झुटकीको परिचय बन्यो तरकारी गाउ“

प्रकाशित समय 11:49:00 PM
भरत जर्घामगर
सिरहा । मधेसमा भनाइ नै छ, ‘जागिर खानु सरकारी, खेती गर्नु तरकारी ।  यस भेगमा सरकारी जागिर भए राम्रो नभए पनि त्यही दाइजोको विकल्पमा तरकारी खेतीलाई मानिन्छ ।
मधेसमा तरकारी नगदेवालीका रुपमा गरिन्छ । खेतीका लागि उर्वर भूमि मानिने तराई मधेसमा जागिरपछि आम्दानीको मुख्य स्रोत खेतीपाति नै होरु। यही भनाइलाई चरितार्थ गरेको छ पूर्वपश्चिम राजमार्गदेखि १० किलोमिटर उत्तरवर्ती चुरे फेदमा अवस्थित गाउँ ‘झुटकी  लेरु। लहान नगरपालिकाको वडा नम्बर २४ मा पर्ने झुटकीमा डेढ सय घरपरिवारको बसोबास छ । विगतमा खानेपानीको चरम समस्या झेलेको झुटकीको अहिले परिचय फेरिएको छ तरकारी गाउँको रुपमा ।
खानेपानीको समेत अभाव रहेको झुट्कीमा पिउन र खेतमा सिंचाइका लागि इनार खनिएका छन । त्यही इनारमा मोटर जोडेर झुट्कीका घरलौरीले तरकारी खेती गर्छन । उनीहरूको मुख्य पेसा बनेको छ–‘तरकारी खेती । तरकारी खेतीकै कमाइबाट खेतबारी जोडेर सम्पन्न भएका छन । पैसा आवश्यक पर्दा साहु महाजन सँग ऋण वा सापटी खोज्ने किसान ले अहिले तरकारी उत्पादन गर्न थालेपछि आफैं ऋण र सापटी लगाउन सक्ने भएका छन ।
वर्षदेखि तरकारी खेती गर्दै आएका ६५ वर्षीय लक्ष्मी यादवको दिनचर्या खेतमै बित्छ । उनका दुई छोरा अशेश्वर र कुशेश्वरले पनि पढाइ छाडेर तरकारी खेतीलाई मुख्य पेसा बनाएका छन । उनको खेत काउली र खुर्सानीले भरिएको छ ।
‘यो सिजनमा १० कठ्ठा जग्गामा लगाएको काउलीबाटै डेढ लाख रुपैयाँ आम्दानी लिइसकेको छु,  उनले भने, ‘सुरुमा थोरै जमिन थियो, अरु बालीले गुजारा चलाउन मुस्किल पथ्र्यो, तरकारी उब्जाउन थालेपछि आम्दानी बढ्यो र गुजारा पनि राम्रैसँग चलेको छ ।
वर्षमा तरकारी उत्पादन गरेर दुई बिगाहा जग्गा र पक्की घर बनाइ सकेका उनले सिजन अनुसार, खुर्सानी, आलु, बोडी, परवल, काउली र भाण्टा उब्जाउँछन । आफ्ना छोराछोरीलाई आर्थिक अवस्था कमजोर भएकाले राम्ररी पढाउन नसकेका उनले तरकारी को आम्दानीले नातिनातिनीलाई पढाइरहेका छन । तरकारी खेतीबाट हौसिएका उनी भन्छन, ‘जागिर खानु सरकारी, खेती गर्नु तरकारी ।
जागिरजस्तै तरकारी बिक्रीबाट हटियापिच्छे पैसा आइरहने भएकाले यो खेती दिगो हुने उनी बताउँछन । लक्ष्मीजस्तै शिवदत्त रायले पनि यो सिजन मा एक विघा जग्गामा काउली खेती गरेका छ । नजिकै लहान बजार भएको र नगदेवालीका रुपमा तरकारी भएकाले यसखेतीतर्फ सिंगो गाउँ नै लागिपरेको उनले सुनाए ।
‘तरकारी उब्जाउनु मात्र पर्छ, उनले भने, ‘व्यापारीहरू गाडी र पैसा लिएर गाउँमै खरिद गर्न पुग्छ । लक्ष्मी, शिवदत मात्र होइन, झुट्कीवासीको दिनचर्या तरकारी उब्जाउन खेतमै बित्ने गरेको छ । शिवदतका अनुसार लहान बजारमा अधिकांश तरकारी झुटकी गाउँले धानेको छ ।
बर्सेनि असोज, कात्तिक र मंसिर महिनाको सिजनमा झुटकीका किसानले लाखौं रुपैयाँका काउली मात्रै बिक्री गरिसकेका छन । स्थानीय किसान श्रीलाल महतोका अनुसार झुटकीका किसानले यस वर्ष ३० बिघा जग्गामा काउली खेती गरेका थिए । त्यसबाट ८० लाख रुपैयाँको कारोबार भयो ।
सिंचाइ र खानेपानीको समस्या झेलेको झुटकी गाउँको पहिला मुख्य स्रोत मकै र कोदो खेती हुन्थ्यो । त्यसपछि उनीहरूले धान र गहुँ बाली गर्न थाले । त्यो पनि नसप्रिएपछि तरकारी खेती सुरु गरेको लक्ष्मी यादवले सुनाए । ‘अहिले गाउँको परिचय नै ‘तरकारी गाउँ  बन्यो, उनी भन्छन, ‘तरकारी उत्पादन गर्नलाई थोरै सिंचाइ भए पुग्ने भएकाले सिंचाइ र बिउबिजनतर्फ सरकारले केही मात्र सहुलियत गरिदिए हामीजस्तै छिमेकी गाउँसमेत तरकारी खेती गर्न तत्पर हुन्छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »