स्थानीय सरकारले जगायो आशा उज्यालि“दै ग्रामीण बस्ती

प्रकाशित समय 12:22:00 AM
मिथिलेश यादव
सिरहा  । बरियारपट्टी गाउँपालिका –३ बलुवाटोलका ७२ वर्षीय सत्यलाल यादवले एक वर्षअघि मात्र गाउँमा बिजुली देखे । उनले आफ्नो गाउँमा बिजुली आउला भन्ने कहिल्यै कल्पनै गरेका थिएनन् । गत वर्ष कात्तिकमा गाउँ मा पहिलोपल्ट बिजुली पुग्दा रात भर अनिँदो बसेर हेरिरहे । ‘टुकी बाल्दै यतिका वर्ष बिताइयो, पहिलोपल्ट बिजुली बलेको दिन रातभर निदाउनै सकिएन, हेरिरहें,  उनलेले त्यो दिन सम्मmँदै भने, ‘अहिले बलुवाटोलका करिब १ हजार घरधुरीमा बिजुली पुगेको छ । 
बरियारपट्टी–१ गरगमा गाउँका ७५ वर्षीय भूपनारायण यादवले पनि गाउँमा बिजुली बल्ला भन्ने आशा मारिसकेका थिए । प्रत्येक चुनावमा उम्मेदवारको आकर्षक ‘उज्यालो  नाराले उनी आजित भइसकेका थिए । प्रत्येक चुनावमा नेताहरू उज्यालो दिने सपना बाँडेर भोट लिन्थे,  उनले भने, ‘हाम्रो भोटले नेताहरूको भविष्य उज्यालियो, गाउँ ज्यूँका त्यूँ रह्यो ।  उनका अनुसार स्थानीय तहको चुनावमा भने उम्मेदवारहरूले गाउँ उज्यालो बनाइदिने भनी देखाएको सपना जितेपछि साकार पारिदिए । ‘स्थानीय सरकारले उज्यालो मा रमाउने हाम्रो दशकौंको सपना पूरा गरिदिएको छ, यादवले भने । पहिलो संविधान सभा चुनावअघि भारतीय दूतावासको सहयोगमा एक नेताले यो गाउँमा बिजुलीका खम्बा गाड्ने काम गरेको स्थानीय बताउँछन् । पहिलो संविधानसभा निर्वाचनताका पनि गाउँ उज्यालो बनाइदिने नारा खुबै बिक्यो । लोकप्रिय नारा भजाएर त्यतिबेला चुनाव जितेका नेताहरू गाउँ फर्केनन् । उनीहरूले देखाएका सपना सपनामै सीमित रहे । दोस्रो संविधानसभा निर्वाचनका बेला पनि उही नारा अघि सारेर नेताहरू ले चुनाव जिते । त्यसतबेला पनि प्रतिबद्धता पूरा भएन ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भने नेताहरूले पुरानै नारा अलि फरक ढंगले घन्काए– हम गाममे बिजली लाइबेक छोरब (म गाउँमा बिजुली ल्याएरै छाड्छु) । गाउँपालिकाका अध्यक्ष सन्तोष साहले गाउँमा बिजुली बाल्ने प्रतिबद्धता पूरा गरेर गरगमा गाउँलाई उज्यालो बनाएको स्थानीय बताउँछन् । गाउँमा बिजुली नहुँदा हुनेखाने स्थानीय सोलार प्लेट जडान गरी घर उज्यालो बनाउथे । हुँदा खानेहरू टुकी बालेरै काम चलाउँथे । गत वर्ष माघमा गाउँमा बिजुली आएपछि पाँच सय घरधुरी उज्याला भएका छन् ।
उक्त गाउँमा बिजुली नहुँदा कुटानीपिसानीका लागि स्थानीय मिल भएको टाढाको गाउँ लहरनिया पुग्नुपथ्र्यो । गोरुगाडामा त्यहाँ पुगेर फर्किन दिनभरि लाग्थ्यो स्थानीय बैजनाथ यादवले भने, ‘बिजुली आएपछि गाउँमै मिल बन्दा दैनिकी सहज भएको छ ।  बिजुलीले बस्तीमात्र होइन, खेतखलिहान पनि उज्यालिएको छ । सिँचाइ अभावले बन्जर बनेका जमिनहरूमा हरियाली देखिन थालेपछि किसानहरू पनि खेतीपातीतर्फ हौसिएका छन् ।
सहजता थपिँदै ग्रामीण बस्तीमा बिजुलीको सुविधा पुगेपछि किसानहरुको मुहार उज्यालिएको छ । सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टी का ८२ वर्षीय रासलाल यादवको बुझाइमा यस भेगका किसानको महŒवपूर्ण आवश्यकता थियो– सिँचाइ । सिँचाइको भरपर्दो व्यवस्था नभइदिँदा प्रशस्त अन्नबाली कल्पनाको मात्र विषय हुन्थ्यो । रासलालका अनुसार बिजुली आएसँगै सिँचाइको व्यवस्था भएपछि पहिलापहिला जस्तै खेतमा बहुअन्न उब्जाउन सकिने वातावरण बन्दै जान थालेको छ ।
स्थानीयका अनुसार दुई दशक अघि सिँचाइ सहज हुँदा धान, गहुँ, दलहन, तोरी, चना घरमा भित्रिन्थ्यो । बिस्तारै सिँचाइ सुविधा कम हुँदै जाँदा खेतीका नाममा धान र गहुँ मात्र लगाउन थालियो । झन् पछि हुँदै गएपछि धान र गहुँ खेती गर्ने परम्परा पनि बिस्तारै सुक्दै गएको उनीहरू बताउँछन् । अन्ततः त्यहाँ अन्न किनेरै खानुपर्ने परिस्थिति सिर्जना भयो ।
यसै गाउँपालिका–१ कचनारी मुसहरी टोलका फकिर सदाय –मुसहर) विगतमा बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइने गरेको बताउँछन् । ‘अहिले त धान रोप्ने र काट्नेबाहेक १० महिना बेरोजगार बस्नुपर्छ,  उनले भने । तराईको खेती धान बालीमा मात्रै खुम्चिएपछि उनको रोजगारी पनि साँघुरिएको हो । मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा साँघुरिन पुग्दा किसानीमा आश्रित फकिरजस्ता धेरै कृषि मजदुर बेरोजगार भएका हुन् । कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र भारततर्फ जानुपर्ने बाध्यता आइलागेको छ । सरकारले ग्रामीण किसानको आवश्यकता सिँचाइमा भन्दा सडकमा धेरै लगानी गरेकोप्रति स्थानीयले ‘पेटमे नहिए आ सिंहमे तेल –भोक मेट्नेतर्फ ध्यान नदिएर निर्माणमा बढी लगानी)  भन्दै व्यंग्य गर्ने गरेका छन् । सिँचाइको असुविधा, मलखादको असहजता ले यहाँका किसान बाली लगाउन हच्किँदै छन् । केन्द्र सरकार ग्रामीण किसानको पीडाप्रति सोचेजस्तो गम्भीर नभएको किसान राजेन्द्र यादव बताउँछन् । ‘अब स्थानीय सरकार ग्रामीण किसानको पीडामा मलम लगाउला कि,  उनले भने, ‘गाउँ पालिकाको मुखिया किसानकै छोरा बनेको छ, अब यस भेगका किसानलाई सहुलियत मिल्ने भरोसा छ । 
किसानका मर्कालाई ध्यानमा राखेर यस गाउँपालिकाले आफना पाँचैवटा वडालाई समेट्नेगरी खोक्सी जानकी नगर, तेनुवापट्टी, जिझौल, गरगमा, कचनारी टोलमा कृषि विद्युतीकरण गर्दै छ । गाउँपालिका अध्यक्ष साहले भने, ‘सिँचाइको सुविधा नपुगेका सबै ठाउँमा कृषि विद्युतीकरणमार्फत सिँचाइ सुविधा पु¥याउने काम भइरहेको छ ।  अहिलेसम्म सम्पन्न भएको योजनाले करिब ७ सय बिघा खेतमा सिँचाइको सुविधा पु¥याइसकेको उनले बताए । खेतखेतमा बिजुलीको सुविधा पुगेपछि किसानहरू विद्युत् मिटर लिएर मोटरमार्फत खेत सिँचाइ गरिरहेका छन् । यसले अन्न उत्पादन मात्र बढाएको छैन, किसानलाई बहुबाली लगाउने अवसरसमेत जुराएको छ ।
सडक सञ्जालले पनि खुसी दिलायो साबिकको २२ वटा गाउँ मिलेर बनेको छ– बरियारपट्टी गाउँपालिका । यहाँ अहिले पाँचवटा वडा छन् । पहुँचमार्गको अभावले यहाँका जनता धेरै वर्ष पिरोलिए । एक वडाबाट अर्को वडा पुग्न, वडाबाट गाउँ कार्यपालिकाको कार्यालय पुग्न ठूलै समस्या थियो । बस्तीको डगर–गोरेटो बाटो) हिउँदमा धुलाम्मे हुन्थे, वर्षामा हिलामे । बरियारपाट्टी गाउँपालिका–१ कचनारी मुसहरी टोल वर्षामा चारैतिरबाट थुनिन्थ्यो । बस्तीकी तेतरी सदाय भन्छिन्, ‘दलित बस्तीमा पनि पक्की सडक हुन्छ भने कल्पना पनि गरेकी थिइनँ ।  पक्की सडक निर्माणले बस्तीमा खुसी छाएको उनले बताइन् । ‘खेतखेतमा सडक पुगेकाले हामीलाई सजिलो भएको छ,  सदायले भनिन् ।
कृषि सडक निर्माणले किसानलाई सुविधा दिएको छ । मजदुर भेट्टाउन सुस्किल भएका ले उपकरणको प्रयोग अनिवार्य बनेको छ । ‘सडकको पहुँचसँगै उपकरणहरू खेतसम्मै पुगेको छ,  स्थानीय किसान दीपेन्द्र यादवले भने, ‘सडकको सुविधा भएपछि धेरै काम खेतमै सम्भव भएको छ । ट्र्याक्टर, थ्रेसर खेतसम्म पुगेपछि थोरै मजदुरले पनि बालीनाली व्यवस्थापन गर्न सकिने भएको उनले बताए ।
बरबरियापट्टीका अध्यक्ष साहका अनुसार पछिल्ला दुई दशक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाकै आन्दोलन र विद्रोहमा बिते । तर, अब प्रादेशिक अभ्यास सुरु भएको छ । अब संघीयता कार्यान्वयनको चरणमा गइसकेको छ । स्थानीय तह वा प्रदेश अन्य मुद्दामा अल्झिनुभन्दा पिँधका जनताको मुहारमा उज्यालो छर्ने कार्यतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ । ‘म अहिलेसम्म गाउँपालिकामा सवारीसाधन वा विलासिताका कुनै पनि साधन खरिद वा उपभोगमा अल्झिएको छैन उनले भने, ‘ग्रामीण जनतालाई गाउँमै सरकारको अनुभूति दिलाउनमै समय खर्चिरहेको छु । 
पुल बन्ने भएपछि खुसीको सञ्चार गएको बुधबार सखुवानन्कार कट्टी गाउँपालिका–१ (लतियाही) स्थित कल्याणदह नदीमा गाउँपालिका अध्यक्ष केदार यादवले पुल शिलान्यास गरे । सहरसँग गाउँको दु्रत सम्पर्क हुने भएपछि लतियाहीसहित दक्षिणवर्ती गाउँमा खुसीको सञ्चार भएको छ । नेताको आकर्षक चुनावी नारामा सीमित यो पुलको शिलान्यासले स्थानीयमा हर्ष निम्त्याएको हो । ‘पहिला धेरै नेताले ठगे, यसपालि नेताले प्रतिबद्धता पूरा गरेका छन्,  लतियाहिका श्रीप्रसाद यादव भन्छन्, ‘चुनावका बेला पुल बनाइदिने भन्दै भोट लिएर फर्केर नआउने नेताको परिचय यसपालि फेरिएको छ । 
स्थानीय उमाशंकर यादवको नेताबारे बुझाइ थियो– नेता चुनावका बेला सपना देखाउन मात्र आउने हुन् । अब उनको विचार फेरिएको छ । उनी भन्छन्, ‘सबै नेता सपना देखाउने मात्र नहुँदा रहेछन् ।  यसपालि झूटो आश्वासन बाँड्ने र ठग्ने होइन, सपना पूरा गराउने नेता पाएको भन्दै उनी खुसी व्यक्त गरे । ‘हाम्रो सपना यो नदीमा पुल बनेको देख्नु हो,  यादवले भने, ‘पुल बनेपछि सहरसँग गाउँ जोडिन्छ, गाउँ समृद्ध हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »