स्थानीय तहकै ठेक्काका कारण चुरे क्षेत्रबाट ढुंगा निकासी

प्रकाशित समय 8:33:00 PM
शम्भु यादव
सिरहा । सिरहाको कर्जन्हा नगरपालिका १ बन्दीपुर को चुरे क्षेत्रबाट अवैध रुपमा ढुंगा निकासी भइरहेका छन् । यस क्षेत्रमा पर्ने सिरहाका कर्जन्हा नपा र धनुषाका गणेशमान चारनाथ नगरपालिकाले ६१ लाख रुपैयाँमा कमला नदीको ठेक्का विकास निर्माण सेवालाई दिइएको थियो ।
खोलामा ढुंगा सकिएपछि अहिले चुरेक्षेत्रबाट ढुंगा निकासी भइरहेको छन् । दिनहुँ ट्याक्टरले ढुंगा ओर्सादा स्थानीय प्रशासन उदासीन देखिएका छन् । ढुंगा निकासीमा क्रसर उद्योगसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतो देखिएको स्थानीयको आरोप छ । निर्वाध रुपमा ढुंगा निकासी हुँदा पनि स्थानीय प्रशासनले कुनै रोकटोक नगरेको उनीहरु बताउँछन् । उनीहरु भन्छन,‘सबै प्रहरीसँगको मिलेमतो मा नै काम भइरहेको छ ।
बन्दीपुर आसपासको बालुवा प्रसोधन उद्योगले पनि ढुंगा ल्याउने गरेको देखिएको छ । राती–राती बढी जेसिबी लगाएर ढुंगा उत्खन्न गरिरहेको स्थानीयले बताए । कर्जन्हा नपा वडा १ का अध्यक्ष मोहन केसीका अनुसार पहिले कमला नदीको ढुंगा लग्दै थियो । तटबन्ध बनाउन यही नदीमा ढुंगा चाहिएकोले सुरु सुरुमा रोके ।
‘नदीको सबै ढुंगा तटबन्धको लागि एक ठाउँमा जम्मा गराएको छौँ, वडा अध्यक्ष केसीले भने,‘ तैपनि अहिले ढुंगा निका ल्दैछ, त्यो नदीको होइन । चुरे क्षेत्रको हो । कमला नदीको उत्तर मा पर्ने उदयपुरको सिसनेरी चुरे क्षेत्रबाट ढुंगा निकासी भइरहेको बुझिएको उनले सुनाए । ‘जथाभावी उत्खन्नले पोहोर आएको बाढीले नदी किनारमा लगाएको वन पनि कटान गरेको थियो, वडाध्यक्ष केसीले भने,‘ हामीले त्यसमा तटबन्ध गर्न नदीको ढुंगा एक ठाउँमा थुपारेर राखेका छौँ ।
अवैध उत्खन्नलाई रोक्न हामीले सक्दैनौँ । सम्बन्धित निकायको चासो पनि नदेखिएको उनले सुनाए । जथाभावी गिट्टी, बालुवा र ढुंगा उत्खन्नले वर्षेनी बाढी आउने गरेको उनले बताए । यस क्षेत्रमा पर्ने कमला नदीको ढुंगा, बालुवा, ग्राभेल, माटो र गिट्टी निकासीको ठेक्का विकास निर्माण सेवा मिर्चैयालाई कर्जन्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले ६१ लाखमा लगाएका छन् ।
यहाँका प्रशान्त बालुवा प्रशोधन उद्योगले पनि ढुंगाको कारोबार गर्दै आएको स्थानीयले बताए । यी उद्योगहरुले चुरेबाट ढुंगा उत्खन्न गरी ल्याएर निर्माण कार्यमा प्रयोग गरेको उनीहरुको भनाइ छ । कमला नदीको किनारै किनार भारतमा नदी जन्य वस्तु पु¥याउने गरेका छन् । दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधि ले वन र नदी किनारलाई गरि खाने भाडो बनाएका छन् । स्थानीयका समस्यालाई नजर अन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेको स्थानीयहरुले गुनासो गरे ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार गुनोसो बढेपछि निरिक्षण गर्न पुग्दा नगरपालिकाले ठेक्का लगाएको कागज देखायो । ‘एउटा सरकारी निकायले ठेक्का लगाएको काममा हामीले केही गर्न मिलेन, उनले भने,‘अरु निकाय पनि अवैध ढुंगा निकासी रोक्न लाग्नु पर्छ ।
‘केहीदिन पहिले कमला नदीमा कल्टी लगाएर जोतेर ढुंगा उत्खन्न गरिरहेको सूचना पाउँदा आफ्नो टोली पठाएको थियौँ,  डिभिजन वन कार्यालय लहानका प्रमुख उपेन्द्रप्रसाद पटेलले भने,‘टोली पुग्दा उत्खन्न गर्नेहरु भागाभाग भएको थियो । हामीले सके जति निगरानी बढाएका छौँ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »