दलिय टकराबले अझै भएन गाउँसभा

प्रकाशित समय 7:39:00 PM
शम्भु यादव
सिरहा । सिरहाको सीमा वर्ती भगवानपुर गाउँपालिकामा असारमै हुनुपर्ने गाउँसभा दलिय टकराबले अझै हुन सकेको छैन् । यस गाउँपालिकामा संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधिबीच शिक्षा समिति, न्यायिक समिति, विपद् व्यव स्थापन समिति गठनमा मतभेद कारण गाउँसभा प्रभावित बनेको छ । 
गाउँसभा नहुँदा चालु आर्थिक वर्ष ०७५÷०७६ को बजेट सञ्चालन पनि भएको छैन् । गाउँ पालिकाका कर्मचारी, जन प्रतिनिधि तथा विषयगत कार्यालय(शिक्षा, स्वास्थ्य, पशु) कर्मचारी ६ महिनादेखी तलब पाउन सकेको छैन् । विकास निर्माणको काम पनि प्रभावित बनेको छ । न्यायिक समिति नबन्दा न्याय सम्पादन मा समस्या भएको छ । 
पाँच वडा भएका यस गाउँ पालिका मा दुई वडाध्यक्षसहित अध्यक्ष, उपाध्यक्ष फोरम र ३ वटामा नेकपाका वडाध्यक्ष निर्वाचित भएका छन् । वडा सदस्य, कार्यपालिका सदस्य गरी २९ सदस्ययी गाउँसभामा १७ जना नेकपाका र १२ जना फोरमका सदस्य रहेका छन् ।
गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवका अनुसार स्थानीय सरकार सञ्चालन ऐन अनुसार शिक्षा समिति, न्यायिक तथा विपद् व्यवस्थापन गठन हुनुपर्ने हो तर, ऐन विपरित गएर नेकपाका जनप्रतिनिधिहरुले गाउँपालिका को समितिहरुमा संयोजक पाउनुपर्ने बताएपछि विवाद उत्पन्न भएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालि का अध्यक्ष शिक्षा समितिको संयोजक हुनुपर्ने उल्लेख छ, तर, नेकपाका जनप्रतिनिधिले आफु हरुलाई संयोजक चाहिएको भन्दै आएको छ, गापा अध्यक्ष यादवले भने,‘ऐन विपरित गएर कसरी समिति गठन गुर्न ?
उनका अनुसार आफुले यही विवाद सुल्झाएर गाउँसभा गर्नका लागि ६ महिनाभित्रमा २५ पटक बैठक बोलाए तर, नेकपाका जनप्रतिनिधि कुनै कुरा नै सुन्दैन । दलिय विवादले गाउँपालिका अस्तव्यस्त बनेको उनले बताए । विकास गर्ने काममा पनि विपक्षी जनप्रतिनिधिले अबरोध खडा गर्ने गरेको उनले सुनाए । 
कोष तथा लेखा नियन्त्रण कार्यालय(कोलेनिका)सिरहाका अनुसार यस गाउँपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिक का लागि चालु र पूँजीगत गरी ५ करोड भन्दा बढी रकम निकासा भएको छ । त्यती रकम निकासा गरिएपनि एक रुपैयाँ खर्च नभएको कोलेनिका प्रमुख राधेश्याम गिरीले जानकारी गराए । गाउँसभा नहुँदा बजेट सञ्चालन हुन सकेको छैन् । 
नेकपाबाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष अमरलाल यादवका अनुसार छलफल चलिरहेको छ । अब केहीदिनभित्रै समस्या समाधान हुन्छ । ‘आफुहरु गाउँसभा गर्न सहमति नजिक पुगेका छौँ, वडाध्यक्ष यादवले भने, ‘दुवै दलबाट पटक पटक छलफल भएको छ । अब चाँडै गाउँसभा हुन्छ । कुन विषयमा कसरी सहमत भएको भन्ने जिज्ञासा मा उनले केही बोल्न चाहेनन् । गाउँपालिकाको विवाद समाधान गर्न जिल्ला समन्वय समितिले पनि पहल थालेको छ । ‘गापा अध्यक्षले विवादका बारेमा जानकारी गराएको छ,’समन्वय समिति सभापति रामचन्द्र ठाकुरले भने,‘उसभापतिसँग छलफल गरी एक हप्ताभित्रै समस्या समाधान गर्छाैँ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »