चौधरी भूमिगत समूहमा संलग्न रहेको आशंक

प्रकाशित समय 3:28:00 AM
रामभरोसी यादव
गोलबजार । गत पुस ८ गते बिहान सिरहाको गोलबजार नगर पालिका ४ स्थित नेपाल टेलिकम को टावर नजिक शक्तिशाली प्रेसर कुकर बम भेटियो । उक्त बम नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना  को पर्चासमेत भेटियो । त्यसको अनुन्धानमा लागेको प्रहरीले पर्चा तथा एसएमजीसहित सिरहाबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पछि प्रहरीद्वारा मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएका धनगढीमाई नगर पालिका ११ छपराडीका ४६ वर्षीय चतुरनारायण चौधरी ‘स्वतन्त्र तराई निर्माण सेना  मा संलग्न रहेको आशंका गरिएको भए पनि प्रहरीले त्यसको पुष्टि भने गरेको छैन ।
चौधरीलाई पक्रन संयुक्त टोली विशेष सूचनाको आधारमा जनकपुरस्थित २ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाई कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले चौधरीलाई सवारी साधन चेकजाँच गर्ने क्रममा एसएमजी सहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
प्रहरी नायव उपरीक्षक खरेल का अनुसार संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका ४ स्थित पूर्व पश्चिम सडकमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स. ५ प. ३७४१ नम्बरको मोटर साइकल चढेका चौधरीलाई एस एमजीसहित पक्राउ गरिएको हो ।
प्रहरी टोलीले चौधरीको साथमा रहेको कालो रातो रंगको झोलाबाट एक थान एसएमजी, दुई थान म्यागजिन, पाँच राउण्ड गोली, एक थान मोबाइल र स्वतन्त्र तराई निर्माण सेना, केन्द्रीय ब्युरो लेखिएको पर्चासमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक खरेलले बताए । पक्राउ परेका चौधरीविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
को हुन् चौधरी?  पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको धनगढी माई नगरपालिका ११ छपराडी बजारमा सपरिवार बस्दै आएका चौधरीको पुर्ख्यौली घर सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका २ पोखरभिण्डा हो । द्वन्द्वकालमा माओवादीको स्थानीय कार्यकर्ताको छवि बनाएका चौधरी शान्ति प्रकृयापछि त्यसैलाई भजाउँदै विभिन्न भूमिगत समूहमा लागेको उनलाई चिन्नेहरू बताउँछन् ।
गाउँको पुर्ख्यौली सम्पत्ति सिध्याएपछि छपराडी बजारमा किराना पसल चलाएर जीविका चलाउँदै आएका चौधरीको कमाउने धन्दाले यो हविगत भएको नाम नछाप्ने शर्तमा स्थानीय गाउँलेले बताए । ‘स्थानीय महिला समूहबाट लिएको ऋण बेलामा चुक्ता नगरेपछि करिब चार महिनाअघि प्रहरीले चौधरीको छपराडीस्थित घरसमेत खानतलासी गरेको थियो  उनले भने ‘तर उनी घर छोडेर फरार भइसकेछन् ।  त्यसयता चौधरी विभिन्न भूमिगत समूह हुँदै ‘स्वतन्त्र तराई निर्माण सेना  मा संलग्न रहेको अनुमान गएिको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »