एकै व्यक्तिको तीन वटा मृत्यु दर्ता

प्रकाशित समय 9:55:00 PM
रामबाबु यादब
सिरहा । एकै व्यक्तिको फरक फरक मितिमा मृत्यु भएको उल्लेख गरी तीन वटासम्म मृत्यु दर्ता प्रमाण पत्र बनाएको रहस्य खुलेको छ ।


सिरहाको लहान नगरपालिका हाल वडा नम्बर १२ तत्कालिन पडरिया गाविस ८ का पाूचु फनैत थारुको नाममा फरक फरक मिति उल्लेख गरी मृत्यु दर्ता प्रमाण पत्र लिएको रहस्य खुलेको हो । वडा कार्यालयको रेकर्डमा २०४७ मंसीर २४ गतेको  जारी गरेको मृत्यु दर्तामा मृतकका पत्नी जोखनी चौधरी सूचक रहेको प्रमाण पत्रमा चूनि फनैतका छोरा वर्ष ७५ को पाूचु फनैत थारुको मृत्यु २०४४ मंसिर ८ गते मृत्यु भएको उल्लेख छ । 
त्यही रेकर्डमा किशोर कुमार चौधरी सूचक भएर २०४९ वैशाख २५ को रेकर्डमा पाूचु फनैतको ७४ वर्षको उमेरमा २०४७ वैशाख १५ गते मृत्यु भएको उल्लेख छ । त्यसैगरी रेकर्डमा २०५१ चैत १७ को मितिमा पाँचु फनैतको ६५ वर्षको उमेरमा २०४४ मंसीर २ गते मृत्यु भएको उल्लेख छ ।
आफन्तका अनुसार पाँचु फनैत थारुको मृत्यु २०४४ मंसीर ८ मा भएको हो । उनकी पत्नी जोखनी सूचक रहेको २०४७  मंसीर २४ मा जारी मृत्यु दर्ता प्रमाण पत्रमात्र सही भएको परिवारजनको दाबी छ । तर पूर्व पश्चिम राजमार्ग अन्तर्गत भोटियाटोलमा पाूचु फनैत थारुको नाममा रहेको एक अरबभन्दा बढी मूल्यको ३ बिघा १९ कठा १० धुर जग्गा हडप्न भूमाफियाहरुले पाँचुको नाममा मिति फेरवदल गरी मृत्यु दर्ता प्रमाण पत्र निकालेको परिवार जनको भनाई छ । भूमाफियाले पाूचुको नामका केही जग्गा त्यही मृत्यु दर्ताको आधारमा नामसारी गरेको देखिन्छ ।
पाँचुको हकबाला कान्छा छोरा लालविहारी चौधरीको समेत विभिन्न मितिको दुई वटा मृत्यु दर्ता प्रमाण पत्र बनाएको रेकर्डमा उल्लेख छ । सूचक जोखनी थरुनी रहेको २०५८ चैत २८ मा दर्ता भएको मृत्यु दर्ता प्रमाण पत्रमा २०४७ वैशाख ३ गते मृत्यु भएको रेकर्डमा उल्लेख छ । २०५१ चैत १७ गते जारी प्रमाण पत्रमा लालविहारी चैधरीको २०४३ माघ ५ गते मृत्यु भएको उल्लेख छ । परिवाजनले लालविहारीको मृत्यु २०४७ वैशाख ३ मा भएको दाबी गरेका छन् । 
पाँच वटै मृत्यु दर्ता प्रमाण पत्र तत्कालीन पडरिया गाविसका सचिव शोभितलाल चौधरीले स्थानीय पञ्जिकाधिकारीको रुपमा सही गरेका छन् । लहान नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बद्री चौधरीले एकै व्यक्तिको फरक फरक मिति उल्लेख गरी तीन वटा मृत्यु दर्ता प्रमाण पत्र लिएको रेकर्डमा खोजी गर्दा फेला परेको जानकारी दिए । 
त्यसैगरी उनका छोरा लालविहारी को नाममा समेत फरक फरक मितिमा दुई वटा मृत्यु दर्ता प्रमाण पत्र लिएको वडा कार्यालयको रेकर्डमा देखिएपछि यो रहस्य बाहिरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए । पाँचुको नाममा भोटियाटोल चोक वरपर बहुमूल्य तीन विघाभन्दा बढी जग्गा रहेकाले पनि तीन वटा प्रमाण पत्र बनाएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रमाण पत्र जारी गर्ने तत्कालीन गाविस सचिव शोभितलाल चौधरीले कामको भीडमा त्यति खेर रेकर्ड हेर्न नपाएकाले सूचकले भरेअनुसारको मृत्यु दर्ता बनाईदिएको जानकारी दिए ।  २०६३ वैशाखमा अवकाश पाएका उनले आपूm कुनै प्रलोभन र दबाबमा नपरेको बताउूदै उनले कामको चाप भएको समयमा आपूmलाई प्रयोग गरेको हुनसक्ने बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले तीन वटा मृत्यु दर्ताको विषयमा पत्र काटिसकेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »