तरकारी खेतीबाट आत्मनिर्भर

प्रकाशित समय 12:32:00 AM
शम्भु यादव
सिरहा । घरको गर्जो टार्न साहू महाजनसँग ऋण वा सापटी खोज्ने सिरहाको लहान नगरपालिका २४ झुटकीका किसानको जीवन फेरिएको छ । उनीहरू तरकारी उत्पादन गर्न थालेपछि आफै ऋण र सापटी दिने अवस्थामा पुगेका छन् । केही वर्ष्भित्रै तरकारी बेचेर अधिकांश घरपरिवारले जग्गा, घर जोडेका छन् । तरकारी व्यावसायी बाट छोराछोरीको पढाइ र गुजारा चलाउँदै आएका छन् ।
विगत १५ वर्षदेखि तरकारी खेती गर्दै आएका लक्ष्मी यादवले अहिले पनि धेरैजसो समय खेतमै बिताउने गरेका छन् । उनी ६५ वर्षका पुगेका छन् । उनका दुई छोरा अशेश्वर यादव र कुशेश्वर यादवले पनि पढाइ छाडेर तरकारी खेतीलाई मुख्य पेशा बनाए । अहिले उनको खेतमा मुख्य तरकारी काउली, मिरचाई छ । परबल लगाउने कार्य जारी राखेको छ । यो सिजनमा १० कामा लगाएको काउलीखेतीबाट उनले डेढ लाख मात्रै बिक्री गरेको सुनाए ।
‘सुरुमा थोरै जमिन थियो, अरु बाली उब्जाउँदा गुजारा चलाउन मुस्किल पथ्र्यो , लक्ष्मीले भने, ‘तरकारी उब्जाउन थालेपछि आम्दानी बढ्यो । गुजारा पनि राम्रोसँग चल्न थाल्यो ।  १५ वर्षमा तरकारी उत्पादन गरेर दुई बिघा जग्गा र पक्की घर बनाएको उनले बताए । आफ्नो छोराछोरीलाई आर्थिक अवस्था कमजोर भएकाले पढाउन नसक्दा पनि तरकारीको आम्दानीले आफ्ना नातीनातिनीलाई पढाउने उनले सुनाए । उनले सिजनअनुसार मिरचाई, आलु, बोरा, परबल, काउली र भन्टा उब्जाउने गरेका छन् ।
काउली बोकेर घर फर्किदै किसानहरु । उनी जस्तै, किसान शिवदत रायले पनि यो सिजनमा एक बिघामा काउली लगाएका थिए । उनले पनि राम्रै आम्दानी तरकारीखेती बर्से्नि गरिरहेका छन् । ‘यो गाउँमा जति तरकारी उत्पादन भइरहेको छ, त्यसको अनुपात बजार नै भएन,  उनले भने, ‘किसान लाई उत्पादनमा मूल्य बढी पर्छ, तर बजार व्यवस्थापन नभएर कहिलेकाँही थोरै आम्दानीमा चित बुझाउनु पर्छ । 
किसान लगाएको तरकारीखेतीमा सरकारको लगानी शून्य देखिएको उनले सुनाए । ‘सिँचाइ र बिउ विजनमा सरकारले सहुलियत गरिदिए यहाँका किसान अझ तरकारीखेतीमा थप आकर्षित हुने थिए , उनले भने । असोज, कातिक र मंसिरमा यहाँका किसान काउलीबाट लाखौं आम्दानी गर्छन् । ‘यो वर्ष त हामी सबै जना मिलेर ३० बिघा जग्गामा काउली लगाए का थियौं,  उनले भने,‘ ८० लाख रुपैयाँको बिक्री भए होला । 
डेढ घरपरिवारको यो गाउँमा सय घरधुरीले व्यावसायिक तरकारी खेती गर्दै आएको छ । चारैतिर खहरे खोलाले घेरिएको गाउँमा सिँचाइ र खानेपानीको समस्याका यहाँका वासिन्दाले भोग्दै आएका छन् । पहिले उनीहरू मकै,कोदो उब्जाउँथ्यो त्यसपछि धान, गहुँ बाली उब्जाउन सोचे सिँचाइ अभावले त्यो पनि सम्भव नहुँदा तरकारीखेती गर्न थालेका छन् । ‘तरकारी उत्पादन गर्नलाई थोरै सिँचाइ भए पुग्छ , स्थानीय वीरेन्द्र यादवले भने, ‘गाउँमा भएको एउटा डिप टुवेल पनि बिग्रेको अवस्थामा छ, इनारमै पानी तान्ने मोटर लगाएर तरकारीखेतीमा सिँचाइ गर्दै आएका छौं । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »