मिलोमतोमै भित्रिन्छ लागुऔषध

प्रकाशित समय 3:14:00 AM
मेनुका गौतम
गोलबजार । सीमादेखि सहरसम्म लागुऔषधको अगजगी छ । सेवनकतौहरु मातिन्छन् तर ठूला गिरो समातिदैनन् । लागुऔषधको फैलँदो सञ्जालले गाउँसहर असुरक्षित हुँदै छ । लागुऔषध धन्दाका ठूला गिरोहलाई नियन्त्रण गर्नुस् लहानमा आयोजित एक कार्यक्रम लहान–६का वडाध्यक्ष अरुण कुमार केसीले लहान प्रहरीसमक्ष व्यक्त गरेको चिन्तामिश्रित आग्रह हो यो ।पछिल्लो समय फित्तलो सुरक्षा व्यवस्थाका फाइदा उठाउँदै लागुऔषधधको कारोबार फस्टाएको छ । 
कारोबार फस्टाएसँगै प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । कारोबारी ठाढी, बरियारपट्टी माडर नाकालाई लागुऔषध भित्रयाउने मुख्या प्वाइन्ट बनाएको छ । सीमापारि भारतीय सहरका औषधि पसलबाट खरिद गरी ल्याउने लागुऔषध सीमामा तैनाथ सुरक्षाकर्मीलाई मिलाएर भित्रयाउने गरिएको सीमावर्ती क्षेत्रको स्थानीय बताउँछन् । क्यास कारोबार हुने भएकोले यसको सञ्जाल संगठित रुपमै फैलिँदै गएको सुरक्षा अधिकारीहरु बताउँछन् । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्ष (डिएसपी) राजेश थापाले यस क्षेत्रमा लागुऔषधको जगजगी रहेको स्वीकार्दै भने, प्रहरी तथ्यांकले पनि यस क्षेत्रमा लागुऔषधको बिगबिगी रहेको देखिन्छ । सबैको साझा प्रयासबाट नियन्त्रण गर्न सकिन्छ । साउनयता इलाका प्रहरी कार्यालय लहानमा लागुऔष धसम्बन्धी ३३ वटा मुद्दा दर्ता भएको छन् ।
जसमा ५४ जना प्रतिवादी पक्राउ परेका छन् भने दुइजना फरार रहेको प्रहरी तथ्यांक छ । यो तथ्यांकले पनि यस क्षेत्रमा लागुऔषधको फस्टाउँदो कारोबारलाई दर्शाउँछ ।
पछिल्लो समय सिरहा, सप्तरी जिल्लाका सीमावर्ती गाउँसहर लागुऔषधको ट्रान्जिट बन्दै गएको छ । सीमावर्ती विहारका बजारबाट सीमावर्ती गाउँ हुँदै सहर भित्रिने लागुऔषध रावजधानीलगायत मुलुकका विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ ।
प्रहरी तथ्यांकअनुसार पछिल्लो समय लागुऔषधको कारोबारसँगै प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । खासगरी १५ वर्ष देखि ३० वर्ष उमेर समूहका युवाहरु लगुऔषधको कारोबार र सेवनमा बढी लागेको प्रहरीको भनाई छ ।
विद्यालय कलेजदेखि मन्दिर सम्म खेलकुद मैदानदेखि बगैचासम्ममा अहिले लागुऔषध प्रयोगकर्तालाई देख्न सकिन्छ, वढडाध्यक्ष केसीले भने, समयमै नियन्त्रण गर्न नसकिए समाजले ठूलो क्षति बेहोर्नुपर्ने स्थिति छ । लागुऔषधको आयात र सेवन रोक्न कडाइ नअपनाए भयावह स्थिति सिर्जना हुने अवस्था छ । युवा पूता लागुऔषधको लतमा लागेर नराम्ररी बिग्रँदै छन् । केसीले भने, यसलाई रोक्नका लागि सचेतनासँगै कारोबारीलाई कारबाहीको दायरामा ल्याउने इमान्दार कदम चाल्नुपर्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »