भरपर्दो बन्दै सेनाले चलाएको सर्पदंश उपचार केन्द्र

प्रकाशित समय 9:34:00 PM
मणिलाल विश्वकर्मा
लहान । सिरहाको मिर्चैया नगरपालिका ११ सीतापुरकी ४० वर्षीया विन्दादेवी सदायलाई पछिल्लो शनिबार बिहान हातमा विषालु करेत प्रजातीको सर्पले टोक्यो । सर्पले टोकेको करिब एक घण्टा नबित्दै चोहर्वा्स्थित जयकाली सर्पदंश उपचार केन्द्र पुर्याएपछि सेनाका स्वास्थ्यकर्मीले उपचार गरे । उपचारपछि उनी निको भएर घर फर्किइन् ।
सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गण परिसरमा संचालित जयकाली सर्पदंश उपचार केन्द्र बिन्दादेवी जस्ता सर्पदंशका बिरामीहरुका लागि भरपर्दो सेवा केन्द्र बनेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा संचालन तथा व्यवस्थापन समिति अन्तर्गत संचालित उपचार केन्द्रमा सर्पदंशका बिरामीको प्रभावकारी उपचार हुने गरेको छ ।
भरपर्दो उपचार सेवाको कारण ले सिरहा जिल्ला अस्पताल र अन्य अस्पतालले सर्पदंशका बिरामी केन्द्रमा रेफर गर्ने गरेको नं. २७ बाहिनी अस्पतालकी प्रमुख उप सेनानी डा. विद्या कार्कीले बताइन् । ‘गर्मीको मौसममा दैनिक १२ देखि २५ जनासम्म सर्पदंशका बिरामी उपचारको लागि आउँछन  डा. कार्कीले भनिन् ‘सर्पको प्रजाती हेरेर चारदेखि ५० भाइलसम्म एण्टिस्नेक भेनमको प्रयोग गरी बिरामी निको बनाएर घर पठाउँछौं ।
सेनाको नं. २७ बाहिनी अन्तर्गत २०५८ देखि सिरहाको चोहर्वा, २०६४ देखि बन्दीपुर र महोत्तरीको बर्दिवास गौरीडाँडा गरी तीन ठाउँमा सर्पदंश उपचार केन्द्र संचालन भइरहेको बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठले बताए । स्थानीय जनताले प्रत्यक्ष सेवा पाउन् र अकालमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले तराईका विभिन्न जिल्लाहरुमा नेपाली सेनाको प्रत्यक्ष संलग्नता र व्यवस्थापनमा सर्पदंश उपचार केन्द्रहरु संचालन गरिएको बाहिनीपति श्रेष्ठले बताए ।
सेनाको प्राविधिक सहयोग मात्र रहने गरी समितिमार्फत् न्यून शुल्कमा स्तरीय उपचार सेवासहित केन्द्र संचालन भइरहेको सिरहाको चोहर्वा्स्थित श्री नयाँ गोरख गणका गणपति प्रमुख सेनानी गणेश भण्डारीले उल्लेख गरे ।
चार वर्षमा साढे पाँच हजार बढीको उपचार विभिन्न कारणले ढिलो ल्याइने सर्पदंशका बिरामीका लागि केन्द्रमा भेन्टिलेटर सुविधा नहुँदा फोन सम्पर्क मार्फत् जनकपुर या धरान रेफर गर्ने गरिएको उप सेनानी डा. कार्कीले बताइन् । ‘त्यसरी रेफर गरिने बिरामीको संख्या अत्यन्त न्यून छ  उनले भनिन् ।
२०७२ सालदेखि २०७५ सम्म चार वर्षको अवधिमा तीन वटै केन्द्रमा पाँच हजार पाँच सय ४४ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । केन्द्रमा उपचारका लागि पुगेका बिरामीमध्ये जटिल अवस्थाका एक सय दुई जनालाई मात्र अन्यत्र रेफर गरिएको २७ नं. बाहिनीले जनाएको छ । चोहर्वामा पछिल्लो चार वर्षको अवधिमा उपचारका लागि पुर्याइएका दुई हजार चार सय ५३ सर्पदंशका बिरामीमध्ये विषालु एक सय एक, बिच्छी ६ सय ३६ र विषरहित एक हजार छ सय ८० जना बिरामी छन् ।
त्यस्तै, बन्दीपुरमा चार वर्षको अवधिमा उपचार गरिएका एक हजार नौ सय १४ बिरामीमध्ये ३९ जनालाई मात्र रेफर गरिएको छ भने महोत्तरीको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा एक हजार एक सय ७७ जना सर्पदंशका बिरामीमध्ये २७ जनालाई रेफर गरिएको तथ्याड्ढ छ ।
सुविधा सम्पन्न भवन बन्दै जस्ताले छाएको टहरोमा संचालन हुँदै आएको सर्पदंश उपचार केन्द्र आगामी ६ महिनाभित्र सुविधा सम्पन्न भवनबाट संचालन हुने जयकाली सर्पदंश उपचार केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष विजय साहले बताए । अध्यक्ष साहका अनुसार करिब दुई करोड लागतमा निर्माण भइरहेको ६ हजार वर्गफिट क्षेत्रफलको भुइँ तला मंसिरको दोस्रो हप्ताभित्र छत ढलान गर्ने योजनासहित निर्माणको काम भईरहेको छ ।
‘चालु आर्थिक वर्षको असारसम्म भुई तलाको निर्माण सकेर उपचार सेवा सुरु गर्ने योजनासहित काम हुँदैछ  अध्यक्ष साहले भने । नयाँ भवनको लागत मूल्य बढी देखिएको भएपनि व्यक्तिगत र संस्थागत सहयोगमा अहिलेसम्म करिब ३० लाख रुपैयाँ बराबरको काम भएको अध्यक्ष साहले उल्लेख गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »