तराई मधेसका जिल्लाहरूमा छठको तयारी सुरु

प्रकाशित समय 9:55:00 PM
जनकपुरधाम । अहिंसा प्रति मानव को रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेस तथा मिथिलाञ्चल वासीको महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधाम सहित आसपासका जिल्लाहरूमा सुरु भएकोे छ । 
तराई मधेसको मुख्य पर्वहरू मध्ये मिथिलानी महिलाहरूको विशेष कठोरताको पर्वको रूपमा रहेको छठको तयारी जनकपुरधाम सहित तराई मधेसको जिल्ला हरूमा सुरु भएको हो । नियम निष्ठा र विधिपूर्वक मनाइने साझा सांस्कृतिको रूपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरूको जोहो र किनमेल गर्न सर्वसाधारण अहिले व्यस्त छन् । बाँसका डाला, ना·लो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त रहेका देखिएका छन् । 
मुख्यतः सन्तान प्राप्ती, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगा, धनुष, अंगराज, महराज, अग्नीकुण्ड, रत्नसागर, बाल्मीकि सागर लगायतका दर्जनौं पोखरी र सरोवरहरूलाई विभिन्न संघ संस्था र युवा क्लवहरूले सरसफाई गरी बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाउन व्यस्त छन् । 
चार दिन सम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्मापन हुने गर्दछ । छठपर्ब ब्रत अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्य वस्तुहरू अनिर्वाय रुपमा बार्ने चलन रहेको छ । 
मधेसी समुदायका बीचमा मनाइँदै आएको यो महत्वपूर्ण छठ पर्व केही वर्ष यतादेखि यहाँका पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासँगै नेपाली समुदायका महिलाहरु समेत छठ पर्व मनाउन थालेको जनकपुरकी रिता लामा बताउँछिन् । उनले भनिन, ‘पहिले हामी मनाउँदैनथ्यौ । तर विस्तारै देखासिकीको आधारमा हामीले पनि अब प्रत्येक वर्ष छठ मनाउँछौं । 
मिथिलाञ्चलको घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसंगै छठको लोक गीत गुञ्जि रहेको छ । दिपावलीको दिन देखि छठ गीत बजाउने क्रम पनि बढेको छ । तिहार र छठमा प्रयोग हुने सामग्रीमा समानताका कारणले दुवै पर्वको तयारी लगभग सँगसँगै सुरु भइसक्छ । हुन त विपन्नले भिक्षा मागेर पनि गर्छन् किनकी एक वर्ष छुटाउँदा पनि अर्को वर्ष दोब्बर पुजन सामग्री चढाउनै पर्ने धार्मिक मान्यता छ  । 
जनकपुरधाम उप–महानगर पालिका १ पूलचोककी रामदेवी राम अर्को वर्ष गर्दा झैं झन्झटिलो हुने जाने भएकाले थोरथोर पैचौं लिएर भए पनि किनमेल सुरु गरेकी बताउँछिन्  । उनले भनिन, ‘यस पटक नगर्दा अर्को वर्ष दोब्बर खर्च र धेरै मिहिनेत लाग्छ । त्यसैले जसरी भएपनि गर्छु तीन सन्तान एवं पतीका लागि यो पर्व गरिरहेकी उनले सबै सामग्री किन्न झन्डै १० हजार रुपैयाँ खर्च हुने बताइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »