समाचकेवा मूर्तिले आम्दानी

प्रकाशित समय 12:48:00 AM
कमलेश यादब
सिरहा। तराई– मधेसमा कात्तिक पूर्णिमासम्म मनाइने समाचकेवा पर्वको जति रौनक छ त्यति नै समाचकेवाका लागि बनाइएको स–साना मूर्तिको बेचबिखन बढदो छ ।
मैथिली संस्कृतिअन्तर्गत हरेक वर्ष मनाइने लोकपर्व ‘सामा–चकेवा  को सुरुवातसँगै सिरहाको ग्रामीण क्षेत्रमा दाजुभाइ र दिदीबहिनीबीच प्रेम र स्नेह झल्किने परम्परागत समाचकेवा गीत गुन्जिन थालेको छ । खासगरी तराई क्षेत्रका सम्पूर्ण भू–भागमा हर्षोल्लासका साथ धुमधामसँग मनाइने पौराणिक लोकपर्व ‘सामा–चकेवा लाई मिथिलाञ्चलका किशोर, युवती, महिलाले महा पर्वकारूपमा लिन्छन ।
‘सामा–चकेवा  बहिनी र भाइको आपसी प्रेम, स्नेह र सदभावमा आधारित पर्व होरु। हरेक वर्ष छठ पर्वको एक दिन पहिले कात्तिक पञ्चमीदेखि कात्तिक पूर्णिमासम्म नियमित एघारौं दिनसम्म दिदी बहिनीहरू ले आफना दाजुभाइको लामो आयु, सु–स्वास्थ्य र प्रगतिको कामना गर्दै मनाउँने चलन छ ।
राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मित डालोमा सामा (बहिनी), चकेवा (भाइ), चुगला (कुरौटे), वृदावन (झगडिया) र सात भाइको माटाको मूर्ति सजाएर त्यसमा दियो बाली छरछिमेकका महिला एकैठाउँ आँगनमा भेला भएर ध्यानमग्न भई दिदीबहिनीहरूले सुरिलो स्वर घन्काएर यो पर्व मनाउँछन ।
समाचकेवा सुरु भएपछि अहिले सिरहाका ग्रामीण क्षेत्रका घरदैलोमा दिदीबहिनी, केटाकेटी समूहमा हातमा डालो लिई परम्परागत गीत गाउँदै हिँडेको दृश्य रात्रि समयमा देखिन्छ । यो पर्व मनाउन माटाका विभिन्न प्रकारका मानव, चरा र जनावर लगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गर्नुपर्ने हुन्छ । काँचो माटोले बनाइएका यस्ता मूर्तिलाई ‘समा  र त्यही समालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा  भन्ने गरिएको छ ।
माटो निर्मित ती सबै पात्र अहिले सिरहाको बजार बजारमा बिक्री गर्न राखिएका छन्रु। यस्ता मूर्तिहरू बिक्री गरेर कोही कोहीले वर्षैभरिको जोहो समेत टार्ने गरेका छ । दिनभरि माटोबाट सामा चकेवाको मूर्ति बिक्री गर्दै आएकी सिरहा भगवानपुर गाउँपालिका १ की १४ वर्षीया चाँदनी कुमारी पण्डित रातमा आफैंले बनाएको मूर्ति बोकेर साथीसंगीसँग समाचकेवामा सामेल हुन्छिन ।
‘अहिले गाउँगाउँमा माटोबाट निर्मित समाचकेवाको स–साना मूर्तिको माग बढ्दो छ,  उनले भनिन, ‘समाचकेवाका लागि चाहिने सामग्री बिक्री गरेर एक वर्षभरि आफ्नो पढाइ खर्च र दुई भाइको वर्षभरि पढ्ने खर्चको जोहो गर्छु । चाँदनी भगवानपुर माविमा कक्षा ९ मा पढछिन् भने उनले मूर्ति बनाएर जेठो भाइ परमानन्दलाई एलकेजी र कान्छो भाइ दयानन्दलाई यूकेजीमा बोर्डिङमा पढाइरहेकी छन ।
मूर्ति बनाउन उनकी आमा सरस्वती पण्डितले सघाउँछिन । १० कठामात्र जग्गा जमिन रहेका चाँदनीका बुवा शोभाकान्त पण्डित दिल्लीमा मजदुरी गर्छन । बुवाको एक्लो कमाइले घर खर्च धान्न समस्या भएपछि आफू र भाइहरूको शिक्षाका लागि सानैदेखि माटोको काम गर्न थालेको उनले सुनाइन । ‘गएको शनिबारदेखि नै समाचकेवाको माटोका सामग्री लिएर विभिन्न हाटबजार धाइरहेका छौं  खयरबोना हाटमा मूर्ति बेचिरहेकी चाँदनीले भनिन, ‘भगवानपुर, लहान र सखुवानानकरकट्टी गरी तीन वटा हाटमा अहिलेसम्म करिब २५ हजार बराबरको माटोका सामग्री बिक्री गरिसकेको छु ।
एउटा सानो खाले मूर्तिलाई ४० देखि ६० रुपियाँमा बिक्री गरिन्छ । समाचकेवा सम्बन्धित मूर्तिको एक सेटलाई पाँच सयसम्म पर्छ । मूर्तिका साथै मूर्तिहरूलाई राख्न बाँसकोढाकी र डाली पनि यस पर्वमा बिक्री हुने गर्दछ । चाँदनी मात्रै होइन माटोको मूर्ति बनाएरै सिरहा इटहर्वाका १८ वर्षीय दशरथ यादवले पढाइ खर्च जोहो गर्छन ।
महादेव लगायत विभिन्न भगवानका मूर्ति बनाएर उनी लहानस्थित प्राविधिक शिक्षालयमा १८ महिने पीजेटिए पढिरहेका छन । ‘मूर्ति बनाएरै पीजेटिएमा १२ हजार ३ सय ५० रुपैयाँ शुल्क तिरेर एडमिशन गराए,  उनले भने, ‘फुर्सद भएकी अहिले पनि गाउँगाउँ गएर मूर्ति बनाएर पढाई खर्च जोहो गर्छु ।  को बजारलाई झनै रंगिन बनाइदिन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »