हेमनारायण यादव हत्याको १५ वर्ष ः छोरा र श्रीमती अझै न्यायको प्रतिक्षामा

प्रकाशित समय 10:02:00 PM
एसके यादव
‘देखै छियै जे हत्यारा एकटा पातर पर्दाके पाछु खडा छै, ओकरा जवतक कठघारामे खडा नई करबै तबतक चैनके साँस हम नई लेब ।  (अर्थात पातलो पर्दाको पछाडि हत्यारा उभिएको मैले हेर्दैछु, उनलाई जबसम्म म कठघारामा उभ्याउँदिन तबसम्म मैले चैनको स्वास लिन्नँ ।)
तत्कालीन नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपालले सिरहा पुगेर हेमनारायण यादवको श्रद्धाञ्जली सभामा १५ वर्षअघि यस्तो धारणा व्यक्त गरेका थिए ।  तर हेमनारायणको हत्यामा संलग्न आरोपी अझै पक्राउ पर्न सकेका छैनन् । जबकी माधव नेपाल डेढ वर्षसम्म (२०६६–२–११ देखि २०६७–१०–२२ सम्म) प्रधानमन्त्री नै भए । तर उनले देखेको पर्दा पछाडिको अपराधी लाई बाहिर ल्याउन सकेनन् । उनी प्रधानमन्त्री भएको बेला सहिद हेमनारायण यादवकी श्रीमती पारो देवी यादव संविधानसभा सदस्य थिइन् । उनी संविधानसभा सदस्यको हैसियतामा दिनहुँ जस्तो प्रधानमन्त्री कार्यालय धाउँथिन् तर हेमनारायण यादवको हत्यारामाथि कारवाही भएन । हेमनारायण यादवका छोरा डा.नविन यादवले भन्छन, ‘बुवाको हत्यापछि दोषीलाई कारवाही गर्न हामी आमा–छोराले प्रधानमन्त्री देखि लिएर सबैको ढोका ढक्ढक्यायौं तर कतैबाट न्याय पाइएन । अझै पनि न्याय पाइन्छ कि भन्ने आशामा छौं । 
तत्कालीन एमालेका नेता हेमनारायण यादवको हत्या २०६० माघ १९ गते भएको थियो । उनको स्मृतिसभामा भाग लिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा जाँदैछन् । उनले पनि दोषीमाथि कारवाही हुने प्रतिवद्धता जाहेर गर्ने र हेमनारायण परिवारको आँसु पुछ्ने बाहेक अरु केही गर्न नसक्ने राजनीतिकर्मी रामरिझन यादवको टिप्पणी छ । उनी भन्छन, ‘मृत्यु भए देखि यता विभिन्न श्रद्धाञ्जली सभादेखि स्मृतिसभामा एमालेका नेताहरुले सिरहा आएर आश्वासन मात्र दिएर गएका छन् तर हालसम्म दोषीलाई कारवाही भएको छैन । तत्कालीन संसदीय छानविन समितिले दोषीको नाम किटेरै प्रतिवेदन बुझाएको थियो । तर हालसम्म कसैलाई कारवाही भएको छैन । 
कसरी भयो हत्या ?
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले रामरिझन यादवद्वारा सम्पादित ‘सिरहाके इतिहास  नामक पुस्तकमा लेखे अनुसार २०६० माघ १९ गते एमाले जिल्ला कमिटीको बैठक तत्कालीन सचिव हीराबहादुर सुनवारको जिरोमाइलस्थित घरमा थियो । त्यहाँ जानका लागि हेमनारायण यादव आफ्नो घर (सिरहा) बाट मोटरसाइकलमा हिँडेका थिए ।
तर उनी त्यहाँ पुग्न सकेनन् । उनी बैठकमा किन आएनन् भनेर कसैले त्यो दिन सोधखोज पनि गरेनन् । भोलिपल्ट उनको शव कमला नदीको पश्चिम किनारमा फेला परेको थियो । उनी बैठकका लागि जान लाग्दा गागन पुलबाट अपहरणमा परेका थिए ।
महेन्द्र राजमार्गको २७ नम्बर कल्र्भट मुसहरनीयामा रहेको ढुगांखानीमा उनको हत्या भएको र हत्यापछि दिनभरी सेनाको चोहर्वा ब्यारेकमा राखिएको राज्यमन्त्री मण्डलले पुस्तकमा उल्लेख गरेका छन् । र पछि उनलाई कमला नदीको किनारमा फ्यालिएको थियो ।   
हत्यापछि विभिन्न आशंकाहरु व्यक्त भएको थियो । तत्कालीन संसदबाट हत्याको बारेमा गठन भएको छानविन समितिका संयोजक आनन्दन ढुगांना भन्छन, ‘शव नजिक कम्युनिष्ट पार्टीको झण्डा उल्टो गाडिएको थियो । त्यहाँ माओवादी नेताको हत्या गराउन सुराकी गरेको भनि पर्चा फ्यालिएको थियो । 
हत्यामा माओवादी मुछियोस् भन्ने ध्येयका साथ ती पर्चा र झण्डा त्यहाँ राखिएको थियो । तर त्यतिबेला पनि आम जनताले पत्याएका थिएनन् । तत्कालीन माओवादीले पनि त्यसको जिम्मेवारी लिएन, बरु त्यसमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्यो । त्यतिबेला धेरैले उनको हत्यामा तत्कालीन एमालेका केही नेता र सेनाकै संलग्नता रहेको आशंका गरेको पत्रकार समेत रहेका रामरिझन यादव बताउँछन् । 
‘सिरहाके इतिहास  पुस्तकमा राज्यमन्त्री मण्डल लेख्छन्, ‘सिरहा प्रशासनलाई सुराकी गरी आफ्नो जिविका चलाउँदै आएका तत्का लीन नेता जयप्रसाद उपाध्याय यो घटनापछि सिरहाबाट भागेका छन् । हेमनारायणको बारेमा उनलाई थाह थियो कि कुनबेला घरबाट निस्किन्छन्, कति बजे बैठकमा पुग्नेछन् । यहाँसम्म कि गागन पुलमा हेमनारायण ठिक १२ वजे पुग्नेछन् भनि रिर्पो्टि· उनले कर्णेल बाबुकृष्ण कार्कीलाई गरेका थिए । त्यही अनुसार कर्णेल कार्कीले आफ्ना जवानलाई मुखमा कालोपटी बाँधेर (नचिन्ने गरी) हेमनारायणलाई अपहरण गर्नका लागि पठाएका थिए । 
के छ प्रतिवेदनमा ?
सिराहा क्षेत्र नम्बर ४ का तत्कलीन एमाले सांसद समेत रहेका हेमनारायण यादवको हत्या सेनाले नै गरेको ठहर समितिले गरेको थियो । २०६३ मंसिर १५ गते अन्तरिम संसदमा आयोगका संयोजक ढुंगानाले प्रस्तुत गरेका प्रतिवेदनमा हत्यामा इन्द्रध्वज गण चोहर्वाका कर्नेल बाबुकृष्ण कार्की दोषी रहेको किटान गरेका थिए । कर्णेललाई तत्काल निलम्बन तथा गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा चलाउन समेत सिफारिस गरिएको थियो ।
हत्यामा स्थानीय (एमालेका तत्कालिन जिल्ला सदस्य) जयप्रकाश उपाध्यायले सुराकीको काम गरेको बताउँदै समितिले उनलाई पनि कानूनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । सिरहाबाट फरार उपाध्याय हालसम्म उता पर्केका छैनन् ।  
तत्कालिन एमाले पार्टीले बनाएको छानबिन समितिले पनि हेमनारायण यादवको हत्यामा राज्यपक्ष संलग्न रहेको ठहर गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थापना पछि भने काँग्रेसका तत्कालीन सांसद आनन्द ढु·ानाको संयोजकत्व मा संसदीय छानबिन समिति गठन गरिएको थियो ।
नेता ढुगांना भन्छन, ‘घटना पुरानो हो, धेरै कुरा मलाई सम्झना पनि छैन तर मलाई यति थाह छ कि हामीले संसदमा प्रतिवेदन बुझाए का थियौं, सरकारले हालसम्म दोषीलाई कारवाही गरेको छैन । दोषी को को थिए त्यति सम्झना त छैन तर सेनाको नाम पनि त्यसमा आएको थियो । त्यसबारे पछि के–के भयो, त्यसको बारेमा सरकारले नै जवाफ दिनसक्छ । हेमनारायणको हत्यापछि एमाले पटक पटक सरकारमा सहभागी भएको छ । अहिले पनि एमाले र माओवादी केन्द्र एकीकृत भएको नेकपाको सरकार छ ।  
हेमनारायणको हत्या हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिइसकेका थिए । ०६२–०६३ को आन्दोलन पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गणतन्त्रको घोषणा भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड  प्रधानमन्त्री भए ।
त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, केपी शर्मा ओली प्रधान मन्त्री भए तर हेमनारायणको हत्यामा संलग्नलाई कारवाही गर्ने काम कसैले गर्न नसकेको उनका छोरा डा.नविन यादवको आरोप छ । उनी भन्छन, ‘मेरो बुवालाई हत्या गर्नेहरु खुल्ला रुपमा घुमिरहेका छन् । दोषी हो भनि सरकारले गठन गरेको आयोगले पनि किटानी गरिसकेको छ तर सरकारले कारवाही नगरेको देख्दा दुःख लागेको छ । 
तत्कालीन एमालेको सरकार हुँदा पनि न्याय नपाएको भन्दै नविन यादव र उनका आमा पारो यादवले एमाले पार्टी छाडेका थिए । उनीहरु एमाले छाडेर तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए । 
तर केही दिनपछि फोरम नेपाल छाडेर नविन तत्कालिन माओवादी केन्द्रमा प्रवेश गरे । पछि माओवादी केन्द्र पनि छाडेर स्थानीय चुनावको समयमा तत्क्कालीन एमालेमा प्रवेश गरे । जुन कारणले एमाले छाडेका थिए, त्यो त पुरा नहुँदै किन पुनः एमालेमा प्रवेश गरे भनि राखिए को जिज्ञासामा नविनले त्यस को पछाडि धेरै कारण रहेको बताए । 
रक्षामन्त्रीका कुरा नेकपाका नेता इश्वर पोखरेल अहिले रक्षामन्त्री छन् । उनकै मातहतमा रहेको नेपाली सेनालाई संसदीय समितिले दोषी देखाएको छ । २०६२ माघ १९ गते हेमनारायण यादवको स्मृतिसभामा सम्बोधन गर्न उनी विराटनगर हुँदै सिरहा जान लाग्दा राजविराजमा उनी पक्राउ परेका थिए । 
त्यतिबेला पनि उनी मन्त्री नै थिए । २०६२माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले हेमनारायण यादवको हत्या सम्वन्धमा छानबिन गर्न एउटा अधिकार सम्पन्न आयोग गठन गर्ने निर्णय भएको थियो । 
त्यो खुशीको समेत जानकारी गराउने उद्देश्यले उनी स्मृतिसभामा भाग लिनका लागि सिरहा जान लागेका थिए तर ज्ञानेन्द्र शाहको निर्देशनमा उनी राजविराजबाट पक्राउ परेका थिए । ज्ञानेन्द्रले सत्ता आफ्ना हातमा लिन थालेपछि त्यतिबेलाका मन्त्रीहरु लाई पक्राउ गरिएको थियो ।
पछि पोखरेल २०७३ कार्तिक १७ गते जनकपुरमा नेकपा एमाले प्रदेश नं. २ द्वारा दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन सिरहा पुगेका थिए । सो क्रममा हेमनारायणको शालिकमा मल्यार्पण समेत गर्दै उनले हेमनारायणको हत्यामा संलग्नमाथि कारवाही गरेरै छाड्ने बताएका थिए । 
हेमनारायणको हत्याबारे रक्षामन्त्री पूर्णरुपमा जानकार छन् । तर यी सब कुरा थाहा हुँदापनि दोषीलाई कारबाही नगरिएकोमा परिवारले असन्तुष्टि जनाए । 
के भन्छन् आरोपी कर्णेल ? 
हाल बाबकृष्ण कार्कीले सहायक रथीबाट अवकाश प्राप्त गरिसकेका छन् । हेमनारायण प्रकरणमा उनी भन्छन, ‘यो धेरै पुरानो कुरा भइसक्यो, यद्यपी त्यतिबेला मैले निकै आरोप खेपेर बसे । ममाथि जुन आरोप लगाईएको थियो त्यो पूरै निराधार थियो । तैपनि मैले सहेर बसेर, त्यति बेलाको अवस्था नै त्यस्तै थियो । 
‘घटनाको बारेमा नेपाली सेना, मानव अधिकार आयोग, विभिन्न संघ संगठनले समेत छानविन गरेका थिए, त्यसमा मलाई कतै दोषी देखाइएको थिएन , उनले  पत्रकासँगको कुराकानीमा भने, ‘त्यसबेला एमालेले पनि छानविन गरेको थियो । पछि मलाई पार्टीकै मान्छेले भने कि तपाइँलाई यसमा जर्वजस्ती नाम मुछिएको छ, तपाइँ त्यसको दोषी होइन । सो घटना द्वन्द्वकालको घटना भएकाले सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लाग्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »