राजविराज, ५ माघ । सप्तरी खड्क नगरपालिका ३, कंचिरा गाउँमा लहानको सिध्दार्थ बैंकले घरदैलो अभियान सम्पन्न गरेको छ । कार्यक्रममा सयौंको संख्यामा स्थानीयले खाता खोलेर सिध्दार्थ बैंककमा आफ्नो सहभागीता जनाएको छ ।
हाम्रो एरियामा केहि महिना देखि सिध्दार्थ बैंकको राम्रो प्रचार प्रसार, बलियो, बिश्वासिलो र भरपर्दो बैंकको रुपमा स्थापित भएकाले आफूले पनि खाता खोलेर आफ्नो बैंकिङ सहभागिता जनाएको स्थानिय श्यामसुन्दर रामले बताए ।
सिध्दार्थ बैंकले गाउँघरका सर्वसाधारण नागरिकलाई बैंकिङ कारोबारमा सहज रुपमा पहुँच स्थापित गर्न केहि महिनादेखि “वितिय सारक्षरता तथा घरदैलो अभि यान“ कार्यक्रम संचालनमा ल्याएको लहान सिध्दार्थ बैंकका शाखा प्रबन्धक रामप्रमोद यादवले जानकारी दिएका छन् । कार्यक्रममा शाखा प्रबन्धक रामप्रमोद यादव रिण अधिकृत रामप्रकाश सिंह, गौरी बराल, रिचा साहको सहभागी समेत रहेको थियोे ।
