सरकारी अस्पतालमा बेथिति कतै बजेटै छैन, कतै सदुपयोग छैन

प्रकाशित समय 11:55:00 PM
मिथिलेश यादव
सिरह । निजी अस्पताल सुत्केरी महिलालाई खर्चको भारी बोकाउने थलो भएको कुरा नौलो होइन । सरकारी अस्पताल जहाँ निःशुल्क सुत्केरी गराइन्छ त्यहाँ पनि निजीकै हाराहारी खर्चको बोझ बोक्न बाध्य छन महिला । छोरी ममता पाललाई सुत्केरी गराउन रामकुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहान आएकी सप्तरी बोदे बरसाइनकी सीतादेवीले एक घन्टामै २५ सय  पैयाँ खर्च गर्नुप¥यो । भिडियो एक्सरे लगायतका परीक्षण र औषधि खरिद गरेबापत उनको खर्च बढ्दै गयो ।
सुत्केरी गराउन अस्पताल पुग्ने महिलालाई सु मै भिडियो एक्सरे लेखिदिन्छन चिकित्सक । तर, यो सेवा अस्पतालमा उपलब्ध छैन । अनि महिला पुग्छन अस्पताल नजिककै श्रेया पोलिक्लिनिकमा । त्यहाँ एक्सरे, भिडियो एक्सरे लगायत सेवा उपलब्ध छ । यो पोलिक्लिनिक अस्पतालकै मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिल कुशवाहाको हो । यहाँ पुग्ने बिरामी ल्याब परीक्षणका लागि पनि निजी प्याथोलोजी सेन्टरमा पुग्नुपर्छ । कुशवाहाको स्वामित्व रहेको श्रेया पोलिक्लिनिकमा यी सबै जाँचलगायतका सुविधा छ । अधिकांश महिलालाई जाँचका लागि त्यहीं पठाइन्छ । त्यहाँ बिरामीले चर्को रकम खर्चिनुपर्ने बाध्यता छ । पालका अनुसार सुत्केरी गराउनका लागि चाहिने स्लाइन पानीदेखि औषधि सबै अस्पतालबाहिरकै निजी पसल बाट किन्नुपरेको छ । अस्पतालमा भर्ना भएको एकदुई घन्टामै भिडियो एक्सरे, ल्याब परीक्षण र औषधि गरी तीनचार हजार खर्च भएको उनले सीतादेवीले बताइन । ‘अस्पतालको बेड र डाक्टर जाँचबाहेक सबै सेवामा  पैयाँ खर्चिनुपर्दोरहेछ , उनले भनिन, ‘प्रसूति महिलालाई सरकारले दिँदै आएको न्यानो झोला (बच्चा र आमाका लागि लुगा) र यातायात खर्चसमेत अस्पतालले दिएन ।
सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत एक हजार उपलब्ध गराउँदै आएको छ । तर, यो अस्पताल मात्र नभई जिल्लाका सबै सरकारी अस्पताल र बर्थिङ सेन्टरमा उस्तै बेहाल छ । सुत्केरी गराउन आउने महिललाले बेड र पुर्जाबाहेकका सेवाका लागि रकम खर्चिनुपर्ने अवस्था छ । सुत्केरी गराउन चाहिने औषधि, ग्लोब्स, ग्याटगट सबै बाहिर पैसा तिरेर किन्नुपर्छ । सीतादेवी भन्छिन,‘अब जिन्दगी त्यो अस्पताल फर्केर जान्नँ । ग्लोब्स देखि औषधि र रगत परीक्षण, भिडियो एक्सरेसम्म सबै सेवा अस्पताल बाहिरका निजी क्लिनिकबाट किन्नुर्पयो । यति खर्चमा त बाहिरको गुणस्तरीय निजी अस्पतालमा सेवा पाइन्छ, किन आउने सरकारीमा ? 
उनले छोरीलाई सुत्केरी गराउँदा एम्बुलेन्स देखि औषधिउपचारमा १५ हजार खर्चिनुपरेको सुनाइन । ‘सरकारी अस्पताल यति महँगो हुन्छ भन्ने पत्तै थिएन,  सीतादेवी भन्छिन, ‘सस्तो र गुणस्तरीय सेवा पाइन्छ भनेर आएकी थिएँ, उल्टो भयो ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्टेन्ट डा. कुशवाहा भन्छन्, ‘भएजति सेवा दिएका छौं । 
नगरपालिकाका लेखा अधिकृत मायानाथ आचार्यले चालू आर्थिक वर्षको साउनदेखि नै ९ लाख  पैयाँ अस्पताललाई निकासा दिइसकिएको बताए । जसमा ६ लाखको मात्र खर्च विवरण अस्पतालले पेस गरेको उनले बताए । बाँकी तीन लाखको खर्च विवरण अस्पतालले अझै नगरपालिकामा नबुझाएको उनले भने । यस वर्ष अहिलेसम्म आमा सुरक्षा कार्यक्रमका लागि यस अस्पतालको भागमा १४ लाख  पैयाँ आएको आचार्यले बताए । गत वर्ष आमा सुरक्षा कार्यक्रमका लागि नगरपालिकाले अस्पताल लाई करिब ७५ लाख  पैयाँ निकासा दिएको थियो । तर, अस्पतालका मेसु कुशवाहाले गत वर्षको यातायात सुविधा अझै पनि सुत्केरी महिलालाई भुक्तानी दिन बाँकी रहेको बताए ।
स्वास्थ्य संस्थाहरूको आर्थिक कारोबार स्थानीय तहमा आएदेखि स्वास्थ्य संस्थामा बेथिति अझ बढेको छ । यस बेथितिलाई सामाधान गर्न स्थानीय तहका पादाधिकारी चासो लिएको पाइँदैन । सुत्केरी गराउन जिल्ला अस्पताल, सिरहामा लगभग मान्छे जानै छोडेका छन । कोही गइहाले पनि निःशुल्क भनिएको प्रसूति सेवा निजी अस्पतालमा जत्तिकै चर्को र महँगो पर्छ । साउन महिनादेखि यहाँ औषधि अभाव छ । बजेट नहुँदा आमा सुरक्षा कार्यक्रम प्रभावित छ । निःशुल्क गर्भपतन सेवा औषधि अभावका कारण प्रभावित छ ।
‘औषधि नभएपछि बिरामीलाई कसरी उपचार गर्नु ?  जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिडेन्टेन्ट डा. नागेन्द्र यादव भन्छन, ‘नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अस्पताललाई दिन औषधि खर्च हामीसँग छैन भन्छन । अब कसरी बिरामीको उपचार गर्नु ? 
प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी भन्छन, ‘अस्पतालका लागि हामीसँग औषधि किन्ने बजेट छैन, मलाई थाहा भएन । आमा सुरक्षा कार्यक्रमको निकासाका लागि अस्पतालले पहल गर्नुपर्छ, अनिमात्र केही गर्न सकिन्छ , उनले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »