पहाड–मधेस जोड्ने झोलुंगे पुल

प्रकाशित समय 9:44:00 PM
मिथिलेश यादव
सिरहा । धनुषाको पहाडी गाउँ मैना वत्तीबाट सिरहाको बन्दिपुर झर्न पूरै दिन खर्चनु पथ्र्यो । पहाडी बाटो हिँड्दै र कमला नदीमा गोडा चोपल्दै बन्दिपुर पुग्न झन्डै पाँच घण्टा लाग्थ्यो । संयोगले गत वर्ष कमला नदीको उत्तरबाहिनीमा झालुंगे पुल निर्माण पूरा हुनु र मैनावत्तीसम्म पैदल मार्गको ट्रयाक बन्नु एकैपटक भयो । अहिले मैनावत्तीबाट पूर्व–पश्चिम राजमार्ग्स्थित बन्दीपुर बजार एक घण्टामै पुग्न सकिन्छ । पुलले मधेस र पहाडलाई जोडेको छ ।
दैनिक उपभोग्य सामग्री खरिदका लागि राजमार्ग क्षेत्रको बजार आउन यस भेगका बासिन्दा लाई अहिले सहज भएको छ । मैनावत्तीबाट आधा घण्टा हिँडेर कमला नदीको झोलुंगे पुल पार गरेपछि टेम्पो पाइन्छ । पुलको पश्चिपट्टि टेम्पो चढेपछि आधा घण्टामै सिरहाको बन्दिपुर बजार पुगिन्छ । कमला नदीमा झोलुंगे पुल बनेपछि धनुषा, सिन्धुली र उदयपुरका पहाडी बस्ती र मधेसबीचको दूरी स्वाट्टै घटेको छ । यो पुल पहाड र मधेश जोड्ने सेतु बनेको छ ।
यसअघि सहज आवागमनको सुविधा नहुँदा बजारबाट गाउँसम्म दैनिक उपभोग्य सामग्री लैजान निकै गाह्रो थियो । पुल नहुँदा बन्दी पुरबाट चामलदेखि नुनसम्म बोकेरै गाउँ पु¥याउनुपर्ने बाध्यता मैनावत्तीका बासिन्दालाई थियो । अब यो कष्टको अन्त्य भएको छ । पुल बनेपछि मैनावत्तीसहित यस भेगका बासिन्दालाई किन मेलका लागि बजार पुग्न निकै सहज भएको छ । मैनावत्तीकी नानु दहाल भन्छिन्, ‘पुल हुँदैनथ्यो भने अहिलेजस्तो सजिलै दाल–चामल खान कहाँ पाइन्थ्यो र ?  उनका अनुसार युवा विदेशिएपछि गाउँका जमिन बाँझो छन् ।
पुल नहुँदा यहाँका बासिन्दा बजार जान बिहानै हिँड्थे । कमला नदी तरेर सिरहाको बन्दीपुर पुग्थे । साँझ चामल दालजस्ता दैनिक उपभोग्य सामान बोकेर फर्किन्थे । कमला नदीमा झोलुंगे पुल बने पछि धनुषा, सिन्धुली र उदयपुर का पहाडी बस्ती र मधेसबीचको दूरी स्वाट्टै घटेको छ । यो पुल पहाड र मधेश जोड्ने सेतु बनेको छ ।
कमला नदीमा पुल नहुँदासम्म पूर्व–उत्तर र पूर्व–दक्षिणको पहाडी क्षेत्र मधेसँग बिरानो थियो । पहाडी क्षेत्रमा सडकसम्म बनेका थिएनन् । ‘हिउँदमा त जसोतसो जिन्दगी चल्थ्यो,  दहालले भनिन्, ‘बर्खा लागेपछि त जीवनयापन गर्नै गाह्रो हुन्थ्यो ।  झोलुंगे पुल बनेपछि चिसापानी, दमार, मैनावत्ती, कुमहर, टाडी, सिर्थोली लगायतका गाउँका बासिन्दालाई बर्खामा पनि सजिलो भएको उनले बताइन् ।पुल बनेपछि कमलाको बगरमा बजार जम्न थालेको छ । उत्तर बाहिनीमा चिया–खाजा पसल देखि किरानाका खुद्रे पसलहरू थपिएका छन् । पुल भएपछि सडक पनि बन्यो । सडक भएपछि यातायातका साधनहरू पनि थपिएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिका बगहाका भोला महतोले उत्तर बाहिनीमा खुद्रे पसल गर्न थालेको एक वर्ष भयो । ‘पहिले सुनसानै हुन्थ्यो, उनले भने, ‘अहिले मध्यरात सम्मै मानिसको चहलपहल हुन्छ । चहलपहल बढेपछि व्यापार पनि बढेको उनी बताउँछन् । ‘छिट्टै यहाँ पक्की पुल बन्ने सुनेको छु । पक्की पुल बनेपछि त सवारीसाधन नै चल्छ । मधेसबाट दैनिक उपभोग्य सामान पहाडका बस्तीसम्मै पुग्छ,  उनले भने, ‘यातायातले मधेस–पहाड जोडिएपछि यहाँको व्यापार अझ बढ्छ । 
उत्तरबाहिनीबाट बन्दीपुर जान टेम्पो भाडा ७० रुपैयाँ लाग्छ । ‘हिँडेरै पुग्नुपर्ने बाध्यता थियो,  दमारका श्यामकुमार मानन्धरले भने, ‘७० रुपैयाँ तिरेर भए पनि यात्रा सहज भएको छ ।  झोलुंगे पुलतर्फ देखाउँदै उनले थपे, ‘हाम्रा लागि यो, पुल मात्र होइन, लाइफ लाइन नै हो । 
कमला नदीको उत्तरबाहिनीमा पुल नहुँदा आवतजावतमा कठि नाइ भोग्दै आएका धनुषा, सिन्धुली र उदयपुरका करिब १५ गाउँका बासिन्दाले अहिले राहत महसुर गरेका छन् । झोलुंगे पुल बनेपछि साइकल, मोटरसाइकल मा तथा पैदल यात्रा गर्नेहरूलाई बढी सुविधा भएको स्थानीय बासिन्दा बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »