गाँजा फाँडिन्छन् तर व्यक्ति पक्राउ पर्दैनन्

प्रकाशित समय 3:25:00 AM
राम बाबु यादव
लहान । केही दिनअघि सिरहाको गोलबजार नगरपालिका –२, टुडकियामा प्रहरीले पाँच सय बोट गाँजा फँडानी र्गयो । गाउँ भरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन । गोलबजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन घिमिरेले भने, ‘व्यावसायिक रूपमा गाँजा खेती गरिएको भए पो कारबाही गर्नु । बारीमा पाँचरदसवटा झार पलाएको भरमा मानिसलाई कारबाही गर्न सकिन्न । 
साउनयता जिल्लाका विभिन्न स्थानमा लगाइएका गाँजाका झन्डै १५ हजार बोट फँडानी गरिएको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख  (एसपी)जीवन श्रेष्ठले जानकारी दिए । मिर्चैया नगरपालिका–१ मा मात्र गत असोज २० गते पाँच हजार बोट फँडानी गरिएको उनले बताए । यस्तै कर्जन्हा नगर पालिका–५, बडहरामालमा २ हजार ५ सय तथा सोही नगरपालिका वडा नम्बर १० मा १ हजार ५ सय बोट गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ ।
‘गाँजा फँडानी गर्न प्रहरी आउँदैछन् भनेपछि जग्गाधनी टाप कस्छन्, कोही भेटिन्न,  सिरहा जिल्ला प्रहरी कार्यालयका एसपी जीवन श्रेष्ठ भन्छन, ‘जग्गा कस्को हो, कसैले बताउँदैनन् । जग्गा धनीबारे जानकारी नभएपछि कसलाई पक्राउ गर्नु ।
हरेक वर्ष मंसिरदेखि प्रहरीले सिरहामा मात्र होइन, देशैभरि गाँजा फँडानी अभियान नै चलाउने गरेको छ । यति बिघा÷रोपनी जमिनमा लगाइएका यति सय÷हजार बोट गाँजा प्रहरीले नष्ट र्गयो भनेर समाचार आउँछन् । तर कसको लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी चाहिँ बिरलै आउने गरेका छन् । गाँजा रोपिएका खेतबारीका धनी पक्राउ परेको खबर पनि कहिले सुनिँदैन । सिरहा जिल्ला प्रहरी कार्यालय को तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र७३ मा ११ हजार ३ सय ४७ बोट गाँजा फँडानी गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७३र७४ मा १० हजार ७३० तथा ०७४÷७५ मा १० हजार २ सय १६ बोट गाँजा नष्ट गरिएको छ । यति ठूलो परिमाणमा गाँजा खेती फँडानी गरिए पनि यसमा संलग्न व्यक्ति भने एक जना पनि पक्राउ परेको प्रहरीको तथ्यांकमा छैन ।
गाँजालाई सरकारले प्रति बन्धित लागूऔषधको सूचीमा राखेको छ । जसको उत्पादन, ओसारपसार तथा व्यापार गर्न कानुनी बन्देज छ । उक्त प्रावधानअनुसार प्रहरीले वर्षै्पिच्छे गाँजा फडानी गर्ने तर त्यसमा संलग्न व्यक्ति पक्राउ नगर्ने कारण के हो । गाँजा खेती लगाइरहने र प्रहरीले फँडानी गरिरहने अवस्था बिडम्बनापूर्ण भएको सिरहाका बुद्धिजीवीहरू बताउँछन् । ‘गाँजा फँडानी गर्न प्रहरी आउँदैछन् भनेपछि जग्गाधनी टाप कस्छन्, कोही भेटिन्न,  एसपी श्रेष्ठ भन्छन्, ‘जग्गा कस्को हो, कसैले बताउँदैनन् । जग्गा धनीबारे जानकारी नभएपछि कसलाई पक्राउ गर्नु । 
जिल्लाको उत्तरवर्ती क्षेत्रमा व्यावसायिक रूपमै गाँजा खेती हुने गरेको प्रहरीको त्रिवर्षीय तथ्यांकले देखाउँछ । प्रत्येक वर्ष प्रहरीले यसै क्षेत्रबाट हजारौं बोट गाँजा फँडानी गर्छन् । चुरेक्षेत्रमा मानिसको आवत–जावत न्यून भएका ठाउँमा उखु, रहर अग्लो बालीका बीचमा गाँजा लगाउने गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »