किर्तेगरेर हडफ्नेका सार्वजनिक जमिन फिर्ता हुन्छ ः बक्ताहरु

प्रकाशित समय 11:34:00 PM
मेनुका गौतम
सिरहा । सुकुम्वासी आयोगलाई प्रभावमा पारी किर्तेगरेर विगहौं सरकारी जमिन हड्पेकाहरुबाट कानुनी प्रकृयाबाटै फिर्तालिनुपर्ने बक्ताहरुले बताए काछन् । सिरहाको गालबजार नगर पालीका वडा नं. ९ ले आयोजना गरेको सार्वजनिक ऐलानी जग्गा बचाउ अभियान कार्यक्रमका बक्ताहरुले जसरी सुकुम्वासी आयोगलाई प्रभावमा पारेर र किर्ते गरेर गैर सुकुम्वासीहरुले सरकारी जमित दर्ता गराएकाछन्, उनीहरुविरुद्ध किर्ते जालजासी मुद्दा लगाएर भएपछि सरकारी जमिन फिता लिनु पर्ने बक्ताहरुले बताएका हुन् ।
आयोगको नीति विपरित वन, सरकारी, गौचर, तथा ऐलानी जमिनहरु  किर्ते कागजात पेस गरेर आफ्नो नाममा दर्ता गराएका हुकुम्वासीहरुको जमिन फिर्ता गराई छाड्ने गोलबजार नगरा पालीकाका मेयर देवनाथ साहले बताएका छन् । उनले आफ्नो वसोवास गर्ने जमिन भएकाहरुले जसरी आयोगलाई प्रभावमा पारेर विगहौं जमिन लिनेहरु विरुद्ध नगरले आफ्नो कार्वाही प्रकृया अगाडी बढाएको बताए । उनलेभने, ‘हामी सवै कागजातहरु खोज तलास गर्दै छौं, प्राप्त प्रमाणहरुका आधारमा कतिपयमा जग्गा दर्ता बदर कोलागि प्रकृया सुरु भईसकेको छ, भने अरु कागजात खोज्ने कामहरु पनि भईरहेको छ ।
मन्तव्यकै क्रममा नगर प्रमुख साहले यो कुनै एक व्यक्ति, संस्था भन्दा पनि हामी तपाइँ सवैको काम होभनेर लागेमात्र जग्गा फर्काउन सफल हुने पनि बताए । उनलेभने, नगरपालीकाले सवैथोक गर्छ भनेर हामीले पर्खनु हुँदैन, ‘यहाँका जनतालईलाई धेरै कुराहरु थहा छ, ती कुरा नगरलाई सूचना गराए हामी त्यसलाई कार्वाही प्रकृयामा अगाडी बढाउँछौं । 
कार्यक्रममा सुकुम्वासी समस्या समाधान आयोगका पूर्व अध्यक्ष रामचन्द्र सिंहले आयोग को विधान अनुसार ग्रामिण क्षेत्रका एक परिवारवारलाई बढीमा १० कठ्ठा र बजार तथा सहरीक्षेत्रका एक परिवारलाई १० धुर देखि आवश्यकताको आधार मा एक कठ्ठासम्म दिन सकिने भनिएपनि प्रभाव र किर्ते गरेर एकै परिवारले विगहौं जमिन हड्पेको बताए । उनले यो समस्या एउटा स्थानीय निकायको मात्र नभई देशकै समस्या भएकाले यसलाई राष्ट्रियस्तरमै उठाउनुपर्ने बताए । 
कार्यक्रममा गोलबजार नगरापालीका वडा नं. ४ का अध्यक्ष राजदेव यादवले यो समस्या हामीसवैले मिलेर समाधान गर्नुपर्ने बताए । कार्यक्रम मा स्थानीयहरुले स्थानीय निकायले जोडबलका साथ सार्वजनिक जग्गाहरु संरक्षण गर्नुपर्नेमा जोड दिए । उनीहरुले स्थानीय निकायप्रति आशंका जनाउँदै नगरपालीकाले सहिढंगले जग्गा फर्काउने अभियान संचालन गरे साथ सहयोग दिन तयार रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »