाक लगाई अनिवार्य रुपमा विधालयमा उपस्थित भई गम्भिरतार्पूक पठनपाठनमा लाग्नु पर्ने कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख हरिनारायण चौधरी बताउनु भयो । साथै उनले विधालयको शैक्षिक स्तर अभिबृद्धिका लागि नगरपालिकाबाट सबै किसिमको सहयोग हुने बताउनु भयो । कार्यक्रममा उपप्रमुख फुलकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्मा, वडा नं. ५ का वडा अध्यक्ष रामजतन कामैत लगायतले शुभकामना मन्तव्य राखेको थियो ।
विधालयका व्यवस्थापन समितिका अध्यक्ष गुदर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विधार्थीका अभिभावकहरु र विधार्थीहरुको सहभागिता रहेको थियो भने विधालयका प्र.अ.फेकन झाले स्वागत मन्तव्य राखेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »