लोप हुँदै ऐतिहासिक नाच

प्रकाशित समय 5:04:00 PM
भरत जर्घामगर
सिरहा । मिथिला क्षेत्रको ऐति हासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जन बढी प्राचिन लोक–नाचहरू अहि ले लोप हुने अवस्थामा पुगेका छन ।
सातौ तथा आठौं शताब्दीदेखि चलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा बिकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सित वसन्त, राजा सलहेश, जंगली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर फूल, अल्लाहा रुदल जस्ता प्राचिन लोकप्रिय नाचहरू अचेल लोप भएका छन ।
यस्तै मिथिला क्षेत्रमा अति लोकप्रिय रहेका दिनाराम दिनाभद्री, सति बिहला, दुलहा दयाल सिंह, विषहरा, राजा हरिचन्द्र जस्ता नाचहरू लोप भएका छन । वर्षौंदेखि जंगली बादशाह कम्पनीमा काम गर्दै आएका सप्तरी पोखरीयाका रामचन्द्र पासवानले नाचबाट नै कमाएर परिवारलाई पाल्दै आएका थिए । तर अचेल नाचको माग घटन थालेपछि पासवान अरुको घरमा मजदुरी गरी परिवार पाल्न बाध्य छन ।
नाच कम्पनीहरू बन्द हुँदा यसमा आवद्ध कलाकारहरू रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन । ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका नाचहरू बढ्दो महँगी, सिडिक्यासेटले प्रभावित भएको पासवान बताएँछन ।
सिरहा १ का ५२ वर्षीय सैनी पासवान मिथिला क्षेत्रको ऐति हासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको चौधौं शताव्दीका प्रतापी ‘राजा सलहेश  को पोसाकमा सजिएर स्टेजमा उत्रदा दर्शकले प्रतापी राजा सलहेश नै हो भन्न बाध्य हुन्थे र दशर्कले तालीको गुन्जनले स्वागत गर्थेरु। ३१ वर्षे नाट्य अभिनय यात्रामा दर्शकको स्वागत नै उनको अभिनय यात्राको निरन्तरता थियो । तर अहिले लोक–नाचप्रति दर्शकको रुचि नभएको उनी सुनाउँछन ।
सैनीसहित २० जना आबद्ध नव युवक थ्रेटिकल नाच पार्टीले लोक–नाचहरूमा राजा सलहेश को वर्णन र गीत अनि लोकगाथा मा उनका पराक्रमको वर्णन गरेर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल थिएरु। उनको नाच पार्टीले महि नैभरि सिरहा, सप्तरी, महोत्तरी, धनुषा, भारतको विहार लगायत का क्षेत्रमा ‘राजा सलहेस  को लोकगाथाको नाटकको माध्यम बाट वर्णन गरिसकेका छन ।
‘मिथिला संस्कृतिका लोक गाथाका नाचहरूको गाउँघरमा माग छैन,  उनले भने, ‘त्यही भएर कलाकारहरू रोजगारीका लागि कतिपय विदेश हानिएका छन्रु।  उनका अनुसार अहिले पनि सलहेस नवयुवक थ्रेटिकल नाच पार्टीमा बाध्य वाधनका सम्पूर्ण सामग्री लगायत पोसाकसहित एक लाख बराबरको भौतिक सामग्री छन । उनको टोलीले एक रात नाटक देखाएबापत ४० हजाररुपैयाँ पाउँथे ।
महिनामा नाटक देखाउन उनको टोली २० दिन सिरहा, सप्तरी, महोत्तरी, धनुषा, भारतको विहारका गाउँगाउँमा हुन्थेरु। ‘अहिले पनि विवाहको समय तथा चाडबाडका अवसरमा यस्ता नाचहरू खेल्ने गरिन्छ,  उनले भने, ‘तर यस्ता लोकप्रिय तथा ऐति हासिक नाचहरूलाई राज्यपक्षबाट कुनै किसिमको संरक्षण र कालाकारहरूलाई प्रोत्साहन समेत नपाएकाले कामको खोजीमा कालाकारहरू बिदेसिएका छन्रु।  यी नाचलाई संरक्षण र जगेर्नाका लागि पनि सरकार र स्थानीय तहले बजेट दिएर कलाकारको सम्मान गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »