मुद्दैमुद्दामा बित्यो एक वर्ष

प्रकाशित समय 11:59:00 PM
मिथिलेश यादव
सिरहा । २३ असोजमा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको ना १ झ १६३९ जिपमा अन्धाधुन्ध घरेलु हतियार प्रहार भयो । अगाडिको सिसा नफुटेकाले मात्रै अगाडि सिटमा बसेका मेयर पासवान जोगिए । एक वर्षदेखि जारी केन्द्र विवाद टुंग्याउन बोलाएको विशेष नगरसभामा सहभागी भएर घर फर्किदैं गर्दा आक्रमणमा परेका मेयर पासवान ज्यान रक्षाका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा सुरक्षित हुन पुगे  । आफूमाथि आक्रमण गर्ने समूहलाई पक्राउ नगरेपछि मेयर पासवानले कर्जन्हामा पत्रकार सम्मेलन गरी दुःख पोखे । आफूमाथि ज्यान मार्ने मनसायबाट भएकोे आक्रमण घटना अनुसन्धानमा प्रहरी गम्भीर नभएको उनको गुनासो छ ।
सुरक्षाकर्मीको उपस्थितिमा हमला हुँदा पनि सुरक्षा अधिकारी हरू चुपचाप बस्नु विडम्बना भएको उनको टिप्पणी थियो । आफूलाई भगवान्ले जोगाएको भन्दै उनी भक्कानिए । आक्रमण कारीहरू प्रस्ट भइसक्दा पनि कानुनी कारबाहीको दायरामा नआउनुले आफू असुरक्षित महसुस गरिरहेको उनले पीडा सुनाए । उनीमाथि भएको यो पहिलो हमला थिएन । एक वर्षदेखि सहकर्मी जनप्रतिनिधि बाट अवरोध खेप्दै आइरहेको उनको दाबी छ ।
 आक्रमणकारीहरू प्रस्ट भइ सक्दा पनि कानुनी कारबाहीको दायरामा नआउनुले आफू असुरक्षित महसुस गरिरहेको मेयर गंगा पासवालने बताए  । उनीमाथि भएको यो पहिलो हमला थिएन । एक वर्षदेखि सहकर्मी जन प्रतिनिधिबाट अवरोध खेप्दै आइ रहेको मेयर पासवानको दाबी छ ।
‘२५ असारमा नगर कार्यपालिका को कार्यालय बगहामा आगजनी भयो । आगजनी घटनामा संलग्न अझै प्रहरीले पक्राउ गरी कारबाही गर्न सकेको छैन । बगहा जहाँ अहिले पनि नगर कार्यपालिकाको कार्यलय छ, त्यही भवनमा आगजनी गरी मलाई घटनामा मुछ्न खोजियो,  उनले भने । तर, घटना घामजस्तै छर्लंग भएकाले म जोगिएँ । 
कर्जन्हा नगरकार्यपालिकाको कार्यालय(केन्द्र) सार्ने विषयमा विशेष नगरसभा बोलाइएको थियो । केन्द्र हालकै स्थान बगहामा केन्द्र रहने कि कर्जन्हा बजार सार्ने विषयमा अस्ताक्षर संकलन भएको थियो  । कुल ५९ नगरसभा सदस्य रहेकोमा ५३ जनाले हस्ताक्षर गरेका थिए  । जसमध्ये हालकै स्थान बगहामा केन्द्र रहनुपर्नेमा २४ जना र सार्नुपर्नेमा २९ जनाले हस्ताक्षर गरेको मेयर पासवानले बताए  । सभामा दुई तिहाइ नगरसभा सदस्यको हस्ताक्षर भए प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई केन्द्र सार्न हस्ताक्षर पठाउने योजना थियो  । तर, दुईतिहाइ हस्ताक्षर नपुगेपछि केन्द्र सार्ने विषय अनिर्णित बन्यो ।
यसरी सुरु भयो केन्द्र विवाद भौतिक पूर्वाधार अभावका कारण कर्जन्हा नगरपालिका कार्यालय कर्जन्हा बजारको भाडा घरमा सञ्चालन भइरहेको थियो  । राजपत्रमा यस नरपालिकाको केन्द्र बगहा तोकिएको छ  । नगर कार्यपालिकाको कामकाज भाडाको घरबाट सञ्चालन गर्न थालेपछि गत वर्ष स्थानीय वागबहादुर दनुवार र ओमप्रकाश महतोले नगर कार्यपालिकाविरुद्ध अदालतमा निवेदन हाले । निवेदनउपर आदेश गर्दै उच्च अदालत राजविराजले राजपत्रमा उल्लेखितबाहेक अन्यत्र केन्द्र राखेर कामकाज नगर्न÷नगराउन अन्तरिम आदेश दियो । अदालतको आदेशपछि नगर कार्यपालिकाको सम्पूर्ण कामकाज बगाहामै फिर्ता भयो ।
कर्जन्हा गाउँपालिका हुँदा बगहा गाउँस्थित गाविस भवनमा केन्द्र थियो  । ०७४ साल जेठ ११ गते यो गाउँसहितका गाउँ गाभेर नगरपालिका घोषणा भयो  । स्थानीय तह निर्वाचन पनि यही कार्यालयबाट सम्पन्न भयो  । ‘तर, यहाँ कार्यालय सञ्चालनका लागि पूर्वाधार अभाव भएपछि गाउँ कार्यपालिकाको पहिलो बैठकले भाडाको भवनमा नगरपालिकाको कामकाज गर्ने निर्णय भयो , उनले भने ।
पासवानका अनुसार बगहास्थित तीनकोठे भवनमा नगरपालिकाका १२ शाखा र ३६ उपशाखा सञ्चालन गर्न गाह्रो भएपछि कार्यपालिकाको निर्णयबाट काम काम गर्ने स्थान विभाजन गरिएको थियो ।
केन्द्र विवादका कारण पटकपटक यहाँ घटना भइरहे  । सोही कारण गत वर्ष धेरै योजना का काम हुन नसकेको उनले बताए  । ‘हामीले नगरपालिकाको केन्द्र सारेका थिएनौं , मेयर पासवानले भने, ‘आफ्नो भवन नबनेसम्म भाडाको भवनमा कार्यालय सञ्चालन गर्ने निर्णय मात्र गरेका थियौं । 
दलितको नेतृत्व पचेन दलित वर्गबाट जिल्लामा पहिलोपटक स्थानीय सरकारको नेतृत्व गर्दा धेरैलाई नपचेको मेयर पासवानको भनाइ छ  । सबै मिलेर आफूलाई असफल पार्न खोजेको उनले जिकिर गरे  । वर्ष दिन बितिसक्दा पनि अझै केन्द्रको सुल्झिन सकेको छैन  । जसका कारण विकासका कामकाज ठप्प प्रायः बनेको छ  । बजेट तथा योजना निर्माणका कामसमेत प्रभावित भएको छ ।
मेयरको प्रस्ताव कर्जन्हामा केन्द्र राख्नुपर्छ भन्ने छ  । पूर्वपश्चिम राजमार्ग वरिपरिका वडा १ देखि ६ सम्मका अध्यक्षले बगहा गाउँमै केन्द्र रहनुपर्ने अडान लिएका छन्  । कर्जन्हा नगर पालिका ११ बगहा यो नगर पालिकाका बहुसंख्यक बासिन्दा बसोवास गर्ने केन्द्र भएकोले नगर कार्यपालिकाको केन्द्र पनि यही रहनुपर्ने उपमेयर ज्ञानु श्रेष्ठले अडान राख्दै आएकी छन् ।
मेयर पासवानका अनुसार केन्द्र सार्ने विषयलाई थाती राखी सबै मिलेर चालू आर्थिक वर्षको विकास बजेट सदुपयोग गर्र्नुपर्ने आग्रह गरेको छ  । ‘दोस्रो नगर सभाबाट पारित योजना सहज ढंगले सदुपयोग गर्न विकासमुखी वातावरण बनाएर अघि बढ्न उपमेयर पक्षलाई उनको आग्रह छ  । म र उपमेयर एउटै पार्टी (नेकपा) का छौं, तर उहाँले मेरो नेतृत्व पचाउनै सक्नुभएको छैन,  मेयर पासवानले भने  । समस्या केन्द्र बगहा रहने कि कर्जन्हा भन्नेमा नभएर दलित मेयरको नेतृत्व कसरी स्वीकार गर्नेमा रहेको उनको भनाइ छ  । ‘म मेयरमा जितेर पनि हारे सरह नै छु,  उनले भने, ‘कारण मलाई मुद्दैमुद्दामा अल्झाएर काम गर्न दिइएको छैन  । हामी माथि हमला हुँदा न प्रहरीले सुन्छ न त दलका नेता नै सुन्न तयार छन् । 
एक वर्षदेखि एकपछि अर्को लफडामा पारिँदै आएका मेयर पासवान अहिले उकुसमुकसको पीडा खप्दैछन्  । मेयरलाई धर्काउने त सामान्य मैहाल्यो यतिसम्म कि मेयरकै पार्टी समर्थित महिला वडाध्यक्षलाई सम्पत्ति विवरण पेस गर्न भनी सही गराएर मेयरविरुद्ध मुद्दा हाल्न लगाइयो  । जब उनले यो रहस्य खोलिन् त्यसपछि ती महिला वडा अध्यक्षमाथि हातपातै भएको मेयर पासवानले सुनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »