अवैध सुनसहित ६ जना पक्राउ

प्रकाशित समय 8:14:00 PM
राम बाबु यादब
सिरहा । सिरहास्थित सशस्त्र प्रहरीबल ७ नम्वर गणले अवैध सुनसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत् पक्राउ गरिएको हरुको साथबाट एक हजार सात सय ५७ ग्राम ७ सय २० मिलि ग्राम अवैध सुनसहित तीन जना लाई सार्वजनिक गरेको हो । उनी हरुको साथबाट ३४ हजार पाँच सय रुपैयाँ समेत बरामत गरेको छ । 
सशस्त्र प्रहरीले पक्राउ गरेकाहरुमा सिरहाको लहान नगरपालिका १९ छर्रापट्टिका वर्षीय अमिरुल खान, वर्षीय मो. कयुम र मो. रियाज राइन छन् । पूर्व पश्चिम सडक अन्तर्गत गोलबजार र मिर्चैया नगर पालिकाको सीमामा पर्ने घुर्मी खोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान २ बजेतिर घुर्मी खोलाबाट तीन जनालाई पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङ्को कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले अवैध सुनसहित तीन जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।पक्राउ गएिका कयुम र अमिरुलको साथबाट ५०÷ ५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी ४ थान बाला र पाता आधारको  थप ३ थान सुन बरामद भएको जनाइएको छ ।
प्रहरी उपरीक्षक गुरुङ्का अनुसार पक्राउ गरिएका तीन जनासहित उनीहरु चढेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियो र पौने दुई केजी सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको छ । सशस्त्र प्रहरीका एक कनिष्ट अधिकृतले विहान ६ जना पक्राउ परेको जानकारी दिएपनि ३ जनालाई पक्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एकजना लहानका जनप्रतिनिधी समेत रहेको बताइएको छ ।
गडीका चालक समेत रहेका अनिरुलले आफूलाई अपरिचित व्यक्तिले लहान पुर्याउन सो सुन दिएको बताए । तर, उनले सुन लहानका कसलाई दिने भनेको भन्ने खुलाउन चाहेनन् । उनी नियमितरुपमा सुन तस्करीकै कामगर्ने व्यक्ति रहेको नाम नवताउने सर्तमा लहानका एक सुन व्यवसायीले बताए । अनिरुलले पत्रकार सम्मेलनमै पत्रकारहरुले सोधीखोजी गर्दा पत्रकारप्रति नै खनिएका थिए ।
पत्रकार सम्मेलनमा तीन जनामात्र उपस्थित गराएपनि प्रहरीले पछि फोरी ६ जनालाई नै सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनमा हामीले ३ जनालाईमात्रै पक्राउ गरेको जिकिर गरनेपनि पछि पूनः थप तीनजना सहित ६ जनालाई सर्वाजनिक गरेको छ । प्रहरीको यो हर्कतले घटनालाई झन संकास्पद बनाएको छ । पछि थप सार्वजनिक गरेकाहरु लहान १९ कै मो हकिम राइन ४२ वर्षिय, मो. रहमान राइन २४ वर्षि र सप्तरी खडक नपा ३ का १८ वषिर्य मो अफ्रोज राइनलाई सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »