जन्मेदेखि ओछ्यानमा

प्रकाशित समय 12:11:00 AM
भरत जर्घामगर
सिरहा । शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका १४ बिहीबारेकी १२ वर्षीया एक बालिका उपचार अभावमा जन्मे देखि नै ओछ्यान सुत्न बाध्य छिन ।
टाउको उठाउन नसक्दा निर्मला सिंह राजपुतकी माहिली छोरी रोजिता ओछयानमै सुतिरहन्छिन । टाउको अस्वाभाविक भए पनि राजपुत परिवारले आर्थिक अभावमा छोरीको उपचार गराउन सकेका छैनन । उपचार हुन नसक्दा रोजितालाई उनका आमा निर्मला रातदिन हेरचाहमा तल्लिन हुनुपरेको छ ।
‘जेठी छोरी सुनिता र कान्छी रचना दगुरी हिँडदा उनी पनि उठेर दगुर्न र खेल्न खोज्छिन, रोजिताका आमा निर्मलाले सुनाइन् ‘टाउको उठाउन नसक्दा उनी रूएर बस्छिन । रोजिताले दिसापिसाव ओछ्यानमै सुतेको अवस्थामा गर्ने भएकाले उनको स्याहारसुसारमै दिन बित्ने गरेकोउनले सुनाएन । सुकुम्बासी परिवारका उनीहरू बिहीबारेमा एउटा सानो काठको घरमा बस्छन । घर भएको जग्गा पनि ऐलानी हो । निर्मलाका अनुसार जन्मदा टाउको ठूलो नभए पनि जन्मेको दुई महिनापछि अस्वाभाविक रूपमा टाउको बढेको हो ।
निर्मलाका पति सञ्जयले दिल्लीमा मजदुरी गरेर पठाएको रकमले उनीहरूको गुजारा जसोतसो चलेको छ । ‘पति दिल्लीमा मजदुरी गर्छन, वर्षमा १५÷१६ हजार लिएर आउँछन, त्यही रकमले तीन छोरी र आफ्नो लालनपालन गर्नुपरेको छ,  उनले दुखेसो गरिन् ‘छोरीकोउपचार कहाँबाट गर्नु, उपचार गर्नपाएको भए हिँड्न सक्ने हुन्थिन कि भन्ने आशा छ नि । 
छोरीले हिँड्न सक्ने कहिले हुन्छु मम्मी भन्दा निर्मला भक्कानिरहन्छिन । ‘सवै कुरा बोल्छिन । रेडियोमा गीत आउँदा रेडियासँगै गीत गाएर हात हल्लाई बस्छिन, निर्मलाले भनिन, ‘नाच्न खोज्छिन् तर नसक्दा घरीघरी रून्छिन । ‘छोरीको अवस्था दिन भरि टुलुटुलु हेरेर बस्न बाहेक केही उपाय छैन, निर्मलाले भनिन, ‘गरिवलाई हजुर दैवले पनि दुस्ख दिदो रहेछ, दैव पनि कति निष्ठुरी गरिवलाई नै सताउँदोरहेछ ।  पिठो चामल किनेर छाक टार्छन । जेठी छोरी सुनिता र कान्छी रचना विद्यालय जाँदा रोजिताले पढ्न मन गर्छिन ।
बिहीबारे पुग्ने जोकोही रोजिता को अवस्था देखेर उपचारमा सहयोग गर्ने बताए पनि कसैले अहिलेसम्म सहयोग नगरेको उनले सुनाइन । बाटो हिँड्नेलाई काका, दादा, मामा, काकी भनेर रोजिताले बोलाउँदा छोरीको साहै्र पीर लाग्ने गरेको निर्मलाले सुनाइन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »