धान भित्र्याउन श्रमिक अभाव

प्रकाशित समय 12:27:00 AM
मजदुर अभावमा पत्नी राबमसखी र बुहारी मिलेर धान काट्न थालेका छौं ।
भरत जर्घामगर
सिरहा । रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि मुख्य बाली धान भित्र्याउने समयमा श्रमिक अभाव भएको छ ।  जसका कारण मध्य मंसिर लागिसक्दा समेत सिरहाका कृषकले धान भित्र्याउन सकेका छैनन्रु। धान कटनी र थन्क्याउने जिम्मेवारी महिला र वृद्धवृद्धाको काम बनेको छ ।
‘धान कटनी र थन्क्याउन कृषि मजदुर नै पाइँदैन,  २ बिघा जग्गा मा धान खेती गरेका सिरहा छर्रापट्टीका कृषक ५१ वर्षीय सीताराम साहले भने ‘मजदुर अभावमा पत्नी राबमसखी र बुहारी मिलेर धान काट्न थालेका छौं । उनका चार भाई छोरामध्ये जेठो आनन्द एक वर्षदेखि वैदेशिक रोजगारका लागि मलेसियामा छन् भने तीन भाइ साना छोराहरू विद्यालय जान्छन । ‘खेतीपाती जिम्मेवारी बुढ्यौली काँधमा परेको छ,  उनले भने, ‘मजदुर पाउँदा खेतीपाती गर्न सहज भए पनि मजदुर अभावले खेतीमा समस्या सुरु भएको छ ।  धान रोपाइँका बेला पनि मजदुर समस्या भोगेका उनले धान कटनी नसकेकाले हिउँदे बाली गहुँ लगाउन ढिलाइ भएको सुनाएरु।
सिरहा बथनाहाका ६९ वर्षीय गंगाराम साफी वृद्ध दम्पत्ति र बुहारीसहित धान काटिरहेका थिए । उनका दुई भाइ छोरामध्ये कान्छा रामकुमार वैदेशिक रोजगारका लागि कतारमा छन ।
मजदुर अभावमा परिवार मिलेर धान भित्र्याइरहेको गंगाराम ले सुनाए । ‘खेत बाँझै छाड्नु भएन  उनले भने ‘जसोतसो बुढ्यौली शरीरले खेतीपाती धानेका छौं, गुजाराका लागि पनि खेती नगरी धर पाइन्न ।  अर्का कृषक रामु यादव भन्छन् ‘गाउँमा युवाहरू भेटिँदैनन् अचेल, कमाउन दिल्ली बम्बई र खाडी मुलुकतर्फ लागेका छन, यही अवस्था रह्यो भने खेतीपाती छोड्नुपर्ने हुन्छ । उनले तीन बिघा जग्गामा धान खेती गरे पनि मजदुर अभावमा अहिलेसम्म २ बिघा जग्गामा लगाएको धान मात्र भित्र्याउन भ्याएका छन ।
‘मजदुर नभेट्दा खेतमा धान काट्न सकेको छैन,  उनले भने, ‘धान कटनी सके दाउनी गर्न थ्रेसर बाट अझ केही सहज भएको छरु।  अहिले ग्रामीण भेगका शिक्षित युवाहरू सुरक्षित र सरल रोजगारी का निम्ति भारतका विभिन्न सहरतिर आकर्षित छन ।
प्राय ः धेरैजसो युवाहरू आफ्नो घरमा गाईभैंसी चराउने, खेतीपाती गर्ने, हलो कोदालो गर्ने जस्ता घरायसी काम गर्न अल्छी मानेर साथीसंगतमा र केही खेतीपातीलेगुजारा गर्न मुस्किल हुने भएकाले भारत पस्ने गरेको पाइन्छ ।
पडरियाका श्याम सदाय मुसहर एक–डेढ वर्षजति भारत बसेर आयौं भने भारु ३५–४० हजार ल्याइन्छ, अनि त गाउँकै साहु भइने र साहुको ऋण बोकेर गाउँ बस्नुभन्दा त उमेर छँदै भारत पसी काम गर्नु राम्रो भएको बताउँछन्रु।
मुग्लान (भारत) पसेका अधिकांश नेपाली युवाहरूले रातको चौकीदार, होटलमा काम गर्ने, काठ कर्मी, कोइला खानीमा काम गर्ने गरेको उनले सुनाएरु। युवाहरू मुग्लान पसेकाले गाउमा आयस्रोत थप भए पनि गाउँको उब्जनी घट्दो रहेकाले कृषक मारमा परेको कृषक रामु यादवले बताए ।
उनी भन्छन् ‘बाबु पुर्खादेखि लगाइँदै आएको धानबाली समयमा लगाउन र भित्र्याउन नपाए विदेशको कमाइले मात्र थेग्न मुस्किल पर्छ ।  ‘एक दुई जनाले विदेशबाट कमाएर ल्याए पनि अरू परिवारको बाँच्ने आधार त यही खेती रहेको यादव बताउँछन ।
मौसमी अनुकूलताका कारण यस वर्ष सिरहामा धान उत्पादन बढे पनि समयमा थन्क्याउन नपाउँदा सिरहाका किसान चिन्तित छन । गतवर्षको अनुपातमा यसवर्ष जिल्लामा ५९ हजार ८ सय ५० मेट्रिक टन धान बढी उत्पादन हुने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार सिरहामा रोपाइँ भएको ७१ हजार हेक्टर धान खेतमा यस वर्ष शत प्रतिशत धान उत्पादन भएको छरु। यस वर्ष सिरहामा २ दशमलव ८५ प्रतिशत प्रति हेक्टरको दरले २ लाख २ हजार ३ सय ५० मेट्रिक टन धान उत्पादन हुने केन्द्रको दाबी छ ।
उत्पादित धान असोजको अन्तिम सातादेखि नै कृषकले भित्र्याउन थाले पनि जिल्लाका २० प्रतिशतले अझै धान थन्क्याउन सकेका छैनन्रु। जसले गर्दा हिउँदे बालीमा असर पुग्ने कृषि प्राविधिकहरूको भनाइ छरु। यसको मुख्य कारण मजदुर अभाव नै हो ।
कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष सिरहामा ५७ हजार हेक्टरमा २ दशमलव ५ प्रतिशत प्रति हेक्टरको दरले १ लाख ४२ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियोरु। यस हिसाबले जिल्लामा पोहोर सालको तुलनामा यस वर्ष ५९ हजार ८ सय ५० मेट्रिक टन धान बढी उत्पादन हुने देखिन्छ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार जिल्लामा अहिलेसम्म १ लाख १० हजार १ सय ४० जनाले राहदानी लिएका छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »