मुसहर युवाले थाले खेती अभियान

प्रकाशित समय 8:09:00 PM
भरत जर्घामगर
सिरहा । तराई–मधेसमा भूमिपुत्र मानिने मुसहर समुदायको पुख्र्यौली पेसामा माटो काट्नु र टालामा बोक्नु पनि पर्छ । कृषि मजदुरीको ठूलो हिंस्सा मुसहर समुदायले ओगटेका छन । हलो जोत्नुदेखि बाली भित्र्याउने काम मुसहर समुदायले नै धान्छन । 
अधिकांश गिरहत (जग्गाधनी) को खेतबारीमा काम गरेर जेनतेन गुजारा चलाउँछन । दिनरात गिरहतको खेतीमै खटिए पनि त्यसले छाँक टार्न उनीहरूलाई हम्मे पर्छ । माटोसँगै दिनरात हातेमालो गर्ने खेतीपातीको सीपमा दख्खल मुसहर अधिकांश सुकुम्बासी छन । सिरहाका ९५ प्रतिशत मुसहर समुदायको बसोबास ऐलानी जग्गा, सडक, खोला किनार र पोखरीका डिलमा छन । खेतीपाती सीपमा दख्खल राख्ने तिनै मुसहर समुदायका युवाहरूले सिरहामा ‘आफ्नै बारी, आफ्नै खेती  अभियान सु  गरेका छन । खेतीका लागि जग्गा जोड्न उनीहरूले युवाहरूलाई वैदेशिक रोजगारी जान प्रेरित गर्न थालेका छन ।
नौ वर्ष वैदेशिक रोजगारीका लागि दुबई स्टिल फ्याक्ट्रीमा काम गरेका सिरहा सिसवनीका ३५ वर्षीय मनोज कुमार सदाय मुसहरले त्यहींको कमाइबाट ४७ हजार कठाको दरले २ बिघा २ कठा जग्गा जोडे । त्यही जग्गामा तरकारी खेतीबाट मनोजको परिवारको गुजारा आरामले चलेको छ । अहिले उनको खेतमा काउली, लसुन, आलु लगायत तरकारी भरिभारउ छ । सिँचाइका लागि उनले जग्गामा ५० हजारमा बोरिङ गाडेका छन ।
खेतीपातीबाटै मनोजले ४ छोरी र १ छोरालाई वार्षिक ३६ हजार खर्चेर पढाइरहेका छन् । २०५६ सालमा एसएलसी उत्तीर्ण उनले अहिले जिल्लामै मुसहर समुदाय लाई खेती अभियानमा होमाएका छन । ‘पहिला वैदेशिक रोजगारमा जाने, अर्थोपार्जन गरेपछि दिगो खेतीमा लाग्ने अभियान थालेका हौं,  उनले भने, ‘जन्मेदेखि नै माटोमा खेल्ने मुसहर समुदायलाई खेतीमा सहज हुने भएकाले आम्दानी लिन सक्षम भएका छौं ।
५० घर मुसहर समुदायको बसोबास रहेको सिसवनी मुसहर बस्तीका घरलौरी युवा वैदेशिक रोजगारीमा छन् भने अधिकांश युवा वैदेशिक रोजगारीबाट फर्के खेतीपाती अभियान सामेल भएका छन । २०५६ सालमै एसएलसी उत्तीर्ण नन्दीलाल सदायले १० कठठा जग्गा जाडेर खेतीपाती अभियानमा सामेल भएका छन । बस्तीमै ज्ञान कुमार सदाय मुसहरले ६ कठा जग्गामा पोखरी खनेर वार्षिक २० हजार रूपैयाँमा भाडामा लगाएका छन ।
बस्ती अधिकांश युवा युवतीदेखि वृद्धवृद्धासम्म आफ्नै जग्गामा खेतीमा तल्लिन भेटिन्छन् । १० वर्षअघिसम्म गिरहतको खेतमा काम गर्दै ६० वर्षीय बच्चु सदाय मुसहर आफ्नै खेतमा मिहिनेत गरेर खेती गरिरहेका छन । उनका तीन भाइ छोराले वैदेशिक रोजगारीबाट कमाएर जग्गा जोडेपछि उनी दिनरात आफ्नै खेतीमा खटिन्छन । आफ्नै बारीमा काम गर्न पाएका बच्चु खुसी हुँदै भन्छन, ‘अहिले आफैं गिरहत (मालिक), आफैं कामदार । 
सिसवनी मात्र होइन युवाको यो अभियान भगवानपुर गाउँपालिका १ स्थित मुसहर बस्तीमा पनि पुगेको छ । ३६ घरपरिवारको बसोबास रहेको बस्ती उनीहरू आफ्नै खेतीपाती गर्छन । बस्तीका १३ युवा वैदेशिक रोजगारीमा छन । वैदेशिक रोजगारीकै कमाइले लखन, मखन र चन्दरको परिवारले २ बिघा जग्गा जोडेका छन ।
चन्दर परिवार आफ्नै खेतीको उब्जनीले आम्दानी गर्छन । वैदेशिक रोजगारी र तरकारी खेतीले गाउँको आम्दानी बढेपछि बालबालिकाको शिक्षामा जोड दिन थालेको सुनाउँछन् राम विलास सदाय मुसहर । उनले शिक्षाबिना रोजगारी र सोच परिवर्तन हुँदैन भन्ने निधोमा पुगेर बस्तीमा अनिवार्य बालबालिका पढाउनुपर्ने नियम बनाएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »