वारि अपराध, पारि आश्रय

प्रकाशित समय 4:59:00 PM
मिथिलेश यादव
सिरहा । घटना १–जन्मदिनको पार्टीको बहानामा बोलाएर लहान नगर पालिका–११ स्थित भोटिया टोल को आँप बगैचामा दुई युवती लाई सामूहिक बलात्कार गरियो । बलात्कृत लक्ष्मीपुर पतारीका १६ वर्षीया र २० वर्षीया किशोरीलाई चिनजानकै युवकले जन्मदिनको पार्टीमा बोलाएका थिए । कात्तिक २३ गते भाइटीकाको दिन जन्म दिनको भोज भन्दै बोलाइएका ती किशोरीलाई निम्तालुसहित सातजनाले बलात्कार गरेको आरोप छ ।
राति १० बजे बलात्कारीलाई छक्याएर भागेकी २० वर्षीया किशोरीले नजिकैको गाउँमा पुगेर हारगुहार मागेपछि गाउँलेले इलाका प्रहरी कार्यालय लहानमा जानकारी गराए । लगत्तै घटनास्थल पुगेको प्रहरीटोलीले घटनास्थलबाट १६ वर्षीया युवतीलाई उद्धार ग–योे । नेपाली भूमिमा अपराध गरेर भारत गई लुक्ने प्रवृत्तिले आरोपितर अभियुक्तलाई तत्काल पक्राउ गर्न अप्ठेरो परेको छ ।
बलात्कारी भने भागिसकेका थिए । पीडित किशारीको बयान अनुसार लहान नगरपालिका–११ का हरिकान्त चौधरीले आफ्नो जन्मदिन मनाउन भन्दै घरमा बोलाएका थिए । हरिकान्तले उनीहरूलाई लिन अनिश चौधरी र सुनिल चौधरीलाई पठाएका थिए । ती किशोरीले आफूलाई जन्मदिनको भोजमा जाने भन्दै आँप बगैंचामा पु–याएर हरिकान्त सहित सातजनाले बलात्कार गरेको बयान दिएका छन् । आरोपित अझै पक्राउ पर्न सकेका छैनन् । आरोपित सातैजना सीमापारि (भारत) पुगेको प्रहरीको शंका छ ।
घटना २– कात्तिक २७ गते सुखिपर नगरपालिका–२ स्थित छजनाटोलमा २६ युवतीलाई सामूहिक बलात्कार गरियो । छठपर्वको दोस्रो दिन खरनाको ब्रत बसेकी ती युवतीलाई गाउँकै चार युवकले घरमै बलात्कार गरेको उजुरी परेको छ । महिलाले प्रतिकारका क्रममा दुईजना हातको औंलामा टोकिन तर चारजनाको अगाडि उनको जोर चलेन । उनी चिच्याए पनि गाउँमा डिजेको चर्को आवजले घरबाहिर सुनिएन ।
भोलिपल्ट गाउँलेले घटनाको जानकारी पाए । बलात्कारी भनिएका युवक खोज्न गाउँले एकजुट भए । दुईदिनपछि गाउँलेले सोही वडाका ३० वर्षीय मोहमद समसुल र इसराफुल मियालाई पक्राउ गरेर प्रहरीलाई बुझाए । बाँकी दुई आरोपित सीमापारि पुगेकाले पक्राउ गर्न समस्या भएको छ ।
प्रदेश २ मा पर्ने सिरहामा साउनयता बलात्कारका २९ वटा घटना भएका छन् । यी उजुरी प्रहरीमा दर्ता भएका छन् । आरोपितमध्ये १० जना फरार छन् । उनीहरु सीमापारि गएर आश्रय लिएको आशंकामा प्रहरीले सुराकी परिचालन गरेको छ ।
जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ सम्म प्रदेश २ मा बलात्कार (जबरजस्ती करणी) का १२० वटा उजुरी दर्ता भएका छन् । उजुरीमा आरोपितमध्ये १०३ जना पक्राउ परेका छन् । त्यस्तै प्रदेशभित्र जबरजस्ती करणी उद्योगका ६२ घटना भएका छन् । जबरजस्ती करण उद्योगमा संलग्न भएको आरोप लागेका ४३ जना फरार रहेको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका प्रवतmा दानबहादुर थापाका अनुसार संख्यात्मक हिसाबले हेर्दा बलात्कारका घटनाको ग्राफ बढेको छ । फरार आरोपित पक्राउ गर्न प्रहरी संयन्त्र लागिपरेको थापाको भनाइ छ ।
प्रहरीका अनुसार बलात्कारका मात्र होइन जघन्य अपराधका आरोपित पनि फरार छन् । कतिपय आरोपित सीमावर्ती भारतीय क्षेत्रमा लुकेको प्रहरी अधिकारी बताएँछन् । तराई–मधेसका सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्लामा दण्डनीय काम गरेपछि भारतीय गाउँमा गएर लुक्दा पक्राउ गर्न समस्या पर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवतmा डिएसपी माधवराज खरेल खुला सीमाका कारण यता (वारि) अपराध गरेर उता (पारि भारत) भाग्न सजिलो भएको छ । ‘घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा आरोपित फरार भैसकेका हुन्छन,  उनी भन्छन, ‘सीमा पार गरेपछि हामीलाई सुराक पाउन अप्ठेरो र आरोपितलाई लुक्न सजिलो हुन्छ ।  आरोपित उता भारतमा निर्धक्क घुमफिर गरेको थाहा पाए पनि समातेर ल्याउन कानुनी रुपमा सहज छैन् । यही कानुनी जटिलता को फाइदा उठाउँदै नेपाली भूमिमा अपराध गरेको व्यक्तिले भारत गएर ‘सेल्टर  लिने गरेको प्रहरी अधिकारी बताएँछन् । यसैगरी भारतीय भूमिमा अपराध गरेर नेपाल आएर लुक्ने प्रवृत्ति पनि छ । ‘खुला सिमानाले अपराधीलाई वारिबाट भागेर पारि तथा पारिबाट भागेर वारि आई लुक्न सजिलो भएको छ । सीमाक्षेत्रमा हुने आपराधका घटना रोक्न दुवैतर्फका सुरक्षाकर्मीको समन्वय आवश्यक पर्छ,  खरेल भन्छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक डिएसपी राजेश थापाका अनुसार नेपाली भूमिमा अपराध गरेर भारत गई लुक्ने र भारतमा अपराध गरेलगत्तै नेपाल आएर लुक्ने प्रवृत्तिले आरोपितरअभियुक्तलाई पक्राउ गर्न अप्ठेरो परेको छ । विभिन्न घटनाका आरोपितको विवरण पत्ता लागे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यसको कारण हो–खुला सीमाक्षेत्र र भारतीय सुरक्षाकर्मीको भरपुर सहयोगको अभाव ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाबीचे नातासम्बन्ध छ । यो सम्बन्धलाई कतिपय अपराधीले दुरुपयोग गर्दै आएका छन् । अपराधीले नातेदारका घर लाई आश्रयस्थल बनाउँछन् । ‘नेपाली सीमागाउँ–सहरका अधिकांश मानिसको नाता सम्बन्ध सीमावर्ती भारतीयसँग जोडिएको छ । भारतीय सीमावर्ती गाउँ–सहरका मानिसको नाता सम्बन्ध नेपालका सीमावर्ती गाउँ–सहरका मानिससँग जोडिए को छ । नातासम्बन्धको यही आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ, सीमावर्ती बरियारपट्टीका दवेन्द्र यादवले भने । दुवैतिरका अपराधीले दसगजा क्षेत्रका नाता–कुटुम्बकहाँ आश्रय लिने उनको भनाइ छ ।
‘वारि (नेपाल) मा अपराध गरेको केही घन्टामै पारि (भारत) ‘सेल्टर  मा पुगिहाल्छन, उताबाट अपराध गरेर केही समयमै लुक्न नेपाल आइहाल्छन्,  यादव भन्छन् । सीमा काटेपछि अपराधीले आफू लाई सुरक्षित ठान्छन् । ‘नेपालका प्रहरीले पारि (भारत) गएर सहजै अपराधी÷आरोपितलाई पक्राउ गर्न मिल्दैन, यसका लागि कानुनी रित पूरा गर्नुपर्छ । भारतका प्रहरी लाई पनि यही जटिलता छ । यही कानुनी जटिलताले सीमावर्ती क्षेत्रमा अपराधीलाई नियन्त्रणमा लिन समस्या छ,  यादव थप्छन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीका प्रहरी निरक्षक रविभूषण यादवले भने, ‘नेपालमा अपराध गरेकोे केहीबेरमै लुक्न पारि भारत जान्छन् । पारि भारतका अपराधी पनि यस्तै गर्छन, लुक्न नेपाल आउँछन् । यसले गर्दा अपराधी समात्न गाह्रो भएको छ । 
आरोपित तत्काल पक्राउ नपर्दा झन्झट जघन्य अपराधका आरोपितरअभियुक्त तत्काल पक्राउ परे प्रहरीले अनुसन्धान बलियो बनाउन थप तथ्य–प्रमाण जुटाउन सक्छ । मिसिलमा प्रहरीले जति बलियो प्रमाण जुटाउन सक्यो पीडितलाई न्याय दिलाउन त्यति नै सजिलो हुन्छ । तर पक्राउ नपर्दा अनुसन्धान र प्रमाण जुटाउन समस्या हुन्छ । ‘पक्राउ गर्न जति ढिलो भयो पीडितलाई होस्टायल गराउने सम्भावना उति नै बढी हुन्छ । यसबाट पीडितलाई न्याय दिलाउन असहज हुन्छ,  डिएसपी थापाले भने ।
सुपुर्दगी सन्धि कार्यान्वयन नहुँदा भारतमा गएर लुकेका अभियुक्त÷आरोपित पक्राउ गर्न अप्ठेरो भएको सुरक्षा अधिकारी को अनुभव छ । अहिले पारस्परिक सम्बन्धका आधारमा नेपालबाट भारतीय अपराधी र भारतबाट नेपालका अपराधी पक्राउ गरेर ल्याइरहेको अवस्था छ । ‘सुपुर्दगी सन्धि भए कानुनी रुपमै पारि र वारिका अपराधी पक्राउ गर्न सजिलो हुन्छ,  डिएपी थापा भन्छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »