मुस्लिम अगुवा दाईजो विरुद्धको अभियानमा

प्रकाशित समय 11:42:00 PM
मेनुका गौतम
सिरहा । तराईमा महिलामाथि हुने हिंसाको मुख्य कारण दाइजोप्रथा भएको ठहर गर्दै सिरहाका मुस्लिम अगुवाले जनचेतना मुलक अभियान सुरु गरेको छन् । 
दाईजोले समाजमा बढ्दै गएको नकारात्मक असर र त्यसले मुस्लिम समुदायमा परेको प्रभाव न्यूनीकरण गर्न अभियान थालिएका इस्लामी संघ नेपालका सिरहा जिल्ला अध्यक्ष अतिक अनवरले बताए ।
मुस्लिम समुदायको पवित्र ग्रन्थ कुरानमा समेत दाइजो लेनदेन वर्जित भए पनि समाजमा देखासिकी रुपमा दाइजो लेनदेन मौलाएपछि अभियान थाल्ेका हौं अध्यक्ष अनवरले भने ।
अनवरका अनुसार संघका अगुवाइमा दाइजोविरुद्ध १० दिने जिल्लाव्यापी अभियानअन्तर्गत सिरहाको गोलबजारमा जनचेतना मूलक ¥याली निकालिएको हो । जिल्लाका मुस्लिमबहुल बलकवा, महनौर, बेतौना, रमौल, सिरहा, लहान, शोभापुरलगायत ठाउँमा पनि अभियान चलाइने जनाएको छ ।
सिरहाका मुस्लिम युवा फिरोज सिद्दिकीले मुस्लिम मुदायको पारिवारिक कानुन र धार्मिक ग्रन्थ कुरानमा दाइजो लेनदेनरहित विवाहको उल्लेख भए पनि मुस्लिम समुदाय त्यसबाट अछुटो नरहेकाले यो अभियान आवश्यक भएको बताए । दाईजोविरोधी अभियान सकारात्मकक प्रयास होे, उनले भने ।
दाईजोले सिंगो समाज प्रभावित बनरिह्ेका बेला मुस्लिम अगुवा हरुले त्यसविरुद्ध अभियान चलाएर अन्य समुदाय लाई समेत राम्रो सन्देश दिएको महिला अधिकारकर्मी श्यामकुमारी साहले बताइन । अरुले पनि दाइजोविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।
दाईजो रोकथाम गर्न आठबुँदे योजना
११ महिनामा २०१ घटना महिला अधिकार र मानवअधिकारको क्षेत्रमा कार्यरत ओरेक नेपाल तथा इन्सेकले ११ महिनामा महोत्तरीमा २२ सय १ वटा महिला हिंसाका घटना भएको जनाएको छ । त्यसमा पनि ६ जना महिलाको हत्या नै भएको छ । त्यस्तै, कुटपिट, शारिरिक तथा मानसिक यातनाबाट १ सय ६ जना महिला पीडित भएका छन् । 
यस अवधिमा दाइजोका कारण नौजना विवाहित महिला घरेलु हिंसाको सिकार बनेका छन् भने एकजनालाई घरबाटै निकालिएको तथ्यांक छ । विवाहिता महिलामाथि हुने हिंसाको आन्तर्य कुनै न कुनै रुपले दाईजो नै हो, अधिकारर्मी श्यामकुमारी साहले भनिन् ।
दाईजो रोकथामका लागि जिल्लाव्यापी अभियानमा आठबुँदे योजनाका विषयमा प्रचार–प्रसार गरिने संघका अगुवा बताउँछन । यस अन्तर्गत छोरीलाई पैत्रिक सम्पत्तिमा अंश दिन, निका (विवाह) सकेसम्म मस्जिद मा गर्न, दाईजो लेनदेन हुने विवाह बहिष्कार गर्न आह्वान गरिएको छ ।
त्यस्तै, हरेक शुक्रवार हुने जुमा खुत्वा (इस्लाम धर्मावलम्बीको भेला) मा दाईजोजन्य विकृतिका विषयमा छलफल, कुरानमा गरिएको वैवाहिक संस्कारको प्रचार–प्रसार गरिने उल्लेख छ । सिरहामा मुस्लिम समुदायको जनसंख्या करिब ५५ हजार रहेको संघले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »