लहान सिद्धार्थ बैंकले गरे वितिय साक्षरता तथा घरदैलो कार्यक्रम

प्रकाशित समय 9:21:00 PM
लहान, २२ मंसिर । लहानको सिद्धार्थ बैंकले सप्तरीमा वितिय साक्षरता तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सप्तरीको खड्क नगरपालिका ५ मेघबारी र सुरुंगा नगरपालिका ८ मलहनमामा घरदैलो सम्पन्नगरि दुई सयको हाराहरीमा गाउँलेहरु खाता खोलाएको शाखा प्रबन्धक रामप्रमोद यादवले जानकारी दिएको छ ।

नागरिकलाई सेवासुविधाको हिसावले लहान बजार नजिक पर्ने सप्तरीको पश्चिमी भागमा केहिमहिनादेखि लहानको सिद्धर्थ बैंकले सर्वसाधारणलाई बैकिग कारोबारमा पहुँच पुर्याउन आफ्नो गतिविधिहरु संचालन गर्दै आएको छ । कार्यक्रममा बैकका शाखा प्रबन्धक रामप्रमोद यादव, कर्मचाहरु रिण अधिकृत रामप्रकाश सिंह, दरोन खत्री,गौरी वराल र रिचा साहको उपस्थिति थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »