राम बाबु यादब
गोलबजार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले समृद्ध मुलुक निर्माणको लागि जुनसुकै क्षेत्रले लगानी गरेपनि फारक नपर्ने बताएको छ । सोमबार “मिर्चैया प्रथम महात्सव” को उद्घाटन गर्दै अध्यष दहाले उत्पाद वृद्धि गर्न, रोजगारी सृजना गरी विदेशीयका युवाहरुले स्वादेबमै काम पाउने अवस्था सृजनागर्न जो सुकैले लगानी गरे पनि फारक नपर्ने बताएका हुन् ।
विकासलाई गति दिने भनेको सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्याव्दारा मात्रै सम्व भएको अध्यक्ष प्रचण्डले जिकर गरे । उनले भने, “संसारमा कुनै पनि देशको विकास तिव्र गतिमा भएको छ भने त्यहाँ निश्चित रुपमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य छ ।”
निजी क्षेत्रको लगानी सुरक्षति गर्दै उनीहरुलाई नाफा कमाउने बातावरण सरकारले पार्नु पर्ने अध्यक्ष दहालले बताए । उनले निजी क्षेत्रलाई विश्वसमा लिएर उनीहरुसँग भएको पूजी, सीप, अनुभावलाई राम्रोसँग प्रयोग गरेर नाफा कमाउने बातावरण बनाउने काम राज्यको हुन आउने बताए ।
अध्यक्ष प्रचण्डले निजी, सर्वा जनीक र सहकारीको माध्यमबाट देश लाई छिटो विकास गर्न सकिने सुझाए । मन्तव्यकै क्रममा अध्यक्ष प्रचण्डले सिरहा कृषिका हिसाव ले पनि महत्वपूर्ण जिल्ला रहेको आफूले पाएको बताए । उनले त्यसैले अव सिरहामात्र हैन प्रदशे नं. २ का ८ जिल्लाई सिंचित गरी कृषि उत्पादनमा वृद्धिगर्ने योजना सरकारले ल्याउन लागेको बताए । उनलेभने, “सुनकोसि कमला डाइभर्सनको कुरा धेरै पहिलादेखि चलिरहेको थियो, अव चाँडै सरकारले बजेट विनियोजन गरेरै योजना ल्याउँदैछ, यसले कृषि क्षेत्रमा ठूलो फड्को मार्ने निश्चित छ ।” समृद्धि नेपाल निर्माणका लागि अव झारा टाराकामलेमात्र सम्वभव नहुने भन्दै ठूला, मझौला र साना योजनाहरुको संयुक्त संजालको जरुरी रहेको अध्यक्ष प्रचण्डले बताए ।
अहिलेपनि मधेसी जनताले राज्यबाट आफूहरु विभेदमा परेको महसुर गनरेको आफूलाई राम्रो संग थाहा भएको बताउँदै अध्यक्ष प्रचण्डलेभने, हामी चाँडै सवै मधेसी समूदायको भावना, उदेश्यक र विचारलाई मध्यनगर गर्दै संविधानसंशोधन गर्न तत्पर रहेको बताए ।
सोही क्रममा अध्यक्ष प्रचण्डले नागरिक्ता विधेक संसदबाट चाँटै पास हुने बताउँदै अव सदाको लागि नागरिक्ता समस्या समा धान हुने पनि बताए । उनलेभने, “अहिले जन्मका आधारमा नागरिक्ता लिएका हरुका सन्तान ठूलो समस्यामाछ, विधेक पास भएपनि उनीहरुले पनि नागरिक्ता पाउने र नागरिक्ता समस्या सदाका लागि समाधान हुन्छ ।”
महोत्सव उद्घाटनकै क्रममा यस मिर्चैयामा जम्नेर विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । सम्मानीत हुनेहरुमा व्यवसायी तथा पूर्व गैर आवाशिय नेपाली संघका अध्यक्ष डा. ओपेन्द्र यादव, कृषि वैज्ञानिक बैजनाथ महतो, नेपाल प्रहरीका पूर्व महानिरीक्षक ओपेन्द्रकान्त अर्याल लगाएत एक दर्जन थिए ।
अध्यक्ष प्रचण्डले आजै सिरहाको अर्नमा गाउँ पालीका १ महनौरमा रहेको तीन तल्ले स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका थिए । स्वास्थ्य चौकी उद्घाटन गर्दै उनले एटा चोरीलाई माइत जसतो लाग्छ आफूलाई पनि सिरहा त्यस्तै लाग्ने गरेको बताए ।
दोस्रो संविधानसभाको निर्वाचनमा सिरहाली जनताले आफूलाई विजय गराएर संविधान निर्माण प्रकृयामा आफूलाई सहभागी गराएको कुरा स्मरण गर्दै भने, “मलाई एउटा छोरीलाई माइत जाँदा जती आन्द हुन्छ, मलाई पनि सिरहा आउँदा त्यस्तै लाग्ने गर्छ । ”
दुई करोड २१ लख ७६ हजार लागतमा सुनकोशी कन्ट्रक्सले स्वास्थ्य चौकी भावन निर्माण गरेका थिए । भवन निर्माणको लागि आवश्यक जमिन स्थानीय हरिलाल कामती, धर्मदेव कामती र हितेन्द्र कामतीले आफ्ना स्वर्गीय बुवा आमाका नाममा दान गरेका थिए ।
