बलात्कारीलाई कार्वाहीको माँग गर्दै धर्ना

प्रकाशित समय 9:47:00 PM
रामबाबु यादब
गोलबजार । सुखिपुर २ छजना सामूहिक बलात्कार घटनाका सवैदोसीलाई चाँडो नियन्त्रणमा लिई कडा कार्वाहीको माग गरेका छन् । दुईसाता वितिसक्दा पनि प्रहरीले दोषीको खाजी गर्न नसकेको भन्दै आक्रो शित स्थानीय र अधिकारकर्मीको समूले इलाका प्रहरी कार्यालय पतारीमा धर्ना दिएको हो ।
गाउँमा छैठको उपलक्ष्यमा नाटक (ड्रामा) भईरहेको बेला गत कात्तिक २७ गते राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षिय महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।  
मुखमा कालो पट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात रुपमा कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना साना दुटा नानीहरुमात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुने मौका छोपेर उनीहरुले मलिामाथि करनी गरेको बताए । महिलाको श्रीमान वैदेशिक रोजगारीको लागि कत्तारमा रहेकाछन् । 
मुखमा कालो छोपेर आएको भएपनि महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो । बलात्कारका संलग्नमध्ये समशुल मिया, इसराफूल मियाँ दुईजना लाई नियन्त्रणमा लिएका छ । उनीहरु दुवैजनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । दुईजना अझै फरार रहेका छन् । 
इलाका प्रहरी कार्यालय पतारी का प्रमुख इन्सपेक्टर भुषण यादवले अपराधमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको र बाँकी दुईजनाको पनि खोजी भईरहेको जनाएको छ । यता गाउँलेहरुलेभने प्रहरीले अपराधी खोजीमा चाँसो नदेखाएको बताएको छ । एक गाउँलेका अनुसार अपराधीहरुको परिवार सँग सम्पर्कमा रहेपनि प्रहरीले खोजीमा तदारुकता नदेखाएको बताए । अधिकारकर्मिहरुले बलात्कार घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने  बताए । धर्नामा अधिकारकर्मी सरोज राय, महिला अधिकारकर्मी श्याम कुमारी साहलगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »