२३ वर्षदेखि आलु खेती

प्रकाशित समय 3:20:00 AM
दिनभर खेतमै आलुको गोडमेल र हेरचाह गर्छन । रातमा आलु खेतमै बनाएको टहरामा सुत्छन
भरत जर्घामगर
सिरहा । सिरहा नैडेगाका कृषक ३५ वर्षीय बलराम महतोको दिनचर्या दुई दशकभन्दा अघिदेखि निरन्तर रूपमा खेती भएको छ । ७ कक्षासम्म पढेका उनले पढाइ छाडेर १२ वर्षको उमेरमै २०५२ सालबाट व्यावसायिक आलु खेती थालेका हुन ।
बर्सेनी डेढ बिघा जग्गामा उनले व्यावसायिक आलु खेती गर्दै आएका छन् । दिनभर खेतमै आलुको गोडमेल र हेरचाह गर्छन । रातमा आलु खेतमै बनाएको टहरामा सुत्छन् । उनको दिनचर्या आलु खेतमै बित्छ । भन्छन् ‘आलु नै जीवन, जीवनै आलु भएको छ, तीन महिना आलुसँगै हातेमालो गर्दै बित्छ ।  आफूले पढन नपाए पनि १ छोरा र २ छोरीलाई महँगो खर्चमा बोर्डिङ स्कुलमा पढाएका छन । छोरी सावित्री कक्षा १०, छोरा सत्यनारायण कक्षा ६ र कल्पना १ कक्षामा पढ्छन । लागत र खर्च कटाएर डेढ बिघा जग्गामा उब्जाएको आलुबाट बर्सेनी चार लाख  पैयाँसम्म आम्दानी लिन्छन । त्यतिमात्र होइन, त्यही आलु खेतीबाट उनले बच्चा पासवान र वासुदेव पासवानलाई रोजगारी दिएका छन । उनीहरूले खेतीमा काम गरेबापत मासिक १२ हजार  पैयाँ पाउँछन । कामदारलाई खाजा, खाना दुवै दिन्छन । बच्चा र वासुदेव बलरामका दुई हात बनेका छन ।
बलरामले मंसिरमा लगाएको डेढ बिघा जग्गाको प्लटमा अहिले लहलह आलुको बोट झुलेको छ । जिल्लामै आलुको नमुना खेती गर्दै आएका उनको खेतमा आलु खेती हेर्न अन्य कृषकहरू पनि आइरहन्छन । २०५२ सालमा स्थानीय प्रजातिको आलु रोपेर खेती सु  गरेका उनले सु वाती दिनमा एक कट्ठामा ४ क्विन्टल सम्म आलु उब्जाए । त्यत्तिमा मात्र उनको चित्त बुझेन । उनले उत्पादन वृद्धिका लागि भारतको वैशाली विहारबाट अ णा गोल्ड प्रजातिको आलुको बीउ भित्र्याए । एक दशकदेखि त्यही अणा गोल्ड प्रजातिको बीउबाट आलु खेती गर्दै आएका उनले अहिले कट्ठामा ८ क्विन्टलसम्म उब्जा उँछन । उब्जनीबाटै उनले आलु बीउसमेत उत्पादन गर्छन । प्रांगारिक मलबाट खेती गर्दै आएका उनले मलका लागि ६ वटा भैसी र बस्तुभाउ समेत पालेका छन । ‘विषादी र रासायनिक मल प्रयोग गर्न चाहँदिनँ,  बलरामले भने, ‘घरेलु तरिकाबाट तयार गरेको औषधिले काम गरेन भने मात्रै विषादी प्रयोग गर्न बाध्य हुन्छु, अन्यथा विषादी प्रयोग गर्दिनँ ।  सु वाती दिनमा आलु खेतीबारे प्राविधिक ज्ञान, तालिम लिएका उनी खेती गर्दागर्दै आलु खेतीमा दक्ष बनिसकेका छन । उनको सिको गर्दै नौडेगाका घरलौरी किसानले आलु खेती गर्छन् । महतो, चौधरी, पासवान, राम, सदाय समुदाय का ८५ घर परिवारको बसोबास रहेको नौडेगाका घरलौरीले यो सिजनमा आलु खेती गर्छन ।
कृषि कार्यालय नौडेगालाई आलु खेतीको पकेट क्षेत्र नै तोकेको छ । मंसिरमा सु  गरेको आलु खेती फागुनसम्ममा भित्र्याइसकेपछि उनी त्यही खेतमा मकै र धान उब्जाउँछन । धानको उब्जनीले वर्षभरि खानपुग्ने राखेर अरू बिक्री गर्छन । नौडेगाका अधिकांश किसानले आलु खेतीपछि मकै, धानको खेती गर्छन ।
दिनभर आलु खेतीमै बिताए पनि नौडेगाका किसानको दुस्ख रातमा टहराको बास हुन्छ । कारण, नजिकै नौडेगा सामुदायिक वन क्षेत्र भएकाले जंगली जनावर निलगाई (स्थानीय भाषामा घोडगधा) र बँदेलले रातमा बाली सखाप पार्ने हैरानीले उनीहरूको रातमा टहराको बास भएको हो ।
६४ वर्षको उमेरसम्म रात टहरामै बिताएका बच्चा पासवानले रातमा घोडगधाले आलु खेती बिगार गरेको देखाए । उनी बलराम महतोको खेती हेरचाह गर्छन् । ‘जंगली जनावरले बाली सखाप पार्ने भएकाले टहरामै बस्न बाध्य छौं, उनले भने, ‘रातभर जंगली जनावरको बथानै भित्रिन्छ, टहरा छेउ जाडोमा आगो बालेर रात काट्छौं ।
बच्चा मात्र होइन नौडेगाका अधिकांश किसानको रात टहरामै बित्ने गरेको छ । जंगली जनावरबाट बाली जोगाउन खेतमा खेतीसँगै टहरा भेटिन्छ । वासुदेव पासवान भन्छन, ‘रातमा ड्युटी नगरे भोलिपल्ट हेर्दा बाली सखाप ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »