हतियार उठाउने माओवादी जनमुक्तिसेना पार्टीको निर्नय

प्रकाशित समय 11:50:00 PM
हेटौंडा, १ पुस । रन्जित गुरुङ नेतृत्वको माओवादी जनमुक्तिसेना पार्टी नेपालले हतियार उठाउने भएको छ । शुक्रबार मकवानपुर को हेटौंडा उपमहानगरपालिका १९, वस्तिपुरमा वसेको सचिवालय को वैठकबाट निर्नय लिएको हो ।
मुलुक चरम संकटमा फसेको छ । सर्वसाधारण नागरिकको जीवन बेलुनको हावा जस्तो  बन्न पुगेको छ । जतापुग्यो त्यतै हत्या, हिंसा र बलात्कारको कहिरन छ । ठगी, चोरी, तस्करी, भ्रष्टाचारी, दलित महिलाहरुमाथिको हिंसा दिनानुदिन बढदै गएको छ । यसमा सरकारको गम्भीर संलग्नता रहेको दुई दिन चलेको बैठकले निष्कर्ष निकालेको छ ।
कम्युनिस्ट नामधारी सरकारले नागरिकलाई दिएको वचन पूरा गर्न नसक्दा मुलुकलाई धराशायी पारेर अर्को “कु“ गर्ने मनसायबाट ग्रसित छ । यसका विरुद्ध देश र जनताका रक्षाकालागि फाल्गुन १ गते हतियार उठाएर दोस्रो जनयुद्धमा जाने निर्नय पार्टी बैठकले गरेको अध्यक्ष रन्जित गुरुङले वताएका छन् ।
हामी अहिले सम्म “ हेर र पर्ख“ को स्थितिमा थियौ । यो दुई तिहाईको सरकारले केही गर्लान कि भन्ने प्रभाव सबैतिर परेकै हो । तर वर्ष दिन नपुग्दै नागिं सक्यो । सरकारले समृद्धिको गुलियो नारा चोरेर ठूलो बन्न खोज्यो तर त्यो सपना पूरा हुन सकेन । त्यसैले सरकार आफ्नो असफल्तता लाई ढाकछोप गर्न नौटंकी र दुसहासिक कार्यकमा लागेको छ । यसको मारमा सर्वसाधारण नागरिक परेको छ । अब देश र जनताको अन्तिम विकल्प हामी र हाम्रो पार्टी मात्र रहेकाले जसरी राजतन्त्र फाल्न र गणतन्त्र ल्याउन जन मुक्तिसेनाको अग्रिम भूमिका रह्यो त्यसरी नै बाँकी विकल्प र सपना सकार पार्न हाम्रो पार्टी अघि बढी सकेको गुरुङले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »