मध्यम वर्गीय परिवारबाट स्वास्थ्य केन्द्रको लागि जग्गा दान

प्रकाशित समय 10:13:00 PM
कमलेश यादव
सिरहा । तराई मधेशमा एक धुर जग्गाको लागि परिवार बीचमै झमेला हुने गर्छ तर सिरहाको नवराजपुर गाउँपालिका –१ स्थित भगवतीपुर तमसुइया का मागेन साहले पाँच कठ्ठा सात धुर जग्गा स्वास्थ्य केन्द्रका लागि दान गरेका छन् ।
लहानदेखि १६ किलोमिटर दक्षिणमा रहेको नवराजपुर गाउँपालिकाका बासिन्दालाई स्वास्थ्य केन्द्रको अभावमा साधारण उपचारको लागि समेत घुमाउरो बाटो प्रयोग गरेर लहान वा भारतको दरभ·ा जानुपर्ने अवस्था छ । यो अवस्थामा तत्कालै उपचार पाउन नसकेका कतिपय विरामीहरुले विगतमा आफ्नो ज्यान समेत गुमाउनुपरेको अवस्था छ ।
स्वास्थ्य केन्द्र नभएकै अवस्था मा स्वास्थ्य केन्द्र स्थापनाका लागि गाउँपालिकाले जग्गाधनी लाई खोज्न सुरु ग¥यो, जग्गादाता मागेन साहले भने, जग्गा दिएपछि स्वास्थ्य केन्द्र बन्ने भएपछि मैले आफूसँग भएको जग्गामध्येबाट पाँच कठ्ठा सात धुर जग्गा गाउँपालिकालाई प्रदान गरेको हुँ ।
अढाई विगाहा जग्गाका धनी साहका तीन भाइ छोराहरुमध्ये एक जना प्रहरी सेवा, अर्को वैदेशिक रोजगारीमा तथा तेश्रो गाउँघरमै खेती किसानी गर्छन् । छोराहरु समेत गाउँमा स्वास्थ्य केन्द्र निर्माण गर्न पिताले गरेको जग्गा दानले खुसी छन् । जग्गादाता साहको तीन भाइ छोराबीच उनको अढाई विगाहा जग्गाको सम्पति को अंशवण्डा हुने हो भने प्रत्येकलाई १७ कठ्ठाभन्दा बढी जग्गा हुँदैन । सम्पतिको यो दरको स्वामित्व तराई मधेशमा मध्यम वर्गका परिवारसँग हुने सम्पति भन्दा कम हो । तराई मधेशमा मध्यम वर्गीय एक परिवारसँग प्रायः दुईदेखि अढाई विगाहा जग्गा रहने गरेको हुन्छ ।
नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले जग्गादाता मागेन साहको योगदानले गाउँमा स्वास्थ्य केन्द्र निर्माण हुने वातावरण सहज भएको बताउछ । उनले जग्गा दिएर भौतिक पूर्वाधार खडा गर्ने काम गरेका छ, गाउँपालिका अध्यक्ष यादवले भने, अब स्वास्थ्य केन्द्र निर्माण गर्ने काम हामी गर्छौ ।
ग्रामीण क्षेत्रका वासिन्दालाई सहज स्वास्थ्य सेवाका लागि पूर्वाधार खडा गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेवापत साहलाई नवराजपुर गाउँपालिकाले आफ्नो दोश्रो गाउँसभाको सार्वजनिकी करण कार्यक्रममा सम्मान समेत गरेको छ । सार्वजनिकीकरण कार्यक्रममा नवराजपुर गाउँ पालिकाले १६ करोड ४४ लाख २७ हजारको बजेट समेत सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »