उपचार अभावमा ट्यूमर रोगीको बिचल्ली

प्रकाशित समय 12:27:00 AM
सिरहा । सिरहा नगर पालिका–६ बसबिटा गाउँको ४४ वर्षिय गुजन यादवको देव्रे आँखादेखि चिउँडोसम्मको गालामा ट्यूमर भएपछि मुख बाँगिएको छ । उनी राम्रारी बोल्न सक्दैनन् ।
घरपरिवारमा पनि दुव्र्यवहारको सिकान बन्नु परेपछि उनी बिचल्लीमा छन् । गाउँनजिकै रहेको सिरहा बजारमा मागेर उनले जीवन निर्वाह गरिरहेका छन् । तर, मुख बाँगिएकाले राम्ररी खान पनि उनलाई मुस्किल छ । कतै राम्रो ठाउँमा उपचार गर्न पाए मागैरै भए पनि गुजारा चलाउन सक्थें, स्थानीय देवकुमार यादवले भने घरपरिवारमा हेरचाहसमेत गरि दिने कोही नहुँदा बिचल्ली भएको छ । परिवारमा बाबु बितिसकेका र आमा स्वयंले पनि उनका लागि औषधि उपचार गर्न नसेको पीडा भोग्न बाध्य भएको यादवले सुनाए ।
परिवारबाट नै हेला ः– परिवारमा गुनजसहित चार दाजुभाई भए पनि सबैजना आ–आफ्ना जहान परिवार चलाएर बसेकाले उनलाई देखभाल गर्नेसमेत कोही नहुँदा उपचारमा सकस भएको स्थानीय बताउँछन् ।
स्थानीय बिर्तीलाल यादवका अनुसार जन्मिँदा सामान्य रहेका गुजनको गालामा देखिएको सानो खटिरो बढ्दै अहिले ठूलो भएको हो ।
गुजनको उपचारका लागि पहल गरिए निको हुने सिरहाका डा. दिलिपकुमार बचाउँछन । ‘हामी निःशुल्क उपचार गर्न तयार छौं, तर घरपरिवारका सदस्यहरु पनि तयार हुनुप¥यो नि’ उनले भने , दिनेश सिंहका अनुसार उनको उपचार गर्न कैयौपटक प्रयास भएको थियो । तर, घरपरिवारले असहयोग गरेपछि गुजनको बिचल्ली भएको हो । ‘उपचारका लागि लैजाँदा तलमाथि भयो भने फस्ने डरले अग्रसर हुन सकिएन’ उनले भने ‘घरपरिवारका मानिसले नै पहल गरे हामी सहयोग गर्न तयार छौ ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »