६ महिनाभित्र पुल बनाउन माग गर्दै रिले अनशन

प्रकाशित समय 3:31:00 AM
सुरेन्द्रकुमार कामती 
सिरहा । कमला र बलान नदीको पुल ६ महिनाभित्र निर्माण गर्नुपर्ने भन्दै थालिएको अनिश्चित कालीन रिले अनशनले छैटौँ दिन पूरा गरेको हो । हुलाकी सडक संघर्ष समितिले पुस १७ गतेबाट सु  गरेको २४ घन्टे अनिश्चित कालीन रिले अनशनमा शनिबार सम्म ३५ जना सहभागी भइसके का छन । शनिबार माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक र विद्यार्थी अनशनमा सहभागी भएका छन । रामसोगा रथ पासवान, उपेन्द्रप्रसाद यादव, विनोद यादव, रामसोगारथ यादव, जीवछ यादव, सुरेशचन्द्र सुमन यादव, कनैयाकुमार मिश्र, अ णकुमार यादव, सन्तोषकुमार मण्डल र रामदुलार महरा अनशनमा बसेको संर्घष समिति का अध्यक्ष रामरिझन यादवले बताए । हुलाकी सडकमा पर्ने कमला र बलान नदीको पुल ०६८ सालदेखि निर्माणाधीन अवस्था मा रहेको छ । साढे ३ वर्ष्भित्र निर्माण सक्नुपर्ने पुलको काम ५० प्रतिशत पनि पूरा भएको छैन ।
संघीय सरकारसँग सुनिश्चितता को माग संघर्ष समितिले कमला र बलान नदीको पुल ६ महिना भित्र सक्ने सुनिश्चितता प्रदेश सरकारबाट हुनुपर्ने माग राखेको छ । यसअघि संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रधान मन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो । भदौ ३१ देखि असोज ७ गतेसम्म राजविराजदेखि जनकपुरसम्म हुलाकीमार्ग भएर पैदल यात्रा गर्दै प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो । 
पुल निर्माण अलपत्र ४ सय ५० मिटर लम्बाइ र ८.७ मिटर चौडाइको कमला पुल निर्माणको सम्झौता ०६८ साल जेठमा पप्पु–लम्बिनी जेभीले गरेका थिए । २४ करोड ९० लाख ९७ हजार दुई सय  पैयाूमा साढे तीन वर्षभित्र कमला पुल निर्माण सकिसक्ने गरी सम्झौता गरे पनि त्यसको दोब्बर अर्थात् सात वर्ष बितिसक्दा आधा पनि काम सकिएको छैन । अहिलेसम्म पुलको १३ वटा पिलर र सुपर स्ट्रक्चरको आधा काम मात्रै सकिएको छ । यता, काम रोकिँदा ढलान गर्न खडा गरिएको छडमा खिया लाग्न थालेको छ ।
सिरहा र सप्तरी जोड्ने अर्को महत्वपूर्ण पुल बलान नदीमा बन्दै छ । त्यो पुलको ठेक्का पनि पप्पु शर्मा जेपीले पाएको छ । ०६८ फागुन १५ गते सम्झौता गरेर पुल निर्माण सु  भए पनि सात वर्षमा पुल निर्माण सम्पन्न हुन सकेको छैन । ०७२ भदौ १४ मा सक्नुपर्ने भए पनि पुल निर्माण हुन नसक्दा सप्तरी र सिरहाका स्थानीयलाई घुमाउरो र लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । ४ सय ६२ मिटर लम्बाइ र ७ दशमलव २० मिटर चौडाइको बलान पुल निर्माणका लागि २४ करोड ६२ लाखमा पप्पु–शर्मा जेपीले सम्झौता गरेका थिए । सम्झौताअनुसार काम भइरहेको छैन । दुवै पुल निर्माण कहिले सकिएला भन्ने निश्चित छैन । पुल निर्माणबारे नियमन गर्ने हुलाकी सडक आयोजना र सरकारले प्राथमिकतामा राख्न नसक्दा निर्माण अलपत्र परेको हो ।
प्रदेशमन्त्री र सांसदको ऐक्यबद्धता रिले अनशनमा प्रदेश २ का राज्यमन्त्री र सांसदहरूले ऐक्यबद्धता जनाएका छन् । प्रदेश २ का वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल, प्रदेश सभा सदस्यहरू रामकुमार यादव, मदनसेन प्रसाद श्रीवास्तवले रिले अनशनमा आफ्नो ऐक्यबद्धता रहेको बताए । उनीहरूले प्रदेश सभामा पनि जोडदारले आवाज उठाउने प्रतिबद्धता जनाएको संघर्ष समितिले जनाएको छ ।
सरकारका तर्फबाट पहल गर्छौं ः  डिभिजनल इन्जिनियर दास
हुलाकी सडक परियोजनाका जनकपुर डिभिजनल इन्जिनियर राजेन्द्र दासले पुल निर्माण गर्न सरकारको तर्फबाट सबै पहल हुने बताए । अनशनस्थल सिरहा महावीरचोक पुगेर उनले भने, ‘सरकारका तर्फबाट रहेको समस्या हामी समाधान गर्छौं । ठेकेदारको काम पुल बनाउने हो र पुल बनाउनुपर्छ । यता कमला पुलका साइट इन्जिनियर जामुन यादवले भुक्तानी रोकिएपछि काम बन्द गर्नुपरेको बताए । इन्जिनियर यादवले भने, ‘हाम्रो साढे चार करोड भुक्तानी हुन बाँकी छ । रकम नभए कसरी काम गर्ने ?  ६ महिनामा पुल बनाउन हामी तयार भए पनि बजेटमा ढिलाइ हुनु भएन, इन्जिनियर यादवले भने, ‘काम गरेपछि भुक्तानी हुनुपर्छ । बजेट छ–छैन त्यसको अर्थ रहँदैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »