स्वास्थ्य, शिक्षा र कृषिको विकासमा जोड ः पूर्व मन्त्री पाण्डे

प्रकाशित समय 10:10:00 PM
एम महतो
लहान । सिरहाको दक्षिण वती सखुवानन्कारकट्टी गाउँ पालिकाको पहलमा स्थानीय किसानहरुलाई जागरुक गर्न आइतबार दस दिने झण्डा महोत्सव शुरु भएको छ ।
पूर्व अर्थमन्त्री तथा संघीय सांसद् सुरेन्द्र पाण्डेले महेशबारी मा आयोजित समारोहमा महोत्सव को उद्घाटन गर्दै मुलुकको समृद्धिका लागि शिक्षा र कृषिको विकासमा जोड दिए । ‘मुलुकको विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा र कृषि क्रान्ति नगरी मुलुक समृद्ध बन्न सक्दैन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पाण्डेले भने ‘त्यसो नभए समाजवादको यात्रा अगाडि बढ्न सक्दैन ।
ठूलो राजनीतिक क्रान्तिपछि मुलुक नयाँ दिशामा अगाडि बढेको चर्चा गर्दै पाण्डेले वर्तमान सरकारले समाजवादी व्यवस्था को जग बलियो बनाउन पाँच कुरालाई प्राथमिकता दिंदै काम थालेको बताए । ‘मौजुदा बजेटको १० प्रतिशत शिक्षा बजेटलाई २० पुर्याइने छ, स्वास्थ्य बीमामार्फत् सबैको स्वास्थ्य सेवामा पहुँचको ग्याररेण्टी गरिने छ उनले भने ‘घर नभएकालाई जग्गाको सट्टा घर, सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार रुपैयाँ पुर्याइन्छ । त्यस पछि मात्र समाजवादी व्यवस्थाको जग बलियो बन्ने छ  पाण्डेले भने ।  
पूर्व अर्थमन्त्री पाण्डेले भरपर्दो सिंचाइ र प्रविधिको अभावमा बहुसंख्यक किसानहरु गरिब भएको औंल्याउँदै प्रविधिमा आधारित खेतीका लागि सहयोग गर्न सरकारलाई घच्घच्याउने बताए । ‘सिंचाई र प्रविधि हुने हो भने थोरै जग्गामा अधिक उत्पादन गर्न सकिन्छ उनले भने ‘सुनकोशी कमला डाइभर्सनमार्फत् सप्तरी देखि सर्लाहीसम्म पूर्व पश्चिम नहर बनाएर सिंचाई सुविधा पुर्याउन काम थाल्नु पर्छ ।
पूर्व शान्ति मन्त्री तथा नेकपाका प्रदेश नं. २ का सहइञ्चार्ज विश्वनाथ साहले धान चामल सहित फलफूलमा समेत परनिर्भर हुँदा व्यापार घाटा चुलिंदै गएको चर्चा गर्दै उन्नत कृषि प्रविधि भित्र्याएर सहाकारीमार्फत् सामूहिक खेती थाल्ने हो भने सरकारले पनि सहयोग गर्न सक्ने बताए । ‘कृषकको नाममा सरकारी सुविधाहरु धेरै जग्गा जमिन भएका थोरै किसानले लिएका छन्, वास्तविक किसुानसम्म सुविधा पुर्याउन सामूहिक खेती नै उत्तम बिकल्प हो साहले भने । 
महोत्सव उद्घाटनमा पूर्व सामान्य प्रशासन मन्त्री रामचन्द्र यादव, प्रदेश सभा सदस्य अशोक कुमार यादव, नेकपाका केन्द्रीय सदस्य गंगाप्रसाद यादव, स्थानीय तहका प्रमुखहरुले आकाशे पानीको भरमा खेती गर्न बाध्य किसान हरुका लागि भरपर्दो सिंचाइको व्यवस्था गर्न माग गरे । महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातीय संस्कृति झल्किने झाँकी, नृत्य प्रदर्शन गरिएको थियो । सखुवानन्कारकट्टी गाउँ पालिका ५ महेशबारीमा शुरु भएको महोत्सवमा किसानहरुले पालेको गाईगोरु, भैंसी, गाई, बाख्रा लगायतका पशु तथा कृषि उपजको प्रदर्शनी गरिने गाउँपालि का अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक केदारनाथ यादवले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »