दाइजोको निहुँमा हत्या गरेको आरोप विवाहको साढे दुई महिना नपुग्दै २० वर्षीया जस्मिन खातुन झुन्डिएको अवस्थामा भेटिइन

प्रकाशित समय 11:57:00 PM
मणिलाल विश्वकर्मा
लहान । सिरहा धनगढीमाई नगर पालिका–९ जिरोमाइलकी २० वर्षीया जस्मिन खातुनको दाइजोको निहुँमा हत्या भएको माइतीपक्षले आरोप लगाएको छ । गत २९ कात्तिकमा २३ वर्षीय सहंसा अन्सारीसँग विवाह गरेकी जस्मिन सोमबार घरको भुुइँतलाको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन । जस्मिनका बाबु अब्दुल कुदुसले विवाहका वेला कबोल गरिएको पल्सर मोटरसाइकलबापतको बाँकी पैसा नदिएको भन्दै छोरीको हत्या गरिएको आरोप लगाएका छन । ‘सोमबार बिहानैदेखि पल्सर मोटरसाइकल कहिले ल्याउँछेस् भन्दै कुटपिट गरेको कुरा छोरीले  ँदै मोबाइलबाट आमालाई सुनाएकी थिइन,  कुदुसले नयाँ पत्रिकासँग भने, ‘मेरो भाइले छोरीसँग कुरा गराउनुस् भनेर फोन गर्दा कसैले कुरा गर्न चाहेनन, छोरी एकोहोरो चिच्याइरहेकी थिइन । यसबाटै कुटपिट गरेर हत्या गरी झुन्ड्याएर आत्महत्या देखाउन खोजिएको स्पष्ट हुन्छ ।
परिवारकै मिलेमतोको आरोप कुदुसले छोरीको विवाहमा करिब १० लाख  पैयाँ खर्च भएकाले कबोल गरेअनुसार पल्सर मोटरसाइकल दिन नसकेको, तर बाँकी रकम केही दिनभित्र दिने गरी त्यसैवेला एक लाख  पैयाँ नगद दिएको बताए । ‘विवाहपछि बाँकी डेढ लाख  पैयाँ माग्दै सम्धी, ज्वाइँ र घरका अन्य सदस्यले समेत पटक–पटक शारीरिक र मानसिक यातना दिएको थाहा पाएका थियौँ,  कुदुसले अगाडि भने, ‘घटना भएको दिन पनि सम्धी र ज्वाइँले बिहान १० बजेतिर लहानमै आएर ‘मोटरसाइकलको बाँकी डेढ लाख  पैयाँ कहिले दिने  भन्दै मलाई फोनमा धम्क्याएका थिए । मैले तीन–चार दिनको समय मागेको थिएँ । त्यसै दिन छोरीलाई कुटपिट गरी झुन्ड्याएछन ।
हत्या आरोप लागेका अन्सारीले भने घटना हुँदा आफूहरू घरमा नभएको प्रतिक्रिया दिए । ‘विवाहको दिन सम्धी आफैँले मोटरसाइकलका लागि भनेर एक लाख  पैयाँ दिएपछि लिएको हुँ । त्यसपछि बाँकी रकमको विषयमा कुनै ताकेता गरेको छैन । बुहारीमाथि दबाब दिएको वा कुटपिट गरेको छैन,  अन्सारीले भने, ‘सोमबार बिहान खाना खाएर छोरासँगै म बैंकको कामका लागि लहान गएका थियौँ । घरमा बुहारीले झुन्डिएर आत्महत्या गरिछन ।
दाइजोले हत्याका घटना बढ्दै मानवअधिकारको क्षेत्रमा कार्यरत इन्सेक र ओरेक नेपालले सन २०१८ डिसेम्बरदेखि २०१९ डिसेम्बरसम्म संकलन गरेको तथ्यांकले दाइजोको निहुँमा ६ महिलाको हत्या भएको देखाएको छ । एक वर्षमा दाइजोका कारण नौ विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनेको तथा सात महिलाले आत्महत्याको प्रयास गरेको उल्लेख छ । महिला अधिकारकर्मी श्यामा साह भन्छिन, ‘विवाहित महिलामाथि पतिसहित परिवारका सदस्यले गर्ने हिंसा कुनै न कुनै रूपले दाइजोसँगै जोडिएको पाइन्छ ।  दाइजोका कारण महिलामाथि हुने हिंसा दण्डनीय भए पनि जनचेतनाको अभाव तथा कानुन कार्यान्वयन फितलो हुँदा जघन्य अपराध बढिरहेको साहले बताइन ।
आरोपित पति प्रहरीको नियन्त्रण मा माइती पक्षले जस्मिन को हत्या भएको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय लहानले उनका पति सहंसालाई नियन्त्रणमा लिएको छ । सोमबार ससुरा र पतिलाई नियन्त्रणमा लिएको भए पनि सोधपुछपछि ससुरा लाई सोमबार नै छाडिएको इलाका प्रहरी कार्यालय लहान का प्रमुुख प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । प्रहरीले शवको पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »