सिरहा, २४ मंसिर । सशस्त्र प्रहरी व्यस क्याम्प गोलबजारले भन्सार छलेर ल्याईरहेको ५४ हजार मूल्य बराबरको विभिन्न सामाग्री बरामद गरेको छ । चोहर्वा सिरहा सडकखण्ड अन्तर्गत नरहा ३ पानबारीबाट आइतबार विहान ढक तराजी पाँच सेट, विद्युतिय स्वीच, बल्व, पेन्ट, घण्टी लगाएत ५४ हजार दुई सय ३० रुपैयाँ मूल्य बरावरको भन्सार छलेर नेपालतर्फ ल्याईरहेको सामाग्री बरामद गरेको क्याम्पका इन्सपेक्टर गणेश दत्त पाण्डेयले जानकारी दिए ।
दक्षिणबाट उत्तर आईरहेको मोटरसाइलमा रहेकाव्यक्तिले प्रहरीलाई देखेर सामाग्री फालेर भागेको प्रहरीले जनाएको छ । बरामद गरेको सामग्री जिल्ला भन्सार कार्याल माडरलाई बुझाएको प्रहरीले जनाएको छ ।
