बालविवाहविरुद्ध मुसहर किशोरी

प्रकाशित समय 10:09:00 PM
बालविवाह टार्न उनले टोलका सँगै पढ्ने संगीहरूलाई भेला पारिन् र त्यसविरुद्ध समाजमा लड्ने निधो गरिन्
भरत जर्घामगर
सिरहा । मुसहर समुदायका किशोरीहरू अचेल कानुनी र शारीरिक, मानसिक रूपमा समेत सबल नभएसम्म विवाह गरिदिन हतारो गर्नुहुन्न भन्दै बालविवाह वि द्धको अभियानमा सक्रिय भएका छन । दलित मुसहर समुदाय मा बालविवाहचलन कायमै रहेपछि उनीहरू अभियान मासक्रिय भएका हुन ।
कक्षा १० मा पढ्दै गरेकी सिरहा मलहनवा मुसहर बस्तीकी १६ वर्षीया राधिका सदाय मुसहरलाई उनका अभिभावकले विवाह गरिदिन खोजे । बुवा झगडु र आमा ठकनीका एक मात्र छोरी राधिकालाई विवाहका लागि मगनी आयो । विभिन्न संघसंस्था ले दिएको तालिम र स्कुले शिक्षाबाट बालविवाहबारे जनाकार राधिकाले विवाह मगनीलाई अस्वीकार गरिन ।
‘विवाह अस्वीकार गरेलगत्तै अभिभावकले हेला गर्न थाले,  राधिकाले भनिन, ‘कानुनी र शारीरिक रूपमा पनि विवाह गर्ने उमेर होइन भन्दा अभिभावकले बेवास्ता गर्न थाले, एकमात्र सन्तान भएकाले विवाह छिटो गर्नुपर्ने ढिपी गरिरहे ।  विवाह टार्न पनि उनले टोलका सँगै पढ्ने संगीहरूलाई भेला पारिन । र, बालविवाह चलनवि द्ध समाज मा लड्ने निधो पुगिन । बस्तीकै कक्षा १० मा पढ्ने सुमित्रा कुमारी सदाय मुसहर, सन्तोषी, कक्षा ९ मा पढ्ने सुमिता, कक्षा ८ मा पढ्दै गरेकी अनुषा सदाय मुसहरले बालविवाह चलनवि द्ध अग्रसरता देखाए । राधिकाकै अगुवाइमा उनीहरूले नमुना किशोरी समूह गठन गरे ।
मुसहर किशोरी समूहले राधिकाका अभिभावकलाई बाल विवाह कानुनी रूपमा दण्डनीय हुने र शारीरिक, मानसिक रूपमा दुर्बल हुने सुझाए । त्यसो त राधिकाका बुवा झगडुले १४ वर्षको उमेरमा ठकनीसँग लगन गाँठो कसेका थिए । छपराडीका झगडु विवाह लगत्तै ससुराली मलहनवामा बस्न थाले । १६ वर्षको उमेरमा ठकनीले राधिका लाई जन्माइन । त्यसपछि झगडु र ठकनीको सन्तान भएन ।
सानै उमेरमा ठकनीले बच्चा जन्माएको कारण अरू बच्चा नभएको बुझिन । छोरीलाई विवाह गरिदिन खोज्ने तीनै झगडु अहिले छोरी राधिकासँगै बालविवाह वि द्धको अभियानमा सक्रिय भएका छन । अभियानमा संलग्न विवाह बारे जानकारी नहुँदै १६ वर्षमै सिरहा मोहनपुर कमलपुरकी सुमिता सदाय मुसहरलाई अभि भावकले मलहनवामा अन्माएर पठायो । माइतीघर मोहनपुर कमलपुर ले उनलाई १६ वर्षसम्म मात्र हुर्किने अवसर दियो । त्यसपछि उनी पराया घरमा संघर्ष गर्न बाध्य भइन ।
कक्षा ८ मा पढ्दै गर्दा मलहनवा का जितेन सदाय मुसहरसँग उनको २०७४ वैशाख ७ मा मागी विवाह भएको थियो । ‘कलिलै उमेरमा बुहार्तन सहनुर्पयो,  उनले भनिन, ‘पराया घरमा जनवन 
(ज्याला मजदुरी)मा खटिनुपर्दा समस्या भयो ।  तर यहाँ आएपछि किशोरीहरूले बालविवाह वि द्ध संगठित हुन थालेपछि उनी पनि अभियानमा संलग्न भइन । अहिले समूहमा २५ किशोरी संलग्न छन ।
अभियानमा संलग्न भएपछि बालविवाह कानुनी रूपमा दण्डनीय र शारीरिक, मानसिक रूपमा पनि असर पर्ने थाहा भयो,  उनले भनिन, ‘त्यसपछि आफ्नै मुसहर समुदायमा बालविवाहवि द्ध अभियानमा सरिक हुन थालें ।  किशोरी समूहले सुमितालाई कक्षा ९ मा नामांकन गरिदिएपछि फेरि स्कुल जान थालेकी छा । तालिमहरूमा सक्रिय हुन थालेकी छन ।
‘अभियानले मलाई ठूलो शिक्षा दियो,  उनले भनिन् ‘अब २० वर्ष नपुगी बालबच्चा नजन्माउने निधोमा पुगेका छौं ।  बालविवाह गर्नुभन्दा शिक्षा दिनुपर्छ भनी हिँड्दा अवरोध समेत भएको स्मरण गर्दै उनी भन्छिन, ‘अहिले गाउँकै पु ष लगायत अभिभावक किशोरीहरूको सक्रियता राम्रो रहेछ भन्न थालेका छन ।  सुमिताका पति जितेन पनि अहिले उनको अभियानमा सक्रिय छन । जितेन भन्छन, ‘थाहा नहुँदा सानै उमेरमा बिहे गरे पनि २० वर्ष पपारि बालबच्चा जन्माउने निर्णय मा पुगेका छौं, २० वर्ष पुगेपछि मात्रै सन्तानको रहर पूरा गर्छौं ।
अभियानमा संलग्न किशोरी हरूले घरघरमा गएर ‘बिहेबारी २० वर्षपारि  लगायत कानुनी प्रावधान का बारेमा अभिभावकलाई सुझाउँछन । टोलका अभिभावक हरूलाई बेलाबेलामा भेला पारेर उनीहरूले बालविवाहसँगै भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालविवाह, दाइजो माग्ने र दाइजोका कारण महिलामाथि हुने हिंसा, बहुविवाहका बारेमा जानकारी गराउँछन । मुलुकी अपराध (संहिता) ऐनमा २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद, दाइजो मागे ३ वर्ष र बहुविवाह गरे ५ वर्ष जेल सजायको व्यवस्था गरेको छ ।
मलहनवाकै १३ वर्षको उमेरमा विवाह गरेका ३८ वर्षीय लखना सदाय मुसहर किशोरीको अभियान पछि बालविवाह रोकिएको बताउँछन । त्यति मात्र होइन, किशोरी हस्तक्षेपछि सामाजिक कार्य र सामाजिक कुरीतिसमेत न्यूनीकरण भएको उनले सुनाए ।
किशोरीको अभियान देखेर दलित जनकल्याण युवा क्लबले समेत उनीहरूलाई कानुनी सचेतनाबारे तालिम, गोष्ठी दिएर अभियानमा सहयोग गरेको छ ।
क्लबका कार्यकारी निर्देशक विनोद विसुन्केले समाज परिवर्तन मा दलित मुसहर किशोरी समूह कोसेढुंगा साबित भएकाले उनीहरूको अभियानले दलित मुसहर समुदायम वर्षौंदेखि जक डिएर रहेको बालविवाह अन्त्य भएको बताए । लहान नगरपालि का वडा नम्बर २४ का वडाध्यक्ष कमल यादवले दलित मुसहर किशोरी समूहको अभियान वडाभरि सञ्चालन गरी वडालाई नै बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »