गोलबजार उद्योग व्यापार संघमा अग्रवाल प्यानल विजयी

प्रकाशित समय 9:14:00 PM

सिरहा, २३ मंसिर । गोलबजार उद्योग व्यापार संघको शुक्रवार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार भरत अग्रबालको प्यानल विजयी भएका छन् । आईतबार विहान सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष मपदमा भरत अग्रबाल प्रत्यासी जिवछ साहभन्दा चार सय २६ मतान्तरले विजयी भएहा हुन् । भरत अग्रवालले नौं सय ९८ र जिवछ साहले चार सय २६ मत प्राप्त गरेका छन् । 
प्रथम उपाध्यक्षमा महेश साह सुडी, दोस्रो उपाध्यक्षमा आनन्द कुमार यादव,  महासचिवमा जिवछ साहपक्षका राजेश कुमार साहले विजय हात पारेका छन् । संघको १५ सदस्यीय कार्यसमितिमा साह पक्षबाट महासचिवमात्र विजयी भएका हुन । बाँकी सवै अग्रवाल पक्षले हात पारेको निर्वाचन अधिकृत सुरेन्द्र कुमार सिंहले जनाएको छ । 
त्यसैगरी कोषाध्यक्षमा विजय कुमार साह र सचिवमा अरुण कुमार सिंह विजयी भएका छन् । सदस्यहरुमा समृका देवी महतो, विनोद कुमार साह, कपिलदेव साह, दीपेन्द्र कुमार साह, राम सिंगार साह, हिरा यादव, अनिल लामा, दिनेश कुमार नायक र बैजनाथ शर्मा विजयी भएका छन् ।  

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »