जागिर छाडेर गाईपालन, मासिक लाखौं आम्दानी

प्रकाशित समय 9:52:00 PM
सन्तोष यादव
सिरहा । जागिर छाडेर सिरहा मिर्चैया नगरपालिक–१० का ३३ वर्षीय अजित कर्ण गाई पालन सुरु गरेका छन् । तर देशलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले उनी जागिर छाडेर गाईपालन सुरु गरेका हुन् ।कर्णले सर्च फर कमन ग्राउण्डमा करिब तीन वर्ष जागिर गरे । पछि उनले गाई पाल्ने योजना बनाएपछि जागिर छोडेका थिए ।
जनकपुरधाम उपमहानगर पापिलका २३ स्थित बिन्हीमा ७ वर्ष अगाडी सुरु गरेको गाईपालन अहिले विस्तारको क्रममा छ । सुरुमा मात्र गाई फारममा दुई लाख लगानी गरे । करिब एक लाखमा घर बनाए । ७२ हजारमा नन्दनी नामको एउटा गाई खरिद र्गयो ।त्यसैले नाम पनि नन्दनी गाई फारम राखे । पछि लक्ष्मी नामको गाई खदिर गरे । दुबै गाई साँझ बिहान गरेर करिब ४५ लिटर दूध दिन्थ्यो । दूध चिया पसलमा बेच्न थाले । विस्तारै पुँजी बढ्दै गयो । अहिले उनको फारममा १३ गाई र १२ बाछी छन् । १० गाईले दूध दिन्छन् । साँझ बिहान गरेर करिब १ सय ३० लिटर दूध उत्पादन हुन्छ ।
बजारमा प्रतिलिटर करिब ७० रुपैयाँमा कारोबार हुन्छ । तर उनको दूध भने प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुन्छ । अजित भन्छन्,  क्वालिटीका कारण दूध महँगोमा बेच्छौं । सुरुमा ५० रुपैयाँका दरले बेचे । अहिले बढेर ९० रुपैयाँ पुगेको छ । मिसावट नगरेकै कारण दूध बेच्न कहिल्यै समस्या भएन् । उनका अनुसार सुरुमा चिया पसलमा दूध दिँदा कहिले कम लिन्थ्यो तर कहिले बढी । कम लिएपछि दूध राख्न समस्या हुन्थयो । अहिले नेपाल सरकारले चिलिङ भ्याट प्रोभाइड गरेपछि समस्या छैन । अब त १० दिनसम्म पनि बिक्री नभए दूध बिग्रिदैन ।
 बुवा भेटनरीमा काम गरेका कारण बच्चादेखि नै गाई फारम खोज्ने सोच बनाएको थिए, उनले भने,  टिम पनि बनेपछि गाई पाल्न सुरु गरेँ । पाँच जनासँगै जागिर गर्थे । सबैले जागिर छाडे । धेरै गाई फारम पुगेर रिसर्च गरेँ । त्यसपछि फारम संचालनमा ल्याएका कारण अहिले समस्या छैन । गाईले दूध दिएपनि म्यानेज गर्न नसक्दा किसान फेल खाने गरेको उनको भनाई छ । उनले गाईको हेरचाह गर्न मात्रै दुई कामदार राखेको उनले सुनाए । भने,  गोबर आफै सफा गर्छौं । तरपनि खुवाउन र सफासुघर गर्न मात्र दुई कामदार राखेका छौं । 
दुई लाख रुपैयाँबाट सुरु गरेको गाई फारमको पुँजी यतिबेला करिब डेढ करोड बढीको बनेको छ । करिब २० लाखभन्दा बढीको भौतिक संरचना नै निर्माण गरेको छ । १० महिना अगाडी नन्दनी नामको डेरी पनि संचालनमा ल्यायो । उनी भन्छन,  फारमबाट भएको आम्दानी एक रुपैयाँ पनि निकालेको छैन । भएको आम्दानीले फारम विस्तार गर्दै लगेका छौं । बल्ल डेरी पनि संचालन गर्न सफल भएका छौं । 
डेरीमा पेडा र राबडीलगायत करिब १० खालका गुणस्तरीय मिठाई उत्पादन गर्छ । सिजनमा दही पनि बनाउँछ । हाल दैनिक करिब ३ लाखको कारोबार हुने कर्णले बताए । दहीको सिजन सुरु भएपछि दैनिक ५ देखि ७ लाखको कारोबार हुने गरेको उनले बताए । पेडालाई ब्राण्ड बनाउने उनको योजना छ । अगामी दिनमा पेडा र रावडी विदेश निर्यात गर्ने योजना रहेको उनले सुनाए । भने,  पेडा अहिले यो क्षेत्रमा प्रसिद्ध भइसक्यो । 
असली पेडा चाही त विन्ही आउ  भनेर जनकपुर बजार क्षेत्रमा उनले पेडाको व्यापाक प्रचारप्रसार पनि सुरु गरिसकेको छ । अहिले उमेर पुग्ने वित्तिकै मधेसका युवा नागरिकता बनाएर खाडी मुलुक उड्छ । तर ईच्छाशक्ति भए आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिने कुराको हेक्का राख्दैन ।तर पढेलेखेका युवा अजित थोरै लगानी करेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । उनी भन्छन,  घरमै बसेर आफ्नै जग्गामा पनि सुन फलाउन सकिन्छ भन्ने कुरा मधेसका युवाहरुले बुझ्न जरुरी छ । दूध उत्पादनमा मात्र देश आत्मनिर्भर भए वर्षेनी अरबौं रुपैयाँ अन्य मुलुक जानबाट जोगिन्छ, उनल थपे ।
गाईलाई खुवाउने दाना यहाँ धेरै महँगो पाउने गरेको र स्थानीय सरकार भएदेखि कर पनि दोहोरो तिर्नु परेको उनको पीडा छ । भन्छन्,  भारतमा १२ सयमा पाउने दाना यहाँ १६ सयमा पाउँछन् । सरकारले दाना सस्तोमा उपलब्ध गराउने नीति लिन उनको सुझाव छ ।  विगतमा कर कार्यालय र घरेलुमा मात्र कर तिर्थे , उनले भने,  अहिले स्थानीय तहमा पनि कर तिर्नुपर्छ । तर सुविधा पनि केही छैन ।
स्थानीय सरकार भएपछि अब अझ सहयोग हुने विश्वास रहेको तर उल्टै दोहोरो कर तिर्न बाध्य भएको उनले गुनासो पोखेका छन् । गाई पालन र डेरी संचालन गर्ने किसानलाई प्रोत्साहन गर्न सरकारले अनुदान दिने गरेको छ । तर अनुदान प्राप्त गर्न कर्मचारी लाई कमिशन खुवाउनु परेको उनको गुनासो छ । भन्छन्,  सरकार ले दिएको अनुदान हामी समक्ष आइपुग्दा आधा भइहाल्छ । 
२५ प्रतिशत त कर्मचारीलाई कमिशन नदिए फाइल नै अगाडी नबढ्ने गरेको उनको भनाई छ । दौड्दा दौड्दै र कागजात मिलाउन नै थप २५ प्रतिशत खर्च हुन्छ र मात्र ५० प्रतिशत रकम अन्त्यमा हात लाग्ने गरेको उनले सुनाए । किसानलाई प्रोत्साहन गर्न सरकारले नीति फेरिनुपर्ने उनको माग छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »