व्यवसायीहरुस“ग हात्तेमालो गर्न हामी तत्पर छौं ः नगर प्रमुख साह

प्रकाशित समय 8:36:00 PM
सिरहा । व्यवसायीहरुसँग  नगर विकासको लाग हात्ते मालोगर्न आफू तत्पर रहेको गोलबजार नगरपालीकाका प्रमुख देवनाथ साहले बताएको छ । उद्योग व्यापार संघ गोलबजारका नव निर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रमको अवसरमा  नगर प्रमुख साहले गोलबजार क्षेत्रका व्यवसायलाई व्यवस्थित, मर्यादित र नगरक्षेत्रको विकासमा व्यवसायीहरुको पनि उत्तिकै योगदान रहने हुँदा हात्तेमालो गर्न आफू तयार रहेको बताएका हुन् । 
गोलबजार नगरपालीका विस्तारै सहरी करणको दिशामा तिव्रगतिमा बढिरहेकोले यसलाई अहिले देखिनै व्यवस्थित गर्दै जानुपर्ने नगरप्रमुख साहले बताए । साहले  गोलबजार नगरपालीका मा अहिले विकासका धेरै सम्भावना भएकाले विकासको काममा सवैको साथ सहयोगको जरुरी रहको भन्दै व्यसायहिरुलाई पनि यसमा लागिपर्न अनुरोध गरे । 
नगरप्रमुख साहले आफ्नै पालामा नगर समृद्ध र सुखि नगर वासी बनाउने अभियन सफल बनाउने चाहाना भएको बताउँदै त्यसको लागि सवैक्षेत्रले आ आफ्नो ठाउँबाट जुट्नु जरुरी रहेको बताए । 
सोही क्रममा उद्योग व्यापार संघ गोलबजारका  नव निर्वाचित अध्यक्ष भरत अग्रवालले नगर क्षेत्रको व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने आफ्नो पहिलो जिम्मेवारी भएको बताउँदै यहाँको विकास निर्माण मा पनि व्यवसायी हरुको साथ सहयोग रहने बताए । उनले गोलबजारमा देखापरेको मुख्य समस्याहरु सार्वजनिक शौचालय को अभाव, अव्य वस्थित मोटर साइकल पार्किङ, व्यवसायीक घरभाडाको अस्वस्थ प्रतिस्पर्धा जस्ता समस्या मा नगरपालीका सँग समन्वय गरेर व्यवस्थित गर्नुपर्ने बताए । उनले त्यसको लागि उद्योग व्यापार संघ गोलबजार नगरपालीकासँग समन्वय र सहकार्यको लागि जहिलेपनि तयार रहेने बताए । 
नगर उपप्रमुख रेशम कुमारी थापाले व्यसायीहरुको नयाँ टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले गोलबजार नगर पालीकाले अव नयाँ व्यवसायीहरुको नेतृत्व पाएको भन्दै यसबाट आफूहरुले धेरै आस गरेको जनाए । 
अध्यक्ष अग्रवालले नगर पालीकाको बजारक्षेत्रमा ढल निकास, पार्किङ, सार्वजनिक शौचालय निर्माणसँगै अन्य विकास निर्माणको कामको लागि पनि नगरपालीकासँग आफ्नो समन्वय रहने प्रतिबद्धता जनाए । उनले बजारमा एउटै गुणस्तरका सामाग्रीहरुको फरक फरक मूल्य हुने गरेको उपभोक्ताको वेला बेलामा गुनासो आउने गरेको बताउँदै त्यस्ता समस्यापनि हामीले मिलेर समाधान गर्नु पर्ने प्रतिबद्धता जनाए । 
उद्योग व्यपार संघ, गोलबजार का महासचिव राकेश साहले गोलबजारको व्यसायीहरु अझै पनि आन्तरिक राजस्व कार्यालय का कमैचारी आउने वित्तिकै पसलै बन्द गरेर भाग्ने जस्ता समस्या रहेको भन्दै कर, खाता मिलान जस्ता विषयमा व्यापारी हरुलाई प्रशिक्षित गर्दै व्यसायलाई मर्यादिन र व्यवस्थित बनाउने व्यापार संघले पहल गर्ने बताए । उनले गोलबजारको अन्य विकासमा पनि व्यापार संघ सक्दो सहयोग गर्न तयार रहेको बताए । 
स्वागत तथा सम्मान कार्यक्रम मा गोलबजार नगर पालीका वडा नं. ३, ५ र ७ का वडा अध्यक्षहरुले पनि शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »